बेसीसहरमा बजार अनुगमन : म्याद गुज्रिएका सामग्री छ्यापछ्याप्ती

बेसीसहर : लमजुङ सदरमुकाम बेसीसहरमा म्याद गुज्रिएका सामग्री छ्यापछप्ती भेटिएका छन् ।  पर्यटन तथा उद्योग कार्यालय लमजुङको संयोजकत्वमा गरिएको बजार अनुगमनका क्रममा म्याद गुज्रिएका सामग्री भेटिएका हुन् । 

बजार निरीक्षणका क्रममा बेसीसहरमा केही पसलमा गुणस्तरहिन र म्याद गुज्रिएका सामग्री फेला परेका,केहि पसल अनुमतिविना मदिरा तथा अन्य सामग्री बिक्री गरको भेटिएको थियो । दैनिक प्रयोग हुने घ्यू,तेल, मसला, बिस्कुट, दालमोठलगायतका सामग्री म्याद गुज्रिएको पाइएको थियो ।

अनुगमन गरिएका सबै पसलमा मुल्यसूची थिएन भने केही पसल दर्ता नगरिकनै सञ्‍चालन गरेको पाइएको पर्यटन तथा उद्योग कार्यालय लमजुङको प्रमुख मिता कुमारी थापाले बताइन् ।  

दर्ता नभएका पसललाई  दर्ता गरेर मात्र पसल  सञ्चालन गर्न निर्देशन दिएको छ। मुल्यसूची नभएका पसललाई मुल्यसूची टाँस गर्न सुझाब दिनुका साथै सरसफाइलाई विशेष ध्यान दिन आग्रह गरिएको थापाले बताइन् । बजार निरीक्षकले जुनसुकै बेला पनि अनुगमन गर्न सक्ने र अनुगमनका क्रममा अवैधरुपमा पसल सञ्चालन गरेको भेटिए बन्द गर्नेसम्मको अधिकार रहेकाले व्यवसायीलाई विशेष ध्यान दिन जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि ईश्वर गुरुङले आग्रह गरे । 

म्याद सकिएका सामग्री खरिद बिक्री गर्नाले आम नागरिकको स्वास्थ्यमा असर परेकाले उपभोक्ता र स्वयं व्यापारीको हितको लागि बजार अनुगमन गरिएको उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष किसान संगित नेपालीले बताए ।

महिनामा दुई पटक बजार अनुगमन गर्नुपर्ने प्रावधान भएपनि आक्कलझुक्कल मात्र अनुगमन गरिने गरिएको उपभोक्ताहरू बताउँछन् । स्थानीय सरकार सञ्चालन ऐनले बजार अनुगमनको अधिकार स्थानीय तहलाई प्रत्यायोजन गरेपछि समय समयमा बजार अनुगमन गर्ने गरिएको बेंसीसहर नगरपालिकाका प्रशासन प्रमुख गोविन्द राउतले बताए ।

लोकदृश्य
+ posts

ताजा खबर

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

नेकपामा लमजुङबाट देव गुरुङसहित १३ जना सिफारिस

नेकपामा लमजुङबाट देव गुरुङसहित १३ जना सिफारिस

लमजुङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी लमजुङले प्रत्यक्षतर्फ वरिष्ठ नेता देवप्रसाद गुरुङसहित १३ जनाको...

एमाले लमजुङबाट समानुपातिकमा आठ जना सिफारिश

एमाले लमजुङबाट समानुपातिकमा आठ जना सिफारिश

लमजुङ । नेकपा (एमाले) लमजुङले आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ आठ जनाको नाम सिफारिश गरेको छ । ...

खेलकुद, कृषि, पर्यटन र संस्कृति चिनाउन प्रथम दोर्दी महोत्सव

खेलकुद, कृषि, पर्यटन र संस्कृति चिनाउन प्रथम दोर्दी महोत्सव

लमजुङ । लमजुङको दोर्दी गाउँपालिकामा खेलकुद, कृषि, पर्यटन र संस्कृतिको उजागर गर्न महोत्सव आयोजना गर्ने भएको छ । पुसको ८,...

मर्स्याङ्दीबेँसी बनाउन अति प्रभावित क्षेत्रका बासिन्दाको माग

मर्स्याङ्दीबेँसी बनाउन अति प्रभावित क्षेत्रका बासिन्दाको माग

लमजुङ । ५० मेगावाटको मर्स्याङ्दीबेँसी जलविद्युत आयोजनाको अति प्रभावित क्षेत्र बेसीशहर नगरपालिका–१० का बासिन्दाले आयोजना निर्माणको काम तत्काल सञ्चालन गर्नुपर्ने माग...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist