आगामी आर्थिक वर्षको बजेट संशोधनसहित पारित गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रतिबद्धतापछि बजेटलाई लिएर सत्तारूढ दलभित्र देखिएको विवाद तत्कालका लागि अन्त्य भएको छ ।
मंगलबार बसेको सत्तागठबन्धनको बैठकमा प्रधानमन्त्रीको प्रतिबद्धतापछि विमति अन्त्य गरेर बजेट पारित गर्ने सहमति पनि भएको हो ।
बजेट विनियोजन असन्तुलित भएको गुनासो सत्तारूढ दलहरूबाटै आएपछि प्रधानमन्त्रीमाथि दबाब बढेको थियो । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलका अनुसार सत्तारूढ दलहरूबीच मिल्नेजति विषयमा बजेट मिलाउने सहमति भएको छ ।
बैठकमा प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणको तयारीलगायतका कारण बजेटमाथि पर्याप्त छलफल गर्न नपाउँदा केही समस्या देखिएको बताएका थिए । उनले मिलाउन सकिनेजति अहिले नै मिलाउने र बाँकी विषय मिलाउँदै जाने प्रतिबद्धता जनाएपछि असन्तुष्ट दलहरू बजेट पारितका लागि तयार भएका थिए ।
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link















