लमजुङको सुन्दरवजारस्थित नमुना सामुदायिक अस्पतालले विद्यार्थी लक्षित निशुल्क स्वास्थ्य शिविर गरेको छ । छिमेकी पालिका तनहुँको भानु नगरपालिका–११, मानेचौकास्थित त्रिभुवन मावि परिसरमा विद्यार्थी लक्षित मुटुरोग परिक्षण सम्वन्धी निशुल्क शिविर आयोजना गरेको हो ।
मानव विकास तथा सामुदायिक सेवा एचडिसिएस द्धारा सञ्चालित अस्पताल र नेपाल ह्दय रोग निवारण प्रतिष्ठानको संयुक्त आयोजना तथा भानु नगरपालिकाको सहकार्यमा विद्यार्थी लक्षित शिविर भएको हो । शिविरमा त्रिभुवन मावि लगायत आसपासमा रहेका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको मुटु परिक्षण भएको थियो ।
मुटु स्वास्थ्य जाँच सम्बन्धी बिशेषज्ञ सेवा सहितको निशुल्क शिविरमा १५ सय बढि विद्यार्थीहरुले सेवा लिएको नमुना सामुदायिक अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले जानकारी दिए। शिविरमा मुटुरोग निवारण प्रतिष्ठानका विशेषज्ञहरुद्धारा परामर्श सहित बालबालिकाहरुको मुटु स्वास्थ्य परिक्षण गरिएको अस्पताल प्रमुख श्रेष्ठले बताए।
भानु नगरपालिका प्रमुख आनन्द त्रिपाठीको प्रमुख अतिथ्यता एवं त्रिभुवन मावि विद्यालय व्यवस्थापन समिति अध्यक्ष एवं भानु ११ का वडा अध्यक्ष विमलराज जोशीको अध्यक्षतामा एक औपचारिक कार्यक्रम गरी शिविर उद्घाटन भएको हो । कार्यक्रममा तनहुँका प्रमुख जिल्ला अधिकारी छविराज रिजाल, लमजुङका प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरी, एचडिसिएसका संस्थापक अध्यक्ष डा. तिर्थ थापा लगायतले सम्बोधन गरेका थिए ।
अस्पतालले पहिलो दिन विद्यार्थी लक्षित शिविर आयोजना गरेको र शनिवार अस्पताल परिसरमै अन्य सर्वसाधरणका निम्ती बृहत शिविर आयोजना गरीएको जनाएको छ । सर्वसाधरणहरुको मुटु सम्वन्धी परिक्षण संगै जीवन शैली र मुटुरोगहरुका बारेमा सचेतनामुलक कार्यक्रम पनि गरिएकाे अस्पताल प्रमुख श्रेष्ठले जानकारी दिए।
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
















