लमजुङको मध्यनेपाल नगरपालिका–६ भोर्लेटारस्थित भोर्लेटार खानेपानी तथा सरसफाई उपभोक्ता समितिको अध्यक्षमा पुनः शिवलाल श्रेष्ठ निर्वाचित भएका छन् । आईतबार सम्पन्न निर्वाचनमा प्रतिद्धन्दी रामकृष्ण कुँवरलाई एकसय ३५ मतान्तरले पराजित गर्दै श्रेष्ठ निर्वाचित भएका हुन।
कुल ६ सय १० मत खसेकोमा निर्वाचित श्रेष्ठले तीनसय ६४ मत प्राप्त गरे भने पराजित कुँवरले दुईसय २९ मत प्राप्त गरे ।
उपाध्यक्षमा नरबहादुर दुरालाई पराजित गर्दै श्रेष्ठ समुहका ज्ञानराज मल्ल निर्वाचित भएका छन। मल्लले तीनसय ६ मत प्राप्त गर्दा दुराले दुईसय ५७ मत पाए ।
त्यसैगरी महिला उपाध्यक्षमा श्रेष्ठ समुहबाट नै यशोदा न्यौपाने निर्वाचित भईन । न्यौपानेले सवैभन्दा बढि चारसय एक मत प्राप्त गरिन भने पराजित पुर्णिमा देवी रानाभाटले एकसय ८३ मत पाईन ।
समितिको सचिवमा भने कुँवर समुहबाट उम्मेदारी दिएका सरोज पौडेल निर्वाचित भए । पौडेलले तीनसय २९ मत प्राप्त गर्दा सचिव पदका अर्का उम्मेदार गेहबहादुर विकले दुईसय ५१ मत प्राप्त गरे।
समितिको कोषाध्यक्षमा दुईसय ९५ मत सहित श्रेष्ठ समुहका रमेश घिमीरे निर्वाचित भए भने पराजित उम्मेदार कुमबहादुर गुरुङ धिंगलले दुईसय ८१ मत पाए । समितिको सदस्यहरुमा श्रेष्ठ समुहका बिकासराज पौडेल र गीताकुमारी दुरा निर्वाचित भए ।
नेपाली काँग्रेस र नेकपा माओबादी केन्द्र सम्वद्ध उपभोक्ताहरुको गठबन्धन र नेकपा एमाले सम्वद्ध उपभोक्ताहरुको छुट्टै प्यानल विच निर्वाचन भएको थियाे ।
२०५३ सालमा स्थापना भएको भोर्लेटार खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले तत्कालिन जिल्ला विकास समिति र अन्य साझेदार निकायको सहयोगमा तथा अनुदानमा निर्माण सम्पन्न भई मध्यनेपाल–६, भोर्लेटार क्षेत्रका उपभोक्ताहरूलाई पिउने पानी व्यवस्थापन गर्दै आएको छ ।
सयुक्त धाराबाट सुरु भएको कार्यक्रम एक घर एक धारा कार्यक्रम लागु गरी पहिलो वर्ष एकसय १२ एकल धारा जडान भएकोमा हाल आठसय ३१ धारा जडान भइसकेको छ । समितिमा आठसय ४० उपभोक्ता आवद्ध छन् ।
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
















