यति विमान दुर्घटना : लाेकप्रिय पत्रकार पाैडेललाई गुमाउँदा देशभरका पत्रकार भावविह्वल

पाेखरा । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेल पोखरामा आइतबार बिहान भएको यति एयरलाइन्सको विमान दुर्घटनामा परेका छन् । उनी काठमाडौंबाट आफ्नो गृहनगर पोखरा फर्कने क्रममा दुर्घटनामा परेका हुन् ।

माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालका उपाध्यक्षसमेत रहेका पौडेल यसअघि तत्कालीन अर्थमन्त्री कृष्णबहादुर महराका प्रेस संयोजक थिए । प्रेस सेन्टरको पदाधिकारी वैठकका लागि उनी काठमाडौं आएका थिए । आईतबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसित भेट्ने कार्यक्रमसमेत रहेकोमा प्रधानमन्त्री योगा दिवसको कार्यक्रममा व्यस्त भएपछि भेट्न नपाएको बुझिएको छ ।

करिब ४ वर्षअघि विवाहित पौडेलका एक छोरा रहेका छन् । पोखराको फुलबारीमा बस्दै आएका उनी पोखरा हटलाइन दैनिकका सम्पादक थिए।

पत्रकार महासंघ कास्कीमा २ कार्यकाल सचिव तथा उपाध्यक्ष र ०७४ मा पत्रकार महासंघ गण्डकी प्रदेशको अध्यक्ष हुँदै २०७७ चैत्र २५ गते सम्पन्न पत्रकार महासंघको केन्द्रिय सदस्यमा निर्वाचित भएका थिए । देशभरीका पत्रकारहरुका लोकप्रिय तथा आशाका केन्द्र पौडेलको यो निधन नेपाली पत्रकारिता क्षेत्रका लागि ठूलो क्षती हो ।

आईतबार नै केन्द्रीय अध्यक्ष बिपुल पोखरेलको अध्यक्षतामा नेपाल पत्रकार महासंघको आकस्मिक रुपमा बसेको बैठकले माघ २ गतेका दिन केन्द्र, प्रदेश र सवै शाखा कार्यालयहरु बन्द गर्ने निर्णय गरेको छ भने महासचिव रोशन पुरीले शोक बक्तब्य जारी गर्दै महासंघ माताहतका सवै कार्यालयहरुमा १३ औं दिनसम्म शोक पुस्तिका राख्न अपिल गरेका छन् । महासंघ गण्डकी प्रदेश समिति, लमजुङ शाखा, यसैगरी प्रेस सेन्टर नेपाल, प्रेस चाैतारी गण्डकी प्रदेश समितिलगायतले शोक बक्तब्य मार्फत हार्दिक श्रद्धाञ्जली ब्यक्त गरेका छन् ।

संभावना बोकेको तारा खसेकोमा यतिवेला पत्रकारिता जगत भावबिह्रल बनेको छ । यो घडीमा लमजुङ मिडिया एक्सप्रेस प्रालि एंव लाेकदृश्य अनलाईन पत्रिकापनि स्व. पौडेलप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समबेदना ब्यक्त गर्दछ ।

विमानमा चालक दलका चारसहित ७२ जना सवार थिए । हालसम्म ६९ शव निकालिएको छ ।


लोकदृश्य
+ posts

ताजा खबर

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

नेकपामा लमजुङबाट देव गुरुङसहित १३ जना सिफारिस

नेकपामा लमजुङबाट देव गुरुङसहित १३ जना सिफारिस

लमजुङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी लमजुङले प्रत्यक्षतर्फ वरिष्ठ नेता देवप्रसाद गुरुङसहित १३ जनाको...

एमाले लमजुङबाट समानुपातिकमा आठ जना सिफारिश

एमाले लमजुङबाट समानुपातिकमा आठ जना सिफारिश

लमजुङ । नेकपा (एमाले) लमजुङले आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ आठ जनाको नाम सिफारिश गरेको छ । ...

खेलकुद, कृषि, पर्यटन र संस्कृति चिनाउन प्रथम दोर्दी महोत्सव

खेलकुद, कृषि, पर्यटन र संस्कृति चिनाउन प्रथम दोर्दी महोत्सव

लमजुङ । लमजुङको दोर्दी गाउँपालिकामा खेलकुद, कृषि, पर्यटन र संस्कृतिको उजागर गर्न महोत्सव आयोजना गर्ने भएको छ । पुसको ८,...

मर्स्याङ्दीबेँसी बनाउन अति प्रभावित क्षेत्रका बासिन्दाको माग

मर्स्याङ्दीबेँसी बनाउन अति प्रभावित क्षेत्रका बासिन्दाको माग

लमजुङ । ५० मेगावाटको मर्स्याङ्दीबेँसी जलविद्युत आयोजनाको अति प्रभावित क्षेत्र बेसीशहर नगरपालिका–१० का बासिन्दाले आयोजना निर्माणको काम तत्काल सञ्चालन गर्नुपर्ने माग...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist