यती एयरको विमान दुर्घटना : आन्तरिकतर्फ अहिलेसम्मकै धेरै मानवीय क्षति (सूचीसहित)

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान १०ः३५ बजे उडेको यतीको नाइनएन-एएनसी जहाज आइतबार पोखरामा दुर्घटनामा पर्‍यो । पोखरा विमानस्थलमा अवतरण गर्ने क्रममा रहेको जहाज दुर्घटना भएको हो । विमानमा ४ सदस्यीय चालक दलसहित ७२ जना सवार थिए ।

यो नेपालमा दर्ता भएका आन्तरिक विमानतर्फ भएको सबैभन्दा धेरै मानवीय क्षतिको भएको जहाज दुर्घटना हो ।

यसअघि गएको जेठ १५ गते बेपत्ता भएको तारा एयरको जहाज जेठ १६ गते मुस्ताङको थासाङ गाउँपालिका- २ मा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो । उक्त दुर्घटनामा तीन सदस्यीय चालक दलसहित २२ जनाको निधन भएको थियो ।

नाइन एन-एईटी कलसाइनको जहाजमा २ विदेशी, ४ भारतीय र १३ नेपाली यात्रु सवार थिए । जहाजलाई क्याप्टेन प्रभाकरप्रसाद घिमिरेले उडाएका थिए । को-पाइलट उत्सव पोख्रेल र जहाज परिचारिका किस्मी थापा थिइन् ।

२०१८ मा अल्टिच्युड एयरको हेलिकप्टर नुवाकोटमा दुर्घटना भएको थियो । सो दुर्घटनामा ६ जनाको ज्यान गएको थियो ।

सन् २०१८ मा हुम्लाको सिमीकोटमा मकालु एयरको विमान दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको थियो ।

सन् २०१९ मा ताप्लेजुङको फुङलिङ सिस्नेभीरमा एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना हुँदा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातजनाको ज्यान गएको थियो ।

सन २०१९ मै सोलुखुम्बुको लुक्ला विमानस्थलमा समिट एअरको एउटा विमान, धावनमार्गको छेउमा रहेका दुईवटा हेलिकप्टर एकापसमा ठोक्किँदा तीनजनाको मृत्यु भएको थियो ।

७६ वर्षमा ५६ विमान दुर्घटना, ९ सयभन्दा बढीको मृत्यु

नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्यांकअनुसार नेपालमा ७६ वर्षमा ५६ वटा विमान दुर्घटना भएका छन् । दुर्घटनामा परी अहिलेसम्म ९ सयभन्दा बढीले ज्यान गुमाएका छन् ।

नेपालमा पहिलोपटक सन् १९४६ मे ७ मा हवाइ विमान दुर्घटना भएको थियो । १४ जना सैनिकसहित दुई जना चालक दलका सदस्य रहेको रोयल फोर्सको जहाज पहिलोपटक नेपाली आकशमा दुर्घटना भएको थियो । उक्त दुर्घटनामा मानवीय क्षति भने भएको थिएन ।

सन् १९५५ मा कालिंगा एयरको विमान सिमरा विमानथलमा दुर्घटना भएको थियो । उक्त दुर्घटनामा दुईजनाको मृत्यु भएको थियो ।

१९५६ मा इण्डियन एयरलाइन्सको विमान काठमाडौंमा दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको थियो ।

सन् १९५७ मा इन्डियन एयरलाइन्सको विमान पाट्नेभञ्ज्याङ, टीकाभैरवमा दुर्घटना हुँदा २० जनाको मृत्यु भएको थियो ।

सन् १९६० मा नेपाल वायुसेवा निगमको विमान भैरहवामा दुघर्टना भयो । उक्त दुर्घटनामा चारजनाको मृत्यु भएको थियो ।

सन् १९६२ मा नेपाल वायुसेवा निगमको विमान ढोरपाटनमा दुर्घटना हुँदा १० जनाको मृत्यु भयो ।

सन् १९६२ मा पनि नेपाल वायुसेवा निगमको विमान ढोरपाटनमै दुर्घटना भयो । यस दुर्घटनामा ६ जनाको मृत्यु भएको थियो ।

सन् १९६९ मा नेपाल एयरलाइन्सको विमान बतासेडाँडामा दुर्घटना भएको थियो । यहाँ ३५ जनाको ज्यान गएको थियो ।

सन् १९७० मा नेपाल एयरलाइसको विमान दिल्लीमा दुघर्टना हुँदा एकजनाको मृत्यु भएको थियो ।

सन् १९७० मा रोयल लाइट जोमसोममा दुघर्टना हुँदा एकजनाको मृत्यु भएको थियो ।

सन् १९७२ मा रोयल लाइट विमान धुलिखेलमा दुर्घटना हुँदा ३१ जनाको मृत्यु भयो ।

सन् १९७५ मा नेपाल एयरलाइसको विमान काठमाडौंमा दुर्घटना भएको थियो । उक्त दुर्घटनामा पाँचजनाको मृत्यु भएको थियो ।

सन् १९७६ मा नेपाल एयरलाइसको विमान मेघौलीमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको थियो ।

सन् १९७९ मा भिभिआइपी लाङटाङमा दुर्घटना दुर्घटना भयो । यस दुर्घटनामा ६ जनाको मृत्यु भयो ।

सन् १९८१ मा नेपाल एयरलाइसको विमान विराटनगरमा दुघर्टना भएको थियो । यहाँ १० जनाको मृत्यु भएको थियो ।

सन् १९८४ मा पनि नेपाल एयरलाइसको विमान भोजपुरमा दुर्घटना हुँदा १५ जनाको ज्यान गएको थियो ।

सन् १९८५ मा नेपाल आम सवार विमान दुर्घटना हुँदा २५ जनाको मृत्यु भएको थियो ।

सन् १९९२ मा थाई एयरको विमान रसुवाको याङफेदमा दुघर्टना हुँदा ११३ जनाको ज्यान गएको थियो ।

सन् १९९२ मा ललितपुरको भट्टेडाँडामा पाकिस्तान एयरलाइन्सको विमान दुर्घटना भएको थियो । उक्त दुघर्टनामा १६७ जनाको मृत्यु भएको थियो ।

सन् १९९२ मा एभरेष्ट एयरको विमान दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो ।

सन् १९९५ मा नेपाल एयरलाइसको विमान काठमाडौंमा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको थियो ।

सन् १९९७ मा कर्णाली एयरको विमान सोलुमा दुर्घटना भयो । यस दुर्घटनामा एकजनाको ज्यान गएको थियो ।

सन् १९९८ मा एटएससी लिबनी विमान दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो ।

सन् १९९८ मा एसियन एयरको विमान सोलुुखुम्बुमा दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको थियो ।

सन् १९९८ मै नेपाल एयरलाइन्सको विमान सोलुखुम्बुमा दुर्घटना हुँदा एकजनाको ज्यान गएको थियो ।

सन् १९९९ मा नेकोन एयरको विमान जुम्लामा दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको थियो ।

सन् १९९९ मा स्काईलाइनको विमान मकवानपुरमा दुर्घटना भयो । उक्त दुर्घटनामा १० जनाको मृत्यु भएको थियो ।

सन् २००० मा नेपाल एयरलाइन्सको विमान डडेल्धुरामा दुर्घटना हुँदा २५ जनाको ज्यान गएको थियो ।

सन् २००१ मा फिस्टेल एयरको विमान रारा तालमा खसेर दुर्घटना हुँदा चारजनाको मृत्यु भएको थियो ।

सन् २००२ मा स्काईलाइनको विमान सुर्खेतमा दुर्घटना हुँदा चारजनाको मृत्यु भयो ।

सन् २००२ मा सांग्रिला एयरको विमान कास्कीमा दुर्घटना भएको थियो । यो दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो ।

सन् २००४ मा यती एयरलाइन्सको विमान लमजुङमा दुर्घटना हुँदा तीनजनाको मृत्यु भयो ।

सन् २००५ मा एयर डाइनास्टिकको विमान रामेछापमा दुर्घटनामा प¥यो । सो दुर्घटनामा तीजनाको मृत्यु भएको थियो ।

सन् २००६ मा यती एयरलाइसको विमान जुम्लामा दुर्घटना हुँदा नौजनाको मृत्यु भएको थियो ।

सन् २००६ मा यती एयरलाइसकै विमान सोलुखुम्बुको लुक्लामा दुर्घटना भयो । यो दुर्घटनामा १९ जनाको मृत्यु भयो ।

सन् २०१० मा अग्नि एयरको विमान मकवानपुरमा दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको थियो ।

सन् २०११ मा तारा एयरको विमान ओखलढुंगामा दुर्घटना भयो । उक्त दुर्घटना २२ जनाको मृत्यु भएको थियो ।

सन् २०११ मा बुद्ध एयरको विमान ललितपुरमा दुर्घटना हुँदा १९ जनाको ज्यान गएको थियो ।

सन् २०१२ मा अग्नि एयरको विमान मुस्ताङको जोमसोममा दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको थियो ।

सन् २०१२ मा सीता एअरको विमान भक्तपुरमा दुर्घटना भयो । यो दुर्घटनामा १९ जनाको मृत्यु भएको थियो ।

सन् २०१५ मा त्रिभुवन विमानस्थलभित्रै टर्किस एयरलाइन्सको विमान दुर्घटना भयो । तर, मानवीय क्षति भने भएन ।

सन् २०१८ मा पनि त्रिभुवन विमानस्थलमै यूएस बंगला एयरलाइन्सको दुर्घटना हुँदा ४५ जनाको मृत्यु भएको थियो ।

सन् २०१८ मा अल्टिच्युड एयरको हेलिकप्टर नुवाकोटमा दुर्घटना भयो । सो दुर्घटनामा ६ जनाको मृत्यु भएको थियो ।

सन् २०१८ मै हुम्लाको सिमीकोटमा मकालु एयरको विमान दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको थियो ।

सन् २०१९ मा ताप्लेजुङको फुङलिङ सिस्नेभीरमा एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना भएको थियो । दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातजनाको मृत्यु भएको थियो ।

सन् २०१९ मा सोलुखुम्बुको लुक्ला विमानस्थलमा समिट एअरको एउटा विमान र धावनमार्गको छेउमा रहेका दुईवटा हेलिकप्टर आपसमा ठोक्किँदा तीनजनाको मृत्यु भएको थियो ।

सन् २०२२ मा मुस्ताङको थासाङ गाउँपालिका- २ मा तारा एयरको जहाज दुर्घटना भएको थियो । उक्त दुर्घटनामा तीन सदस्यीय चालक दलसहित २२ जनाको मृत्यु भएको थियो ।

लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist