पाेखरा । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेल पोखरामा आइतबार बिहान भएको यति एयरलाइन्सको विमान दुर्घटनामा परेका छन् । उनी काठमाडौंबाट आफ्नो गृहनगर पोखरा फर्कने क्रममा दुर्घटनामा परेका हुन् ।
माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालका उपाध्यक्षसमेत रहेका पौडेल यसअघि तत्कालीन अर्थमन्त्री कृष्णबहादुर महराका प्रेस संयोजक थिए । प्रेस सेन्टरको पदाधिकारी वैठकका लागि उनी काठमाडौं आएका थिए । आईतबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसित भेट्ने कार्यक्रमसमेत रहेकोमा प्रधानमन्त्री योगा दिवसको कार्यक्रममा व्यस्त भएपछि भेट्न नपाएको बुझिएको छ ।
करिब ४ वर्षअघि विवाहित पौडेलका एक छोरा रहेका छन् । पोखराको फुलबारीमा बस्दै आएका उनी पोखरा हटलाइन दैनिकका सम्पादक थिए।
पत्रकार महासंघ कास्कीमा २ कार्यकाल सचिव तथा उपाध्यक्ष र ०७४ मा पत्रकार महासंघ गण्डकी प्रदेशको अध्यक्ष हुँदै २०७७ चैत्र २५ गते सम्पन्न पत्रकार महासंघको केन्द्रिय सदस्यमा निर्वाचित भएका थिए । देशभरीका पत्रकारहरुका लोकप्रिय तथा आशाका केन्द्र पौडेलको यो निधन नेपाली पत्रकारिता क्षेत्रका लागि ठूलो क्षती हो ।
आईतबार नै केन्द्रीय अध्यक्ष बिपुल पोखरेलको अध्यक्षतामा नेपाल पत्रकार महासंघको आकस्मिक रुपमा बसेको बैठकले माघ २ गतेका दिन केन्द्र, प्रदेश र सवै शाखा कार्यालयहरु बन्द गर्ने निर्णय गरेको छ भने महासचिव रोशन पुरीले शोक बक्तब्य जारी गर्दै महासंघ माताहतका सवै कार्यालयहरुमा १३ औं दिनसम्म शोक पुस्तिका राख्न अपिल गरेका छन् । महासंघ गण्डकी प्रदेश समिति, लमजुङ शाखा, यसैगरी प्रेस सेन्टर नेपाल, प्रेस चाैतारी गण्डकी प्रदेश समितिलगायतले शोक बक्तब्य मार्फत हार्दिक श्रद्धाञ्जली ब्यक्त गरेका छन् ।
संभावना बोकेको तारा खसेकोमा यतिवेला पत्रकारिता जगत भावबिह्रल बनेको छ । यो घडीमा लमजुङ मिडिया एक्सप्रेस प्रालि एंव लाेकदृश्य अनलाईन पत्रिकापनि स्व. पौडेलप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समबेदना ब्यक्त गर्दछ ।
विमानमा चालक दलका चारसहित ७२ जना सवार थिए । हालसम्म ६९ शव निकालिएको छ ।
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link