मर्स्याङ्दीमा सुरू भयाे शैक्षिक महाेत्सव, माघ २ गतेसम्म सञ्चालन हुने

लमजुङको मर्स्याङ्दी गाउँपालिकामा शैक्षिक महाेत्सव सुरू भएकाे छ । अमर मावि खुदीकाे प्राङ्गणमा पुस २६ गतेदेखि सुरू भएकाे शैक्षिक महोत्सव माघ २ गतेसम्म सञ्चालन हुनेछ ।

मर्स्याङदी गाउँपालिकाको आयोजनामा सुरू भएकाे शैक्षिक महोत्सवले शैक्षिक गुणस्तर वृद्धिसँगै अतिरिक्त क्रियाकलापमा विद्यार्थी र शिक्षकलाई क्रियाशिल बनाउन सहयाेग पुग्ने सराेकारवालाहरूले अपेक्षा गरेका छन् ।

महाेत्सवकाे संविधानसभा सदस्य जमीन्द्रमान घलेले उद्घाटन गरे । उनले समग्र शिक्षा क्षेत्रकाे विकासमा लाग्न सबै एकजुट हुनुपर्ने विचार राखे ।

शैक्षिक महोत्सवमा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपाले कार्यपत्र प्रस्तुत गरे । यस्तै शिक्षक, विद्यार्थी र बिद्यालय ब्यवस्थापन समितिकाे तर्फबाट पनि कार्यपत्र प्रस्तुत गरियाे ।

सात दिन सम्म सञ्चालन हुने महोत्सवको पहिलो दिन पुस २६ गते उद्घाटन समारोह, शुभकामना मन्तव्य, कार्यपत्र प्रस्तुतकाे साथै विद्यार्थीद्धारा निर्मित शैक्षिक सामाग्री प्रदर्शनी, विद्यार्थीहरुको साँस्कृतिक प्रस्तुती रहेकाे थियाे ।

पालिकाले दिएकाे जानकारी अनुसार २७ गते डा.ताराबाट शिक्षक र विद्यालय व्यवस्थापन समितिका सदस्यहरुलाई माेटिभेसनल गरिनेछ । यस्तै २८ गते अभिभावकहरुलाई र २९ गते विद्यार्थीहरुलाई माेटिभेसनल गर्ने कार्यक्रम रहेकाे छ ।

३० गते छात्र/छात्रा भलिबल, फुटवल, छात्र/छात्रा १०० र ४०० मि.र प्रा.वि. स्तरीय गणित दाैड हुनेछ । १ गते छात्र/छात्रा १५०० र ३००० मि. दाैड छात्र/छात्रा ज्यावलिङ् थ्राे, छात्र/छात्रा सटपुट छात्र/छात्रा हाइजम्प, लङ्जम्प, फुटवल र भलिवल हुनेछ भने २ गते छात्र/छात्रा भलिबल र फुटबल साथै समापन हुनेछ ।

महाेत्सवकाे उद्घाटन सत्रमा पालिका उपाध्यक्ष जुनामाया थापाले स्वागत मन्तब्य राखिन भने प्रमुख प्रसाशकिय अधिकृत प्रेमचन्द्र अर्याल, सामाजिक विकास समिति संयाेजक तिलबहादुर गुरूङ, अमर मावि विद्यालय ब्यवस्थापन समिति अध्यक्ष जीतबहादुर गुरूङलगायतले मन्तब्य राखे ।

कार्यक्रमका अध्यक्ष एंव पालिका अध्यक्ष अर्जुन गुरूङले महाेत्सवले पालिकाकाे शैक्षिक स्तरबृद्विका लागि महत्त्वपूर्ण भुमिका खेल्ने बताए । पालिकाकाे शैक्षिक बिकासका लागि एक सुत्रिय अभियानका साथ लागिपर्ने बताए ।

लोकदृश्य
+ posts

ताजा खबर

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

नेकपामा लमजुङबाट देव गुरुङसहित १३ जना सिफारिस

नेकपामा लमजुङबाट देव गुरुङसहित १३ जना सिफारिस

लमजुङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी लमजुङले प्रत्यक्षतर्फ वरिष्ठ नेता देवप्रसाद गुरुङसहित १३ जनाको...

एमाले लमजुङबाट समानुपातिकमा आठ जना सिफारिश

एमाले लमजुङबाट समानुपातिकमा आठ जना सिफारिश

लमजुङ । नेकपा (एमाले) लमजुङले आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ आठ जनाको नाम सिफारिश गरेको छ । ...

खेलकुद, कृषि, पर्यटन र संस्कृति चिनाउन प्रथम दोर्दी महोत्सव

खेलकुद, कृषि, पर्यटन र संस्कृति चिनाउन प्रथम दोर्दी महोत्सव

लमजुङ । लमजुङको दोर्दी गाउँपालिकामा खेलकुद, कृषि, पर्यटन र संस्कृतिको उजागर गर्न महोत्सव आयोजना गर्ने भएको छ । पुसको ८,...

मर्स्याङ्दीबेँसी बनाउन अति प्रभावित क्षेत्रका बासिन्दाको माग

मर्स्याङ्दीबेँसी बनाउन अति प्रभावित क्षेत्रका बासिन्दाको माग

लमजुङ । ५० मेगावाटको मर्स्याङ्दीबेँसी जलविद्युत आयोजनाको अति प्रभावित क्षेत्र बेसीशहर नगरपालिका–१० का बासिन्दाले आयोजना निर्माणको काम तत्काल सञ्चालन गर्नुपर्ने माग...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist