तामाङ समुदायले यसवर्षकाे साेनाम ल्हाेसार धुमधामसंग मनाउने भएका छन् । नेपाल तामाङ घेदुङ, जिल्ला समन्वय समिति, लमजुङले यस बर्षको सोनाम ल्होछार भव्यताका साथ मनाउने तयारी गरेकाे हाे ।
आइतबार लमजुङ सदरमुकाम बेसीसहरमा पत्रकार भेटघाट गरी २८५८ औं सोनाम ल्होछार (तक ल्हो) भव्यताका साथ मनाउने निर्णय गरेको जिल्ला अध्यक्ष अजय तामाङले जानकारी दिए । यहि पुस ३० गते फूलबारी मञ्चमा सोनाम ल्होछार मनाउने गरी तयारी गरिएकाे उनले बताए ।
लमजुङ जिल्लामा रहेका जनजाति मध्ये दोश्रो स्थानमा रहेका तामाङ जातिको भाषा, धर्म, लिपि, मौलिक संस्कार र संस्कृतिको संरक्षण र सम्बर्धन गर्ने उद्धेश्यले उक्त कार्यक्रमको आयोजना गर्न लागिएको बताइएको छ ।
कार्यक्रममा तामाङ जातिको परम्परागत भेषभूषा, बाजागाजा, वोम्बो, लम्ब, लामा, गन्वा आदिको प्रदर्शनी समेत गरिने बताएको छ । यसैगरी कला, संस्कृति, साहित्य, गीत संगितको जगेर्ना गर्न समेत कार्यक्रमले सहयोग पुग्ने आयोजकले लक्ष्य लिएको छ ।
वेसीशहरको फूलबारी मञ्चमा गर्न लागिएको सो कार्यक्रमलाई जिल्लाका उद्योगी, व्यापारी, व्यवसायी, विद्यार्थी, शिक्षक, सरकारी तथा गैह्र संस्थाका प्रतिनिधि र अनुसन्धानकर्ता एवं स्थानीय र छिमेकी जिल्लाका आम नागरिकले अवलोकन गर्ने लक्ष्य लिइएको छ । २५ हजार दर्शकले उक्त उत्सव अवलोकन गर्ने लक्ष्य लिइएको आयोजकले जनाएको छ । कार्यक्रममा तामाङ जातिको परम्परागत खाना, साहित्यिक कार्यक्रम, झाँकी प्रदर्शनी, कलाकारको प्रस्तुती आदि समेत रहने बताइएको छ ।
उक्त कार्यक्रमलाई नेपाल तामाङ घेदुङ, गण्डकी प्रदेश, नगरपालिका र गाउँपालिकाले प्रबर्द्वन गर्ने लक्ष्य आयोजकको छ । उक्त कार्यक्रम गर्नको लागिक ११ लाख रुपैयाँ खर्च हुने अनुमान समेत गरेको छ ।
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
















