लमजुङ सदरमुकाम बेसीसहरमा जारी ३० औं संस्करणको त्रिवेणी कप फुटबलको फाइनलमा बागमती युवा क्लब सर्लाही र सेन्ट्रल कलेज रोड्स रामपुर भिड्ने भएका छन् ।
बेसीसहरकाे सहजी रङ्गशालामा सोमबार भएको पहिलो सेमिफाइनलमा बागमतीले सामना एफसीलाई २-० गोल अन्तरले हराएर फाइनलमा स्थान बनाएको हो ।
बागमतीको जितमा सनम धिमाल र देव गुरुङले एक एक गोल गरे । बागमतीका सुरज श्रेष्ठ म्यान अफ द म्याच चुनिए ।
दोस्रो सेमिफाइनलमा रोड्स रामपुरले समाज कल्याण खेलकुद केन्द्रलाई १-० ले हराएर बागमतीसँगको भेट पक्का गर्यो ।
रोड्स रामपुरको जितमा फोडे फोफानाले निर्णायक गोल गरे । रामपुरका तेजेन्द्र चौधरी म्यान अफ द म्याच चुनिए ।
प्रतियोगिताको फाइनल खेल मंगलबार दिउसाे हुनेछ ।
प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख पाउने आयोजक त्रिवेणी युवा क्लबले जनाएको छ ।
यस्तै सेमिफाइनलमा पराजित टिमले ५०/५० हजार पाउने छन् ।
सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट खेलाडीले जनही १५ हजार पाउने छन् । प्रतियाेगितामा देशभरबाट १३ टिम सहभागी थिए ।
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
















