२१ वर्षसम्म भण्डारीकाे अबस्था अज्ञात, सराेकारवाला भन्छन: सत्यतथ्य सार्वजनिक गर

राज्यद्धारा बेपत्ता पारिएका तेजबहादुर भण्डारीको सत्यतथ्य पत्ता लगाउन सराेकारवालाहरूले जाेड दिएका छन् ।

२०५८ साल पुस १६  गते बेपत्ता भएका भण्डारीको शनिबार मस्र्याङदी गाउँपालिका ३ खुदीमा परिवार, आफन्तजन, स्थानीय र जनप्रतिनिधिले स्मरण गर्दै सरकारसंग सत्यतथ्य जानकारी दिन माग गरेका हुन् ।

सामाजिक न्याय समिति लमजुङ र शहिद तथा बेपत्ता स्मृति प्रतिष्ठान मस्र्याङदी गाउँपालिकाद्धारा आयोजित २१ औं स्मृति सभामा सहभागीहरूले भण्डारीकाे ब्यक्तित्व र देशलाई दिएकाे याेगदानकाे चर्चा गरे ।

मस्र्याङदी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले देशलाई आवश्यक पर्ने एक महान व्यक्तिको बारेमा कुनै यथार्थ बुझ्न नपाउनु बिडम्बना रहेको बताए । भण्डारी र अन्य बेपत्ता व्यक्तिको बारेमा सरकारले सत्यतथ्य पत्ता लगाउन नसकेको बताए । मुलुकको परिवर्तनका लागि योगदान गरेका व्यक्तिको बारेमा यथार्थ कुरा आउन आवश्यक रहेको र यसमा सबैले आवाज उठाउनुपर्ने उनकाे भनाई थियाे । पालिकाले सहिद तथा बेपत्ताा नागरिकको सम्मानका लागि प्रतिष्ठान गठन गरेको र यसले गाउँपालिकाभित्रका त्यस्ता व्यक्तिको सत्यतथ्य पत्ता लगाउन पहल गर्नुपर्ने र प्रतिष्ठानलाई सक्रिय बनेर विभिन्न रचनात्मक काम गर्न अनुरोध गरे ।

गाउँपालिकाका निवर्तमान उपाध्यक्ष होमबहादुर विकले बेपत्ता नागरिकको मुद्दा अझैं पनि बाँकी रहेको र उनीहरुको सत्यतथ्य आउनुपर्ने बताए । शसस्त्र द्धन्द्धको नेतृत्व गरेको नेकपा माओवादी केन्द्र सरकारमा जाँदा पनि छिनोफानो नभएको भन्दै अब सरकारले ध्यान दिनुपर्ने बताए । सरकारले बेपत्ता नागरिकको अवस्थाबारे सार्वजनिक गर्नुपर्नेमा जोड दिए । 

मस्र्याङदी गाउँपालिका ७ का अध्यक्ष एवं प्रतिष्ठानका सदस्य तिलबहादुर गुरुङले प्रतिभाशाली व्यक्तिलाई गुमाउनुपरेको बताए । उनकाे अवस्थाबारे राज्यले जानकारी दिनुपर्ने र यसमा सबै झकझकाउन तर्फ लाग्नुपर्ने बताए । एक दिन सम्झेर नहुने भन्दै खोजी कार्यमा तदारुकताका साथ लाग्नुपर्नेमा जोड दिए ।

प्रतिष्ठानका अध्यक्ष दयासागर घिमिरेले मस्र्याङदी गाउँपालिका, जिल्ला र देशले राम्रो मान्छे गुमाउनु परेको बताए। आफुसंगै पढाएको, संगै हास्यब्यंग कार्यक्रम गरेको सम्झना गदै अन्याय र अत्याचार सहन हुन्न भन्ने व्यक्ति गुमाउनुपरेको बताए । विभेद, थिचोमिचोका विरुद्ध कलाकारिताका माध्यमबाट आवाज उठाउने व्यक्तिको बारेमा हालसम्म सरकारले कुनै सत्यतथ्य दिन नसकेको उनकाे भनाई थियाे ।

शहिद तथा बेपत्ता स्मृति प्रतिष्ठान मस्र्याङदी गाउँपालिकाका सचिव एवं तेजबहादुर भण्डारीका कान्छो छोरा विष्णु भण्डारीले अझै पनि राज्यले आफूहरुको जवाफ दिन नसकेको बताए । बेपत्ता बुवाको बारेमा सत्यतथ्य पत्ता लगाउन, जानकारी गराउन दवाव दिँदै आएपनि कुनै सुनुवाई नभएको बताए । 

प्रतिष्ठानका अध्यक्ष दयासागर घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिष्ठानका सदस्य वडा नं. ३ का अध्यक्ष दूधमान तामाङ, मस्र्याङदी गाउँपालिका कार्यपालिका सदस्य मधुमाया बगाले, वडा नं. ९ का पूर्व अध्यक्ष नारायणबहादुर थापालगायतको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन पत्रकार नविनराज कुइँकेलले गरेका थिए । 

मस्र्याङदी गाउँपालिका ९ भलामगाउँका तेजबहादुर भण्डारी २०५८ पुस १६ गते जिल्ला प्रशासन कार्यालय लमजुङबाट तारेखमा बोलाई कार्यालय नपुग्दै बेंसीशहर मनांगेचौताराबाट सुरक्षा फौजद्धारा जवरजस्ती पक्राउ गरिएको थियो । चरम यातना पश्चात हिरासतबाटै बेपत्ता पािरएको र सत्यतथ्य सार्वजनिक नभएको अवस्था छ ।

२००२ मा जन्मिएका भण्डारीले जीवनको लामो अवधी शिक्षण पेशामा आवद्ध  भई खुदी सिम्पानी क्षेत्रको शैक्षिक, साँस्कृतिक तथा बौद्धिक क्षेत्रको प्रवद्र्धन र समाज रुपान्तरणको प्रक्रियामा महत्वपूर्ण योगदान गरेका थिए । 

लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist