४ मंसिरमा सम्पन्न प्रदेश सभा सदस्य निर्वाचनबाट निर्वाचित गण्डकी प्रदेश सभाका सदस्यहरूले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन्।
६० सदस्यीय प्रदेश सभा सदस्यहरूको शपथअगाडि प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेश सभाका ज्येष्ठ सदस्य पर्वत १ (२) बाट निर्वाचित एमालेका मित्रलाल बस्याललाई बुधबार पद तथा गोपनीयताको शपथ गराएका थिए।
प्रदेश प्रमुखबाट पद तथा गोपनीयताको शपथ लिएका ज्येष्ठ सदयले बाँकी अन्य ५९ जना सदस्यलाई प्रदेश सभा सचिवालयमा बिहीबार पद तथा गोपनीयताको शपथ गराएका हुन्।
सचिवालयका अभिलेख शाखाका शाखा अधिकृत झनकराज अधिकारीका अनुसार शपथ लिएका ५९ जनामध्ये तीनजनाले आफ्नो मातृभाषामा शपथ लिए। उनीहरूमध्ये दुईजनाले गुरुङ र एकजनाले तमाङ भाषामा शपथ लिएका हुन्।शपथ लिन आएका सदस्यले राष्ट्रिय तथा जातीयता झल्कने पोसाक लगाएका थिए।
अधिवेशन १८ गतेदेखि
प्रदेश प्रमुख प्रदेश सभाको अधिवेशन १८ गते सोमबार बस्ने गरी आह्वान गरेका छन्। नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश सभाको अधिवेशन १८ पुस दिनको ३ बजे प्रदेश सभा भवन, नदीपुरमा बस्ने गरी प्रदेश प्रमुखले आह्वान गरेका हुन्।
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
















