पहुँचका आधारमा खटाइएका सुरक्षाकर्मी फिर्ता गर्न गृहकाे ताकेता 

नियम मिचेर पहुँचका आधारमा विभिन्न व्यक्तिहरूले लिइरहेका सुरक्षाकर्मी ४८ घन्टाभित्र फिर्ता गर्न गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई पत्राचार गरेको छ । नवनियुक्त गृहमन्त्री रवि लामिछानेले पदभार सम्हालेको दोस्रो दिनमै सुरक्षाकर्मीको दुरुपयोग रोक्न पहल थालेका हुन् । 

‘कसैले कार्यविधिविपरीत सुरक्षाकर्मी राखेको हुन सक्छ, उनीहरूलाई तत्काल फिर्ता गर्न भनेका छौँ,’ गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले भने, ‘त्यसको सबै विवरण पनि सुरक्षा निकायसँग मागिएको छ ।’ गृहमन्त्री लामिछानेको निर्देशनमा गृहले दुवै प्रहरीलाई पत्राचार गरेको छ भने प्रेस विज्ञप्ति प्रकाशन गरेर यसमा सहयोग गरिदिन आग्रह गरेको छ । 

दुई वर्षअघि गृहले लागू गरेको ‘विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि २०७७’ ले कसलाई कति सुरक्षाकर्मी दिने भन्ने तोकेको छ । पूर्वराष्ट्रपतिलाई २१, पूर्वप्रधानमन्त्रीलाई १८, पूर्वराजालाई १६, पूर्वउपराष्ट्रपतिलाई ११ र पूर्वप्रधानन्यायाधीशलाई दुई सुरक्षाकर्मी आजिवन उपलब्ध गराउने कार्यविधिमा उल्लेख छ । त्यस्तै, पूर्वगृहमन्त्रीले १० वर्षसम्म दुईजना, पूर्वप्रहरी प्रमुखले आजीवन दुईजना र पूर्वमन्त्रीले दुई वर्षसम्म एक सुरक्षाकर्मी पाउने व्यवस्था छ । 

गृहले नयाँ कार्यविधिविपरितका सबै सुरक्षाकर्मी फिर्ता गर्ने निर्णय गर्दै दुरूपयोग रोक्न पटक–पटक प्रयास गर्दै आएपनि सफल हुन सकेको छैन । केही फिर्ता भएपनि राजनीतिक दबाबका कारण कतिपय सुरक्षाकर्मी फिर्ता गर्न नसकिएको प्रहरी अधिकारी बताउँछन् । 

लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist