ब्राजिलका महान् फुटबल खेलाडी पेलेले नेमारलाई आफ्नो सर्वाधिक गोलको कीर्तिमान बराबरी गरेकोमा बधाई दिँदै ब्राजिल विश्वकपबाट बिदा भएकोमा दुःख पनि व्यक्त गरेका छन् । अहिले अस्वस्थताका कारण अस्पतालमा रहेका पेलेले इन्स्ट्राग्रामबाट विश्वकपको क्वाटरफाइनलमा क्रोएसियासँग ब्राजिल पराजित भएपछि नेमारलाई सन्देश दिएका हुन् ।
उनले लेखेका छन– मैले तिमी फुटबलमा हुर्केको देखेको छु। तिमी मेरो गोलसम्म पुगून् भनेर हरेक दिन प्रार्थना गरेको छु। जुन अन्ततः सफल भएको छ। मेरो कीर्तिमान करिब ५० वर्ष रह्यो र तिमीबाहेक कोही त्यसको नजिक पनि पुग्न सकेनन्। त्यसैले तिमीलाई बधाई र धन्यवाद छ। हामी दुवैलाई थाहा छ, यो एउटा अङ्क मात्र होइन। एजेन्सी
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
















