स्याङ्जा-२ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता कायकै गरेका छन् ।
गुरूङले एमाले उम्मेदवार पद्मा अर्यालसँग २ हजार ४४ मतान्तरले अग्रता लिएका हुन् ।
बिहीबार साँझ सार्वजनिक मत परिणाम अनुसार कांग्रेस उपसभापति गुरुङले ७ हजार ९०७ मत ल्याउँदा एमालेकी सचिव अर्यालले ५ हजार ८६३ मत पाएकी छन् ।
यस्तै स्याङ्जा-२ को प्रदेशसभा (१) मा कांग्रेसकै उम्मेदवार भोजराज अर्याल २ हजार ७७ मतान्तरले अग्रता लिएका छन् ।
यो क्षेत्र अन्तर्गत गल्याङको वडा नम्बर ५,६, भिरकोटको वडा नम्बर ५,६,७, ८ र वालिङको १, २, ५,६ र ७ नम्बर वडाको मत गणना हुँदा अर्यालले ८ हजार ७१३ मत पाउँदा नेकपा एमालेका उम्मेदवार मोहन रेग्मीले ६ हजार ६३६ मत ल्याएका छन् ।
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
















