राइनासका प्रमुख प्रशासकीय अधिकृत गाेकर्णराज सुयलले दिए आफूँँले चढ्दै आएकाे गाडी किसानकाे दूध बाेक्न

लमजुङको राईनास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गाेकर्णराज सुयलले आफुँले चढ्दै आएकाे गाडी किसानकाे दूध ढुवानी गर्न दिएका छन् ।

राईनास नगरपालिकामा आएदेखि रचनात्मक काम गर्दै आएका प्रमुख प्रशासकीय सुयलले किसानकाे समस्यालाई मध्यनजर गर्दै आफुँले प्रयाेग गर्ने गाडी दूध ढुवानी गर्न दिएका हुन ।

सवारी साधानको अभावमा कृषकको घरदेखि चिस्यान केन्द्रसम्म दैनिकरुपमा दुध ढुवानी गर्न समस्या हुँदै आएकाे थियाे ।

सवारी साधान नभएकाले समयमा ढुध ढुवानी गर्न नसक्दा संकलन तथा वितरणमा थप समस्या भएको कारण टाटा जेनन ३५७ नम्बरको पिकअप भ्यान दुध ढुवानी गर्ने प्रयोजनका लागि उपलब्ध गराएको प्रमुख प्रशासकीय अधिकृत सुयँलले बताए। नेपाल सरकारको पूर्ण स्वामित्व रहेको दुग्ध विकास संस्थान काठमाडौं दुग्ध वितरण आयोजना अन्तर्गत राईनास नगरपालिका ५ तीनपिप्लेमा २०७८ मा राईनास दुध चिस्याउने केन्द्र स्थापना भएको हो।

सो केन्द्रमा राईनासको बोराङखोला, साँहिलीटार, हर्राबोट, धमिलिकुवा लगायतका स्थानबाट दैनिक दुध ढुवानी गरेर चिस्यान केन्द्रसम्म पुर्याइन्छ। दैनिक झण्डै हजार लिटर दुध संकलन हुने गरेको बताईएको छ। संकलित दुध दुग्ध विकास संस्थानले बजारीकरण गर्दै आएको छ।

दुध ढुवानीका लागि छुट्टै सवारी साधान नभएकाले नगरपालिका खरिद गर्ने प्रकृयामा रहेको नगरप्रमुख खड्गबहादुर गुरुङले बताए । नगरपालिका र स्थानीय जनविकास सहकारी संस्था विचको साझेदारीमा सवारी साधान खरिद गरिने उनको भनाई छ।

नगरपालिकाले किसानहरूकाे हाैसलाका लागि प्रतिलिटरमा ३ रुपैयाँका दरले उत्पादनमा आधारित अनुदान उपलब्ध गराएको नगर उपप्रमुख पुष्प खनालले बताए । आगामी दिनमा अनुदान रकम बढाईने उनले बताए ।

लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist