लमजुङका छन्दकवि एंव साहित्यकार श्रीकृष्ण न्यौपानेको चौथो कृति ‘आमा’ खण्डकाव्य प्रकाशित भएको छ ।
२०७९ कार्तिक २८ गते दिवंगत आमा दानमाया न्यौपानेको ९० औँ जन्मदिन पारेर उक्त शोककाव्य सार्वजनिक भएको हो । नेपाली साहित्यको उत्थानमा सक्रिय न्यौपानेले पहिलोपटक २०४८ सालमा ‘छली’ सामाजिक काव्य प्रकाशित गरेपछि ३१ बर्षपछि गत भदौमा दोस्रो कृतिका रूपमा ऐतिहासिक काव्य ‘भृकुटी’ र गत असोजमा तेस्रो कृतिका रूपमा वियोगान्त खण्डकाव्य ‘भाउजू’ लिएर पाठकमाझ आएका थिए ।
हाल आफ्नो दिवंगत आमाको जीवनी समेटेर आमालाई नै काव्य नायक बनाएर विभिन्न २१ शीर्षक र ३ सय ५० श्लोकमा समेटिएको शार्दूलविक्रीडित छन्दमा लेखिएको ‘आमा’ खण्डकाव्य लिएर पाठक माझ आएका हुन ।
कारागार व्यवस्थापन विभागका प्रवक्ता एवं निर्देशक झंकनाथ ढकाल र छन्द बचाऊ तथा महाकाव्य लेखन अभियानका अभियान्ता वरिस्ठ छन्दवादी कवि माधव वियोगीले भूमिका लेखेको प्रस्तुत काव्यमा लमजुङको दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले शुभकामना दिएका छन् ।
खण्डकाव्यलाई शुभकामना दिँद अध्यक्ष अधिकारीले लेखकले आफ्नै आमा दानमाया न्यौपानेको स्मृतिमा रचना गर्नुभएको खण्डकाव्य ‘आमा’ले सम्पूर्ण आमाहरूको प्रतिनिधित्व गरेको उल्लेख गरेका छन् ।
खण्डकाव्यको भूमिका लेख्दै कारागार व्यवस्थापन विभागका प्रवक्ता झंकनाथ ढकालले प्रस्तुत काव्यभित्र शार्दूलविक्रीडित छन्दको मात्रै प्रयोग भएको र खण्डकाव्यमा एउटै छन्द एउटै प्रवाह हुनुपर्ने जस्ता शास्त्रीय मर्यादाको पालनमा कवि सफल देखिएको बताए।
छन्द बचाऊ तथा महाकाव्य लेखन अभियानका अभियान्ता वरिष्ठ छन्दवादी कवि माधव वियोगी खण्डकाव्यमा भूमिका लेख्दै संसारमा धेरै आमाहरू मरेका छन् तर केहीआमाले मात्र काव्यनायक बन्ने सौभाग्य पाएका र ती मध्ये कवि श्रीकृष्णकी आमा दानमाया पनि बनेकाे उल्लेख गरे ।
‘धाराप्रवाह कविता लेख्न सक्ने पूर्वज् शम्भुप्रसाद ढुंगेल र लक्ष्मीप्रसाद देवकोटा अहिलेका हीरा भट्ट, हरिप्रसाद रिमाल र विदूर अधिकारी लगायतका हाराहारीमा आफूलाई स्थापित गर्न सक्ने कविका रूपमा कवि श्रीकृष्ण न्यौपानेको उपस्थिति हुने सम्भावना देख्नु मेरा लागि सुखद् क्षण हो’ कवि माधव वियोगीले भूमिकामा लेखेका छन ।
साहित्यकार न्यौपानेबाट रचित विपासना महाकाव्य लगायतका कृतिहरू निरन्तर प्रकाशित हुँदै जाने निजको पारिवारिक स्रोतले बताएको छ । साहित्यकार न्यौपाने कवि माधव वियोगीबाट सञ्चालित छन्द बचाऊ आन्दोलन २०५३ का स्थापनाकाल देखिकै सह–अभियन्ता साथै पिङ्गल छन्द प्रतिष्ठान नेपालका अध्यक्ष हुन् ।
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
















