
मनाङमा आर्थिक वर्ष २०७८-०७९ मा ७७ दशमलव ६५ प्रतिशत खर्च भएको छ ।
मनाङमा संघ/प्रदेश र स्थानीय तहको लागि विनियोजन भएको कुल २ अर्ब ४७ करोड ५६ लाख १७ हजार बजेटमध्ये १ अर्ब ९२ करोड २२ लाख ४२ हजार बजेट खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय मनाङले जनाएको छ ।
मनाङमा कुल बजेटको ५५ करोड ३३ लाख रुपैयाँ अर्थात् २२ दशमलव ३५ प्रतिशत बजेट खर्च हुन नसकी फ्रिज भएको हो ।
आर्थिक वर्ष २०७८/०७९ मा मनाङमा संघीय कार्यालयतर्फ विनियोजन भएको कुल बजेट ७३ करोड ४० लाख ४९ हजारमा ६६ करोड ८९ लाख ४२ हजार अर्थात ९१ दशमलव १३ प्रतिशत बजेट खर्च भएको छ ।
जसअन्तर्गत संघीयतर्फको कुल चालु बजेट ६४ करोड ९ लाख ४६ हजार मध्ये ५८ करोड ८४ लाख ६३ हजार अर्थात् ९१ दशमलव ८१ प्रतिशत खर्च भएको छ । यस्तै संघीय पुँजिगत बजेट ९३ करोड १ लाख २ हजार मध्ये ८० करोड ४ लाख ७८ हजार अर्थात् ८६ दशमलव ४४ प्रतिशत खर्च भएको छ ।
मनाङमा प्रदेश कार्यालयतर्फ विनियोजन भएको कुल बजेट ६४ करोड २ लाख ७१ हजारमा ४८ करोड ७७ लाख ८६ हजार अर्थात ७६ दशमलव १८ प्रतिशत खर्च भएको छ ।प्रदेशतर्फको कुल विनियोजित बजेट मध्ये चालुतर्फ २१ करोड ६८ लाख ४ हजार बजेटमा १२ करोड १९ लाख ९१ हजार खर्च भएको छ ।
यस्तै, प्रदेश पुँजीगततर्फ ४२ करोड ३४ लाख ६७ हजार बजेटमा ३६ करोड ५७ लाख ९४ हजार अर्थात ८६ दशमलव ३८ प्रतिशत खर्च भएको कोष तथा लेखा नियन्त्रक शालिग्राम सापकोटाले जानकारी दिए ।
यसैगरी आर्थिक वर्ष २०७८/०७९ मा मनाङका ४ स्थानीय तहले कुल बजेट १ अर्ब १० करोड १२ लाख ९६ हजार मध्ये ७६ करोड ५५ लाख १३ हजार अर्थात ६९ दशमलव ५१ प्रतिशत बजेट खर्च गरेका छन् ।मनाङको ४ स्थानीय तहले चालुतर्फ ५८ करोड ५७ लाख बजेटमा ३९ करोड ८३ लाख बजेट खर्च गरेका छन् भने पुँजिगतर्फ ५१ करोड ५५ लाख ९४ हजार बजेटमा ३६ करोड ७२ लाख १३ हजार बजेट खर्च गरेको कोष नियन्त्रक सापकोटाले बताए ।
कोष तथा लेखा नियन्त्रण कार्यालय मनाङका अनुसार मनाङको चामे गाउँपालिकाले चालु र पुँजिगत बजेट ३१ करोड २३ लाख ८४ हजारमा २१ करोड २६ लाख ५५ हजार अर्थात ६८ दशमलव ०७ प्रतिशत बजेट खर्च गरेको छ ।मनाङको नासो गाउँपालिकाले चालु/पुँजिगत गरी कुल ३० करोड ८ लाख ४२ हजारमा २२ करोड ४ लाख ३९ हजार बजेट खर्च गरेको हो ।
मनाङको निस्याङ गाउँपालिकाले कुल बजेट ३० करोड २३ लाख ५३ हजार बजेट मध्ये २१ करोड ४४ लाख ७४ हजार अर्थात ७० दशमलव ९३ प्रतिशत बजेट खर्च गरेको छ । यस्तै,मनाङको नार्पाभूमी गाउँपालिकाले चालु÷पुँजिगत गरी १८ करोड ५७ लाख १६ हजार बजेटमा ११ करोड ७९ लाख ४४ हजार अर्थात ६३ दशमलव ५१ प्रतिशत खर्च भएको कोष नियन्त्रक सापकोटाले जानकारी दिए
यस्तै, मनाङको बजेट खर्च हुँने निकाय पूर्वाधार विकास कार्यालय मनाङले कुल बजेट १९ करोड ३६ लाख ४४ हजारमा १४ करोड ८५ लाख ५३ हजार अर्थात ७६ दशमलव ७१ प्रतिशत खर्च गरेको छ । मनाङमा खानेपानी जलश्रोत तथा सिंचाई सवडिभिजन कार्यालयले कुल बजेट १२ करोड १ लाख मध्ये ११ करोड ४७ लाख बजेट खर्च गरेको कोष तथा लेखा नियन्त्रण कार्यालय मनाङले जनाएको छ ।
भौगोलिक विकटता,पछिल्लो समय ईन्धन तथा निर्माण सामाग्रीमा भएको अधिक मुल्यवृद्धिका कारण विकास निर्माण कार्यमा साविक सम्झौतामा निर्माण व्यवसायी काम गर्न ईच्छुक नहुँदा बजेट खर्च हुन नसकेको कोष नियन्त्रक शालिग्राम सापकोटाले उल्लेख गरे ।
उनका अनुसार कोभिडको असर जिल्लामा कायमै रहेको ,सार्वजनिक निकायको खर्च गर्नसक्ने क्षमताको अभाव र क्षमता भन्दा बढी बजेट विनियोजन हुँदा बजेट बजेट खर्च गर्ने अवस्था नरहेको उनले बताए ।
- Nabin Kuikelhttps://lokdrishya.com/author/newsdesk/
- Nabin Kuikelhttps://lokdrishya.com/author/newsdesk/
- Nabin Kuikelhttps://lokdrishya.com/author/newsdesk/
- Nabin Kuikelhttps://lokdrishya.com/author/newsdesk/

















