बेल्न सुन्न नसक्ने युवतीलाई बलत्कारपछि हत्या

पक्राउ परेका २४ वर्षीय राम सुनारलाई सार्वजनिक गर्दै प्रहरी ।

लमजुङमा २८ वर्षीया युवतीलाई करणी गरी हत्या गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । लमजुङको सुन्दरवजार नगरपालिका–१, कुन्छाकी २८ वर्षिया लिला अच्छामीलाई जवरजस्ती करणी गरी हत्या गर्ने सोही ठाउँका २४ वर्षीय राम सुनारलाई प्रहरीले पक्राउ गरेको हो ।

युवती साउन १० गते मंगलबार साँझदेखि हराएकी थिइन् । युवतीका बुबा डम्वरबहादुरले खोजिपाउँ भनी प्रहरीमा उजुरी दिएपछि खोजतलासको क्रममा बिहिबार दिउसो सुन्दरवजार–१, कुन्छास्थित खड्केपानी सामुदायिक बनमा उनको शव फेला परेको थियो ।

घटना अनुसन्धानको क्रममा मृतक अच्छामी र सुनार विचको प्रेम सम्वन्धबारे रहस्य बाहिरिएपछि प्रहरीले मंगलबार नै उनलाई नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार युवक र युवती विच शारिरिक सम्वन्ध भएको र युवतीले विवाहको लागि प्रस्ताव गरेपछि हत्या गरेको युवकले स्वीकार गरेका छन ।
शारिरिक सम्वन्ध भइसकेपछि युवतीले आँफुलाई विवाह गर्न दवाव दिएको र विवाह नगरे सम्वन्धको बारेमा सार्वजनिक गर्ने चेतावनी दिएपछि युवकले उनको हत्या गरेको प्रारम्भिक बयान दिएको जिल्ला प्रहरी कार्यालय लमजुङका सुचना अधिकारी एवं प्रहरी निरिक्षक जगदिश रेग्मीले जानकारी दिए ।

अभियुक्त सुनार आँफु पहिल्यै विवाहित भएको र प्रेमिका युवती शारिरिक रुपमा बोल्न सुन्नसमेत नसक्ने भएकोले दोश्रो विवाह गर्न नसक्ने भन्दै विभत्स हत्या गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ ।

युवतीको हत्यापछि सुनारले उनको मोवाइल र गरगहना समेत आफ्नो घरमा लगेको प्रहरीले जनाएको छ । उक्त गरगहना समेत प्रहरीले बरामद गरेको छ ।

प्रहरीले युवतीको शव जिल्ला अस्पतालमा ल्याई पोष्टमार्टम पश्चात आफन्तलाई जिम्मा लगाएको छ । अभियुक्त सुनारलाई शुक्रबार जिल्ला अदातबाट म्याद थप गरि अनुसन्धान थालेको छ ।

+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist