लमजुङका मनीष र प्रमीशले ल्याए ४ जीपीए

माध्यमिक शिक्षा परीक्षा (एसईई) मा लमजुङका २ विद्यार्थीले ४ जीपीए ल्याएका छन् । बेंसीशहर नगरपालिका वडा नं. ७ मा रहेका युनिभर्सल एकेडेमीका मनीष थापा र मर्स्याङदी गाउँपालिका वडा नं. ३ खुदीस्थित हिमचुली आवासीय मावि खुदीका प्रमीश कतिलाले ४ जीपीए ल्याएका हुन् ।
राजधानी बाहिर थोरै विद्यार्थीले ४ जीपीए ल्याएकोमा लमजुङका २ जनाले ४ जीपीए ल्याउन सफल भएका हुन् । दुवै विद्यालय निजी हुन् । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार लमजुङका ३८ जना परीक्षार्थीले ३ दशमलव ६१ देखि ४ जीपीएसम्म ल्याएका छन् । १ सय ६७ जना विद्यार्थीले ३ दशमलव २१ जीपीएदेखि ३ दशमलव ६ जीपीएसम्म ल्याएका शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ । इकाई प्रमुख बीरबहादुर गुरुङका अनुसार ४ सय २२ जना विद्यार्थीले २ दशमलव ८१ देखि ३ दशमलव २ जीपीएसम्म ल्याएका छन् । ६ सय २५ जनाले २ दशमलव ४१ देखि २ दशमलव ८ जीपीएसम्म ल्याएका छन् । ९ सय २८ विद्यार्थीले २ दशमलव १ देखि २ दशमलव ४ जीपीएसम्म ल्याएका छन् ।
६ सय ४१ जनाले १ दशमलव ६१ देखि २ जिपिएसम्म, १ सय ५१ जनाले १ दशमलव २१ देखि १ दशमलव ६ जीपीएसम्म ल्याएका इकाई प्रमुख गुरुङले बताए । उनका अनुसार ७ जनाले ० दशमलव ८१ जीपीएदेखि १ दशमलव २ जीपीएसम्म ल्याएका छन् ।
सामान्यधार विद्यालयतर्फ २ हजार ८ सय ३४ जना र प्राविधिक धारतर्फ १ सय ४५ जना गरी लमजुङका २ हजार ९ सय ९७ जनाले यस वर्षको एसईईमा सहभागी जनाएका थिए । ७ जना परीक्षामा अनुपस्थित थिए ।
बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले (एसईई) परीक्षा २०७८ को नतिजा सार्वजनिक गरेको थियो । 

+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist