अपरिचित व्यक्तिदेखि सजग रहन प्रहरीको आग्रह

रसुवा, २ पुष । गाउँघरमा अपरिचित व्यक्तिको प्रवेश भएमा उनीहरू प्रति सजग रही सुरक्षा निकायलाई खबर गर्न रसुवा प्रहरीले आग्रह गरेको छ । स्थानीयस्तरमा अपरिचित व्यक्तिबाट गत मङ्सिर २१ गते कालिका गाउँपालिका–१ राम्चेको ग्राङ इलाका क्षेत्रमा स्कूले बालिकाको ह’त्या भएपछि ग’म्भीर रहेको रसुवा प्रहरीले यस्ता घ’टना न्यूनीकरण गर्न सूचनाकोे सहयोगका लागि समुदाय समक्ष सहयोग मागेको हो ।

जिल्ला प्रहरी कार्यालय रसुवाले स्कूले ससाना बालबालिकाको संरक्षण गर्न जनहितकारी १६ बुँदे सूचनासमेत जारी गर्दै प्रहरीले दिएको सुरक्षा सम्बन्धी सुझाव कार्यान्वयन गरिदिन आग्रह गरेको छ । जिल्ला प्रहरी प्रमुख इन्द्रप्रसाद सुवेदीका अनुसार कुनै पनि अपरिचित व्यक्ति गाउँमा प्रवेश गरेमा त्यस्तो व्यक्तिको पहिचान गरी नजिककोे सुरक्षा चौकी वा जिल्ला प्रहरी कार्यालय रसुवाको फोन नं ०१० ५४०१९९ वा मोबाइल नं ९८५१२७५५५५ तुरुन्त खबर पठाउने कामलाई पहिलो प्राथमिकता दिन पनि जिल्ला वासीलाई आग्रह गरिएको हो ।

अभिभावक नभएको मौका छोपी अपरिचित व्यक्तिले खानेकुरा दिई ललाइफकाई अ’पह’रण गर्नसक्ने भएकाले त्यस्ता अपरिचित व्यक्तिले दिएका कुनै पनि खानेकुरा नखान दिशाबोध गराई सहारा बेगर बालबालिकालाई घरबाट बाहिर नछोड्न समेत आग्रह गरेको छ ।

खेलमैदानमा खेल खेलाउँदा वा पठनपाठनको समयमा विद्यालय लाने र ल्याउने काम अभिभावक बाटै गर्न गराउन, नातेदार प्रति पनि सजग रहन, नकारात्मक कुरा गरेर त्रसित नगर्न, महँगो गहना नलगाइदिन, मोबाइल खेलाउने काम बन्द गराउन, आफ्नो र बाबुआमाको नाम थर घरको ठेगाना एवं अभिभावकका मोबाइल नम्बर जान्ने अभ्यास गराउन समेत प्रहरीले अभिभावक सामु सुझाव दिएको छ ।

यसैगरी कोरोना महामारीका कारण सबै बालबालिकालाई मास्कको प्रयोग गर्ने गराउने, ‘तिमी एक्लै छैनौ हामी छौँ’ भन्ने भावको विकास गराई उनीहरूको मनमस्तिष्क निरन्तर प्रफुल्लित बनाइराख्ने, कुट्ने पिट्ने, गाली गर्ने काम बन्द गर्ने गराउने र समाजमा हुने सबै प्रकारका अपराधलाई निरुत्साहित गरी सुरक्षित समाज निर्माणमा सबै क्षेत्रबाट सहयोग मिल्नेमा आफू आशावादी भएको प्रहरी प्रमुख सुवेदीले बताए ।

गत मङ्सिर २१ गते अपरिचित व्यक्तिको अ’पह’रणमा परी ग्राङ क्षेत्रमा ह’त्या गरिएकी छ वर्षीया बालिका सुमिना तामाङका अभिभावकको घरमै पुगेर प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्त र प्रहरी प्रमुख सुवेदीले सुरक्षाको सुव्यवस्था मिलाउन प्रहरी प्रशासन सदैव दृढ रहेकाले धैर्य गर्न पीडित पक्षलाई सहानुभूति प्रकट गरेका छन् ।

यसरी प्रहरी प्रशासनका सरकारी अधिकारी पीडितको घरमा पुगेर दिएको सान्त्वना भने यस क्षेत्रको इतिहासमा पहिलो भएको ग्राङ बासिन्दाले बताएका छन् । बालिकाको ह’त्यापछि त्र’सित भएका ग्राङ क्षेत्रका आम अभिभावकसामु स्थानीयस्तरमै प्रजिअ र प्रहरी प्रमुखको उपस्थितिबाट सुरक्षा व्यवस्थामा थप मजबुत पार्ने बचन पाएपछि त्र’सित आफ्ना वडामा बसोबास गर्ने बासिन्दाको मन क्रमिकरूपमा उत्साहित बन्दै गएको कालिका गाउँपालिका–१ का वडाध्यक्ष मालफुर्पा तामाङले जानकारी दिए । रु १० हजार बराबरको सुनका मुद्रा कानमा भएकै कारण ह’त्याराको हातबाट बालिकाले ज्यान गुमाउनुपरेको थियो ।

अधिकांश समय शान्त रहने रसुवा जिल्लामा फाट्टफुट्ट हुने घ’टनाले मानिसको ज्यानै जान थालेपछि भावी दिनका लागि आफ्ना सुरक्षा एकाइ मार्फत ग्रामीण बस्तीका टोलटोलमा थप सुरक्षा संयन्त्र अपनाइसकिएको प्रहरीले बताएको छ । अ’परा’धीलाई हदैसम्म का’रवा’ही हुनेमा पीडित परिवार आशावादी भएको बताउँदै वडाध्यक्ष तामाङले घटनाको अनु’सन्धा’नमा प्रहरी प्रशासनको सहयोग महत्वपूर्ण रहेको जानकारी दिए ।

घ’टना घ’टाएको आ’रोप’मा पक्राउ परेकी नुवाकोट किस्पाङ गाउँपालिका–५ की १९ वर्षीया सपना तामाङले ती बालिकाकाको ह’त्या गरेको प्रहरी समक्ष स्वीकार गरिसकेकी छिन् । गाउँ समाजमा घ’टेको घ’टना वा घ’टना घ’ट्न सक्ने सम्भावना देखिएमा त्यस्तो सूचना उपलब्ध गराई सुरक्षा व्यवस्था मजबुत पार्ने कार्यमा सहयोग गरिदिन सबै रसुवाली नागरिक समक्ष आग्रह गरिएको समेत जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist