जलविद्युतमा पूरा भएन लमजुङको प्रतिवद्धता

लमजुङ । जलविद्युतको क्षेत्रमा लमजुङका प्रमुख राजनीतिक दल र सरोकारवालाहरुले १५ बर्ष अघि गरेको एउटा प्रतिवद्धता पुरा हुन नसकेको पाइएको छ ।

लमजुङमा दश बर्षमा एक हजार मेगावाट विद्युत उत्पादन गर्ने राजनीतिक दल तथा सरोकारवाला पक्षले गरेको प्रतिवद्धता पुरा हुन नसकेको हो । देशमा शान्ती स्थापना भएपछि तत्कालिन नेकपा माओवादीसहित प्रमुख राजनीतिक दलहरुले २०६६ साल बैशाख १ गते दश बर्षमा एक हजार मेगावाट विद्युत उत्पादन गर्नेसहितका केही प्रतिवद्धता गरेका थिए ।

जिल्लालाई लगानी मैत्री वातावरण बनाउन जारी गरिएको घोषणापत्रमा दश बर्षमा एक हजार मेघावाट बिद्युत उत्पादन गर्ने, लगानी वातावरण श्रृजना गर्न वन्द हडताल जस्ता नकारात्मक कार्यहरु पूर्णरुपमा निरुत्साहित गर्ने, प्रतिपरिवारले बिद्युत क्षेत्रमा एक लाख रुपियाँसम्म लगानी गर्ने वातावरण बनाउने बुँदा थिए । यतिबेला जिल्लामा जलविद्युतको क्षेत्रमा लगानीमैत्री वातावरण भएर दर्जनौ जलविद्युत आयोनाहरु निर्माण भएपनि लक्ष्य भने पूरा हुन सकेको छैन् ।

हाल लमजुङमा १७ वटा जलविद्युत आयोजनाबाट करिब तीन सय मेगावाट विद्युत उत्पादन भएको छ । विद्युत उत्पादनको क्षमता बर्खा र हिउँदमा भने फरक हुने गरेको छ । लमजुङमा अहिले ११ वटा जलविद्युत आयोजना निर्माणाधिन रहेकाछन् ।

१५ बर्ष अघिको घोषणापत्रमा एकिकृत नेकपा माओबादीका सचिब मोहनहरी पौडेल, नेपाली कांग्रेसका सचिब अर्जुन पराजुली, नेकपा एमालेका सचिब मायानाथ अधिकारी, राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यालय सचिब तीलक गौतम र गैरसरकारी संस्था स्ववलम्बी समाज सेवा केन्द्रका संस्थापक अध्यक्ष स्थिरबाबु घिमिरेले सयुक्त रुपमा हस्ताक्षर गर्नु भएको थियो ।

हस्ताक्षर गर्ने मध्ये नेपाली कांग्रेस लमजुङका सचिव अर्जुन पराजुली र स्ववलम्बी समाज सेवा केन्द्रका संस्थापक अध्यक्ष स्थिरबाबु घिमिरेको निधन भईसकेको छ । त्यतिवेलाका हस्ताक्षरकर्ता एकिकृत नेकपा माओबादीका सचिब पौडेल अहिले नेकपा (एमाले) को प्रदेश कमिटि सचिवालय सदस्यमा हुनुहुन्छ ।
प्रतिवद्धता पत्रमा हस्ताक्षरकर्ता मोहनहरि पौडेलले त्यतिबेला राजनीतिक दलहरुले गरेको प्रतिबद्धता र उदेश्य अहिलेपनि उत्तिकै सान्र्दभिक र महत्वको रहेको बताउनुभयो । “त्यतिबेला खोलानाला एउटा वर्गको झोलामा थिए । जनताको लगानीको अबसर थिएन । रोजगारी र रोयल्टीका कुरा थिए । लगानीमैत्री बातावरण थिएन”, पौडेलले भन्नुभयो, “दलहरु र सरोकारवालाविच भएको प्रतिवद्धताले लगानीमैत्री वातावरण बनायो । जिल्लाबासीले जलविद्युतमा लगानी गर्न पाए । प्रभावितले संस्थापक र पब्लिक शेयर पाए । रोयल्टीपनि बढ्यो ।”

उहाँले त्यतिबेला जिएमआरको छ सय मेगावाटको माथिल्लो मस्र्याङ्दी–१ जलविद्युत आयोजना बन्ने तयारीमा रहेकाले एकहजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिइएको बताउनुभयो । लगानी जुटाउन र अन्य कारणले सो आयोजना नबन्दा प्रतिबद्धता अनुसारको लक्ष्य नपुगेको उहाँको भनाई छ ।

त्यतिबेला राजनीतिक दलहरुको संयन्त्रले काम गरेपनि यतिबेला तीन तहका सरकार बनेकाले जनप्रतिनिधिहरुले यस विषयमा ध्यान दिनुपर्ने राजनीतिक दलका नेताहरुले बताएका छन् । “जलविद्युतबाट जिल्लालाई के कति फाइदा भए । हाम्रा हिजोका प्रतिबद्धता र आजको काम गराई कस्तो भयो एक पटक पुनः समिक्षा हुन जरुरी छ”, हस्ताक्षरकर्ता नेकपा एमाले केन्द्रीय अनुसासन आयोगका सदस्य मायानाथ अधिकारीले भन्नुभयो, “जलविद्युतमा अझै राम्रो गर्न र प्रभावितको अपनत्व बढाउन दलहरु अझै लाग्नुपर्छ ।”

तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले दश बर्षमा १० हजार मेघावाट बिद्युत उत्पादन गर्ने लक्ष्य लिँदा लमजुङका दलहरुले पनि जिल्लामा दश बर्षमा एक हजार मेगावाट विद्युत उत्पादन गर्ने प्रतिवद्धता जनाएका थिए । १५ वर्ष अघिको प्रतिवद्धताका विषयमा अहिले छलफल र समिक्षा हुन सकेको छैन् ।

लमजुङमा दुई हजार पाँच सय मेगावाट क्षमता विद्युत् उत्पादन हुन सक्ने जलस्रोत रहेको प्रारम्भिक अध्ययनले देखाएको छ । केही आयोजना निर्माणका लागि पिपिएका चरणमा र केही आयोजना लगानी जुटाउने तरखरमा रहेका छन् ।

 

+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist