चेपेनदी सडक पुलले लमजुङ–गोरखा सहज

 

लमजुङ । लमजुङ र गोरखा जोड्ने कुनाघाट स्थित चेपे नदी भच्चेक सडक पुल निर्माणले दुई जिल्लाका नागरिकलाई सहज बनाएको छ ।

पूर्वी लमजुङको दुधपोखरी गाउँपालिका र गोरखाको अजिरकोट गाउँपालिका जोड्ने सो मोटरेवल पुल निर्माण सम्पन्न भएपछि दुई जिल्लाका नागरिकलाई यातायात आवतजावतमा सहज भएको हो ।

पुल निर्माणका लागि २०७८ साल असार ९ गते काष्ठमण्डव कन्ट्रक्सन प्रालिले पुर्वाधार विकास कार्यालय लमजुङसँग सम्झौता गरेको थियो । कुल चार करोड ३७ लाखको लागतमा ४० मिटर लम्वाइको पुल निर्माण भएको पूर्वाधार विकास कार्यालय लमजुङका प्रमुख विवेक सिग्देलले जानकारी दिनुभयो ।

२०८१ साल जेठमा पुल निर्माण भएसँगै स्थानीयहरुलाई आवतजावतसँगै दैनिक उपभोग्य सामान ढुवानीमासमेत सहज भएको छ । कृषि उत्पादनलाई बजारसम्म ढुवानी गर्नपनि सहज हुने भन्दै स्थानीयहरु खुशी भएका छन् । दैनिक उपभोग्य सामान ढुवानीका लागी पनि स्थानीयहरुलाई पुलले सहज बनाइदिएको छ ।

स्थानीय गोविन्द न्यौपानेले पुल निर्माणले दुबै जिल्लालाई विकासले जोडेको बताउनुभयो । “लमजुङको दुधपोखरी र गोरखाको अजिरकोट दुर्गम र बिकट क्षेत्र नै हो, यी दुई पालिकालाई पल निर्माणले विकाससँग जोडेको छ”, न्यौपानेले भन्नुभयो, “सडकसँगै विद्युत लगाएतका पुर्वाधार पनि सँगै लैजान प्रदेश सरकारले सहयोग गर्नुपर्छ ।”

मोटरेवल पुलसँगै अब यस क्षेत्रको सडकको उचित स्तरोन्नती गर्न प्रदेश सरकारले आगामी बजेटमा योजना समेट्ने समेट्नुपर्ने स्थानीयले माग राखेका छन् ।

+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist