युवालाई स्वरोजगार बनाउँदै रेडक्रस

 

लमजुङ । लमजुङको दुर्गममा रहेको दुधपोखरी गाउँपालिकाका सयौं युवालाई नेपाल रेडक्रस सोसाइटी लमजुङले स्वरोजगार बनाउने भएको छ । युवाहरुलाई गाउँमै बसेर स्वरोजगार मुलक कार्य गर्नका लागि रेडक्रसले सहयोग पूजीँ दिएको हो ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा लमजुङले दुधपोखरी गाउँपालिका अन्तर्गतका एक सय एक युवाहरुलाई व्यवसायिक उद्यमशीलताका लागि नगद सहयोग गरेको हो । जिल्लामा सञ्चालित डुफ परियोजना अन्तर्गत रेडक्रसले स्वरोजगारको सम्भावना बोकेका एकसय एक जना युवालाई जनही ३० हजारका दरले ३० लाख ३० हजार रुपैयाँ उपलब्ध गराएको छ ।

रेडक्रस जिल्ला शाखाका अध्यक्ष ऋषिराम घिमिरेले दुधपोखरी गाउँपालिका अध्यक्ष धनप्रसाद गुरुङलाई सो रकमको चेक हस्तान्तरण गर्नुभएको छ । गाउँपालिका अध्यक्ष गुरुङले रेडक्रसको यस सहयोगले पालिकाका युवाको भविष्य निर्माणका लागि प्रेरणादायक बनेको बताउनुभयो । “गाउँमा स्वरोजगार नहुँदा युवा विदेशिने लहर तीव्र छ । त्यस्तो समयमा उत्पादनमुलक काममा दिइएको सहयोगले ठूलो भरोसा दिन्छ”, उहाँले भन्नुभयो, “सहयोग पाएपछि युवाहरुले गाउँमै कृषि र पशुपालन जस्ता काम गरेर स्वरोजगार बन्ने अपेक्षा लिएको छु ।”

डुफ परियोजनाले वडा नं. १, २, ३ र ५ का १८ देखि ३० वर्ष उमेर समूहका युवालाई लक्षित गर्दै स्वरोजगारको बाटो खुलाउने उद्देश्य लिएको छ । व्यवसायिक सोच बोकेका तर स्रोत र पहुँच अभावमा थलिएका युवाहरुको क्षमता उजागर गर्न रकम वितरण गरिएको रेडक्रसका कार्यक्रम संयोजक गणेश गौलीले जानकारी दिनुभयो । युवाहरुले यो रकम कृषि र पशुपालनमा लगानी गरेर आत्मनिर्भर बन्न सक्ने उहाँले बताउनुभयो ।

परियोजना अन्तर्गत यसअघि रेडक्रसले दुधपोखरीका बाख्रापालक कृषकलाई व्यवसायिक तालिमसमेत दिएको थियो । परम्परागत शैलीमा पालिँदै आएका बाख्रालाई व्यवस्थित र ब्यवसायिक रुपमा सञ्चालन गर्न र आम्दानी बढाउन तालिमले सहयोग पुगेको थियो ।

रेडक्रसको यो कार्यक्रमले दुधपोखरी गाउँपालिकाको जिविकोपार्जन सुधारमा प्रत्यक्ष टेवा पुग्ने अपेक्षा गरिएको छ । गाउँपालिकाले पनि स्वरोजगारलाई प्राथमिकता दिँदै आएको अवस्थामा रेडक्रससँगको सहकार्यले थप गति दिएको गाउँपालिका अध्यक्ष गुरुङले बताउनुभयो । स्थानीय युवामा आशा र आत्मविश्वास थप्ने यो अभियानले दीर्घकालीन रूपमा गाउँमै रोजगारी सिर्जना गर्ने सम्भावना बोकेको रेडक्रसका उपमन्त्री दीपकराज न्यौपाने बताउनुभयो ।

+ posts

ताजा खबर

बोनम्यारो प्रत्यारोपण गर्न प्रवासबाट सहयोग

बोनम्यारो प्रत्यारोपण गर्न प्रवासबाट सहयोग

लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिका-९ सिरूवारीका एप्लाष्टिक एनिमिया रोगबाट पीडित विश्वराज अधिकारीको उपचारार्थ प्रवासबाट आर्थिक सहयोग प्राप्त भएको छ ।...

फुटबलर सावित्राको सम्मानमा ‘साम्बा’ चोक स्थापना

फुटबलर सावित्राको सम्मानमा ‘साम्बा’ चोक स्थापना

  लमजुङ । चर्चित फुटबलर सावित्रा भण्डारीको सम्मानमा मस्र्याङदी गाउँपालिका–९ सिम्पानी खुदीपुल नजिक ‘साम्बा’ चोक स्थापना गरिएको छ । मस्र्याङ्दी...

लमजुङमा मर्स्याङ्दीको सबैभन्दा कम बेरुजु

लमजुङमा मर्स्याङ्दीको सबैभन्दा कम बेरुजु

  लमजुङ । लमजुङका आठवटा स्थानीय तहमा मस्र्याङ्दी गाउँपालिकाको सबैभन्दा कम बेरुजु देखिएको छ । आर्थिक वर्ष २०८०÷०८१ को हिसावको...

लमजुङमा एमालेबाट निर्वाचित पूर्व जनप्रतिनिधिलाई सम्मान

लमजुङमा एमालेबाट निर्वाचित पूर्व जनप्रतिनिधिलाई सम्मान

लमजुङ । नेकपा एमाले लमजुङले स्थानीय निर्वाचनमा निर्वाचित पूर्व जनप्रतिनिधि तथा उम्मेदवारहरुलाई सम्मान गरेको छ । ३२ औं मदन आश्रित...

जलविद्युतमा पूरा भएन लमजुङको प्रतिवद्धता

जलविद्युतमा पूरा भएन लमजुङको प्रतिवद्धता

लमजुङ । जलविद्युतको क्षेत्रमा लमजुङका प्रमुख राजनीतिक दल र सरोकारवालाहरुले १५ बर्ष अघि गरेको एउटा प्रतिवद्धता पुरा हुन नसकेको पाइएको...

होमस्टेका आमाहरुलाई परिकार बनाउने तालिम

होमस्टेका आमाहरुलाई परिकार बनाउने तालिम

  लमजुङ । लमजुङको सिङ्दी र सिउरुङ होमस्टेका आमाहरुलाई विभिन्न परिकारका खानेकुरा बनाउने तालिम दिइएको छ । होमस्टेमा आउने पाहुनालाई...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist