युवालाई स्वरोजगार बनाउँदै रेडक्रस

 

लमजुङ । लमजुङको दुर्गममा रहेको दुधपोखरी गाउँपालिकाका सयौं युवालाई नेपाल रेडक्रस सोसाइटी लमजुङले स्वरोजगार बनाउने भएको छ । युवाहरुलाई गाउँमै बसेर स्वरोजगार मुलक कार्य गर्नका लागि रेडक्रसले सहयोग पूजीँ दिएको हो ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा लमजुङले दुधपोखरी गाउँपालिका अन्तर्गतका एक सय एक युवाहरुलाई व्यवसायिक उद्यमशीलताका लागि नगद सहयोग गरेको हो । जिल्लामा सञ्चालित डुफ परियोजना अन्तर्गत रेडक्रसले स्वरोजगारको सम्भावना बोकेका एकसय एक जना युवालाई जनही ३० हजारका दरले ३० लाख ३० हजार रुपैयाँ उपलब्ध गराएको छ ।

रेडक्रस जिल्ला शाखाका अध्यक्ष ऋषिराम घिमिरेले दुधपोखरी गाउँपालिका अध्यक्ष धनप्रसाद गुरुङलाई सो रकमको चेक हस्तान्तरण गर्नुभएको छ । गाउँपालिका अध्यक्ष गुरुङले रेडक्रसको यस सहयोगले पालिकाका युवाको भविष्य निर्माणका लागि प्रेरणादायक बनेको बताउनुभयो । “गाउँमा स्वरोजगार नहुँदा युवा विदेशिने लहर तीव्र छ । त्यस्तो समयमा उत्पादनमुलक काममा दिइएको सहयोगले ठूलो भरोसा दिन्छ”, उहाँले भन्नुभयो, “सहयोग पाएपछि युवाहरुले गाउँमै कृषि र पशुपालन जस्ता काम गरेर स्वरोजगार बन्ने अपेक्षा लिएको छु ।”

डुफ परियोजनाले वडा नं. १, २, ३ र ५ का १८ देखि ३० वर्ष उमेर समूहका युवालाई लक्षित गर्दै स्वरोजगारको बाटो खुलाउने उद्देश्य लिएको छ । व्यवसायिक सोच बोकेका तर स्रोत र पहुँच अभावमा थलिएका युवाहरुको क्षमता उजागर गर्न रकम वितरण गरिएको रेडक्रसका कार्यक्रम संयोजक गणेश गौलीले जानकारी दिनुभयो । युवाहरुले यो रकम कृषि र पशुपालनमा लगानी गरेर आत्मनिर्भर बन्न सक्ने उहाँले बताउनुभयो ।

परियोजना अन्तर्गत यसअघि रेडक्रसले दुधपोखरीका बाख्रापालक कृषकलाई व्यवसायिक तालिमसमेत दिएको थियो । परम्परागत शैलीमा पालिँदै आएका बाख्रालाई व्यवस्थित र ब्यवसायिक रुपमा सञ्चालन गर्न र आम्दानी बढाउन तालिमले सहयोग पुगेको थियो ।

रेडक्रसको यो कार्यक्रमले दुधपोखरी गाउँपालिकाको जिविकोपार्जन सुधारमा प्रत्यक्ष टेवा पुग्ने अपेक्षा गरिएको छ । गाउँपालिकाले पनि स्वरोजगारलाई प्राथमिकता दिँदै आएको अवस्थामा रेडक्रससँगको सहकार्यले थप गति दिएको गाउँपालिका अध्यक्ष गुरुङले बताउनुभयो । स्थानीय युवामा आशा र आत्मविश्वास थप्ने यो अभियानले दीर्घकालीन रूपमा गाउँमै रोजगारी सिर्जना गर्ने सम्भावना बोकेको रेडक्रसका उपमन्त्री दीपकराज न्यौपाने बताउनुभयो ।

+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist