लमजुङ क्याम्पसमा विद्यार्थीको तालाबन्दी

 

लमजुङ । लमजुङको सुन्दरबजारस्थित कृषि तथा पशु विज्ञान अध्ययन संस्थान लमजुङ क्याम्पसमा विद्यार्थीहरुले लगाएको तालाबन्दी खुल्न सकेको छैन् ।

विभिन्न माग राख्दै विद्यार्थीहरुले बैशाख १५ गतेदेखि गरेको तालाबन्दी गरेका थिए । विभिन्न राजनीतिक दलसम्बद्ध विद्यार्थी संगठनहरुले क्याम्पस प्रशासनमा तालाबन्दी गरेका हुन् । लमजुङ क्याम्पसस्थित नेपाल विद्यार्थी संघका सभापती सौरभ उप्रेती, अनेरास्ववियुका अध्यक्ष निश्चल घिमिरे, अखिल क्रान्तिकारीका अध्यक्ष विवेक भट्टले संयुक्त विज्ञप्ती जारी गरि क्याम्पसमा तालाबन्दी गरेका हुन् ।

कृषि तथा पशु विज्ञान अध्ययन संस्थानको डिन कार्यालयले विभिन्न शुल्क सम्बन्धमा गरेको निर्णय सच्चाउन पटक पटक गरिएको आग्रहलाई बेवास्था गरिएपछि विरोधमा तालाबन्दी गर्नुुपरेको विद्यार्थी संघसंगठनले जनाएका छन् ।

डिन कार्यालयले गत माघमा अध्ययन संस्थान अन्र्तगतका क्याम्पसहरुमा विद्यार्थीहरु मौका परीक्षामा अनुत्तीण भए सेमेष्टरको पूर्ण शुल्क अनिवार्य गरेको थियो । सो निर्णय सच्चाउन स्वतन्त्र विद्यार्थी युनियन र विद्यार्थी संगठनहरुले आवाज उठाइरहेपनि सुनुवाई नभएको विद्यार्थीहरुको गुनासो छ ।

कृषि शिक्षा क्षेत्रमा घट्दो विद्यार्थी संख्यालाई बढाउन तर्फ नलाग्ने, तर अध्ययन गरिरहेका विद्यार्थीको मनोवल घटाउनेगरि डिन कार्यालयले काम गरेको नेविसंघ लमजुङ क्याम्पसका सभापति सौरभ उप्रेतीले बताउनुभयो । विश्वविद्यालय विद्यार्थीको भविष्य निर्माण गर्ने क्षेत्र बनाउनुपर्नेमा विद्यार्थीको भावना नबुझी एकलौटी हिसावले आर्थिक भार थोपर्ने निर्णय गरिएको अनेरास्ववियुका अध्यक्ष निश्चल घिमिरेले बताउनुभयो । उहाँले मागबारे सम्बोधन नभए अन्य सशक्त आन्दोलनका कार्यक्रम गर्ने चेतावनी दिनुभयो ।

+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist