घलेगाउँको आफ्नै स्वास्थ्य विमा, तीन लाख सम्मको उपचार

 

लमजुङ । समाजवाद उन्मुख बन्दै गएको लमजुङको पर्यटकीय स्मार्ट भिलेज घलेगाउँबासीले आफ्नै कोषबाट आफ्नै स्वास्थ्य विमा लागु गरेका छन् ।

सरकारले नागरिकलागि पाँच सदस्य बराबर एक लाख रुपियाँसम्मको स्वास्थ्य विमा उपलब्ध गराएपनि घलेगाउँबासीले आफ्नै छुट्टै स्वास्थ्य विमा लागु गरेका हुन् । पर्यटन ब्यवसायबाट सुखी गाउँ घोषणा गरेका स्थानीयले ब्यवसायिक पर्यटनको २५ वर्ष पुगेको उपलक्ष्यमा प्रति सदस्य तीन लाख रुपियाँसम्मको स्वास्थ्य विमा लागु गरेका हुन् ।

पर्यटन रजत वर्षको अबसरमा नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुव्वा गुरुङबाट क्व्होँलासोथार गाउँपालिका–३ घलेगाउँका वडाअध्यक्ष आशवीर गुरुङलाई विमा परिचयपत्र हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो ।

सरकारको स्वास्थ्य विमा झन्झटिलो भएको र चाहेको अस्पतालमा उपचार गराउन नसकिने भएकाले आफ्नो छुट्टै स्वास्थ्य विमा सञ्चालन गरिएको घलेगाउँ पर्यटन विकास समितिका अध्यक्ष प्रेम घलेले बताउनुभयो । उहाँका अनुसार पर्यटन गतिविधिमा संलग्न भएका सबै घरपरिवारका सदस्यहरु विमामा सहभागी हुनेछन् ।

“सरकारको स्वास्थ्य विमामा सिमित रोगको उपचार हुन्छ । अस्पतालमा औषधी भनेको जस्तो पाइँदैन । राम्रो अस्पतालमा जान झन्झट हुन्छ”, घलेगाउँ पर्यटन विकास समितिका अध्यक्ष प्रेम घलेले भन्नुभयो, “आफ्नै विमा भएपछि आफुँले चाहेको अस्पतालमा पुगेर उपचार गर्न पाइयो । सरकारीमा चित्त नबुझे नीजिमा पनि जान पाइयो ।”

विमामा जुनसुकै रोगको पनि उपचार गराउँदा बढीमा तीनलाख रुपैयासम्मको उपचार गर्न सकिने घलेले बताउनुभयो । विमा कार्यक्रमलाई प्रभावकारी बनाउन मासिक एकसय रुपैयाँ विमा कोषमा बचत गर्नुपर्ने नियम राखिएको छ । थप एकसय रुपियाँ पर्यटन समितिले राखिदिने ब्यवस्था गरिएको छ ।

“पहिला पहिला रोग लाग्यो भने घरमै औषधीमुलो गरेर बस्नुपथ्र्यो । अस्पताल जानुपर्यो भने साहु जिम्मलसँग ऋण लिनुपर्ने बाध्यता थियो”, वडाअध्यक्ष आशवीर घलेले भन्नुभयो, “गाउँको विमा लागु भएपछि स्वास्थ्यको चिन्ता भएन । गाउँमै सहकारी छ, ऋणको लागि पनि समस्या हुँदैन ।”

२५ वर्षको घलेगाउँको पर्यटन यात्राले घलेगाउँको स्वरुप मात्र फेरिको छैन, गाउँलेको जीवनस्तर पनि फेरिएको छ । गाउँमै बसेर बर्षमा छ÷सात लाख कमाउने भएका छन् । समुद्री सतहदेखि दुइ हजार एकसय ७० मिटर उचाइमा रहेको क्व्होलासोंथर गाउँपालिका–३ मा अबस्थित घलेगाउँमा एक सय ३० घर छन् । विक समुदायले सञ्चालन गरेको दुईसहित अहिले ४६ घरमा होमस्टे छ । पाँचवटा होटल सञ्चालनमा छन् । अमेरिका, बेलायत गएकासमेत घलेगाउँ आएर होमस्टे चलाउन थालेका छन् ।

घलेगाउँमा यो अवधिमा करिब तीन लाख पर्यटकले बास बसेका छन् । गाउँ मात्रै घुमेर फर्कनेको संख्या छ लाखको हाराहारीमा छ । पर्यटन समितिका सविच उमलबहादुर विकका अनुसार अन्य घरका बासिन्दाले पर्यटकलक्षित व्यापार व्यवसाय गरेका छन् । भेडाको ऊन, निगालोको चोया, अल्लोबाट हस्तकलाका सामग्री तयार पार्छन् ।

+ posts

ताजा खबर

२४ पिर्के रोटेपिङले पर्यटक आकर्षित

२४ पिर्के रोटेपिङले पर्यटक आकर्षित

लमजुङ । लमजुङको मध्यनेपाल–१० हाँडीखोलामा थापिएको २४ पिर्के रोटेपिङले दशैंको रौनक मात्र बढाएको छैन्, आन्तरिक पर्यटक समेत आकर्षित गरेको छ...

अन्नपूर्ण संरक्षण क्षेत्रमा भेटियो नयाँ सुनाखरी

अन्नपूर्ण संरक्षण क्षेत्रमा भेटियो नयाँ सुनाखरी

लमजुङ । अन्नपूर्ण संरक्षण क्षेत्रमा नयाँ प्रजातिको सुनाखरी भेटिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले गरेको खोज तथा...

लमजुङमा युवाहरुको भ्रष्ट्राचार विरुद्ध स्वतन्त्र जागरण अभियान

लमजुङमा युवाहरुको भ्रष्ट्राचार विरुद्ध स्वतन्त्र जागरण अभियान

लमजुङ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि क्रियाशिल युवाहरुको एक समूहले लमजुङमा भ्रष्ट्राचार विरुद्ध स्वतन्त्र जागरण...

वन्यजन्तु चोरीसिकार रोक्न क्यामेरा जडान

वन्यजन्तु चोरीसिकार रोक्न क्यामेरा जडान

लमजुङ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) संरक्षित जंगलमा वन्यजन्तुको अवैध चोरी सिकार न्यूनीकरण तथा निगरानीका लागि क्यामेरा जडान गएिको...

अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिका–९, पामचोक निवासी पूर्णरुपमा अपाङ्गता हुनुभएका २६ वर्षीय रामचन्द्र परियारलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको छ...

लमजुङका जलविद्युतबाट पूर्ण क्षमतामा उत्पादन

लमजुङका जलविद्युतबाट पूर्ण क्षमतामा उत्पादन

लमजुङ । निरन्तर बर्षापछि नदी तथा खोलामा पानीको बहाव बढ्दा लमजुङमा सञ्चालित जलविद्युत् आयोजनाहरुबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन हुन थालेको...

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिका–४ तिलाहारस्थित एलिजा घाटमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बुधबार बिहान भएको दुर्घटनामा...

लमजुङ पूर्ण खोप सूनिश्चितता घोषणा

लमजुङ पूर्ण खोप सूनिश्चितता घोषणा

लमजुङ । लमजुङका आठवटै पालिकामा पालिका स्तरीय पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भइसकेपछि जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता घोषणा...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist