घलेगाउँको आफ्नै स्वास्थ्य विमा, तीन लाख सम्मको उपचार

 

लमजुङ । समाजवाद उन्मुख बन्दै गएको लमजुङको पर्यटकीय स्मार्ट भिलेज घलेगाउँबासीले आफ्नै कोषबाट आफ्नै स्वास्थ्य विमा लागु गरेका छन् ।

सरकारले नागरिकलागि पाँच सदस्य बराबर एक लाख रुपियाँसम्मको स्वास्थ्य विमा उपलब्ध गराएपनि घलेगाउँबासीले आफ्नै छुट्टै स्वास्थ्य विमा लागु गरेका हुन् । पर्यटन ब्यवसायबाट सुखी गाउँ घोषणा गरेका स्थानीयले ब्यवसायिक पर्यटनको २५ वर्ष पुगेको उपलक्ष्यमा प्रति सदस्य तीन लाख रुपियाँसम्मको स्वास्थ्य विमा लागु गरेका हुन् ।

पर्यटन रजत वर्षको अबसरमा नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुव्वा गुरुङबाट क्व्होँलासोथार गाउँपालिका–३ घलेगाउँका वडाअध्यक्ष आशवीर गुरुङलाई विमा परिचयपत्र हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो ।

सरकारको स्वास्थ्य विमा झन्झटिलो भएको र चाहेको अस्पतालमा उपचार गराउन नसकिने भएकाले आफ्नो छुट्टै स्वास्थ्य विमा सञ्चालन गरिएको घलेगाउँ पर्यटन विकास समितिका अध्यक्ष प्रेम घलेले बताउनुभयो । उहाँका अनुसार पर्यटन गतिविधिमा संलग्न भएका सबै घरपरिवारका सदस्यहरु विमामा सहभागी हुनेछन् ।

“सरकारको स्वास्थ्य विमामा सिमित रोगको उपचार हुन्छ । अस्पतालमा औषधी भनेको जस्तो पाइँदैन । राम्रो अस्पतालमा जान झन्झट हुन्छ”, घलेगाउँ पर्यटन विकास समितिका अध्यक्ष प्रेम घलेले भन्नुभयो, “आफ्नै विमा भएपछि आफुँले चाहेको अस्पतालमा पुगेर उपचार गर्न पाइयो । सरकारीमा चित्त नबुझे नीजिमा पनि जान पाइयो ।”

विमामा जुनसुकै रोगको पनि उपचार गराउँदा बढीमा तीनलाख रुपैयासम्मको उपचार गर्न सकिने घलेले बताउनुभयो । विमा कार्यक्रमलाई प्रभावकारी बनाउन मासिक एकसय रुपैयाँ विमा कोषमा बचत गर्नुपर्ने नियम राखिएको छ । थप एकसय रुपियाँ पर्यटन समितिले राखिदिने ब्यवस्था गरिएको छ ।

“पहिला पहिला रोग लाग्यो भने घरमै औषधीमुलो गरेर बस्नुपथ्र्यो । अस्पताल जानुपर्यो भने साहु जिम्मलसँग ऋण लिनुपर्ने बाध्यता थियो”, वडाअध्यक्ष आशवीर घलेले भन्नुभयो, “गाउँको विमा लागु भएपछि स्वास्थ्यको चिन्ता भएन । गाउँमै सहकारी छ, ऋणको लागि पनि समस्या हुँदैन ।”

२५ वर्षको घलेगाउँको पर्यटन यात्राले घलेगाउँको स्वरुप मात्र फेरिको छैन, गाउँलेको जीवनस्तर पनि फेरिएको छ । गाउँमै बसेर बर्षमा छ÷सात लाख कमाउने भएका छन् । समुद्री सतहदेखि दुइ हजार एकसय ७० मिटर उचाइमा रहेको क्व्होलासोंथर गाउँपालिका–३ मा अबस्थित घलेगाउँमा एक सय ३० घर छन् । विक समुदायले सञ्चालन गरेको दुईसहित अहिले ४६ घरमा होमस्टे छ । पाँचवटा होटल सञ्चालनमा छन् । अमेरिका, बेलायत गएकासमेत घलेगाउँ आएर होमस्टे चलाउन थालेका छन् ।

घलेगाउँमा यो अवधिमा करिब तीन लाख पर्यटकले बास बसेका छन् । गाउँ मात्रै घुमेर फर्कनेको संख्या छ लाखको हाराहारीमा छ । पर्यटन समितिका सविच उमलबहादुर विकका अनुसार अन्य घरका बासिन्दाले पर्यटकलक्षित व्यापार व्यवसाय गरेका छन् । भेडाको ऊन, निगालोको चोया, अल्लोबाट हस्तकलाका सामग्री तयार पार्छन् ।

+ posts

ताजा खबर

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

नेकपामा लमजुङबाट देव गुरुङसहित १३ जना सिफारिस

नेकपामा लमजुङबाट देव गुरुङसहित १३ जना सिफारिस

लमजुङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी लमजुङले प्रत्यक्षतर्फ वरिष्ठ नेता देवप्रसाद गुरुङसहित १३ जनाको...

एमाले लमजुङबाट समानुपातिकमा आठ जना सिफारिश

एमाले लमजुङबाट समानुपातिकमा आठ जना सिफारिश

लमजुङ । नेकपा (एमाले) लमजुङले आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ आठ जनाको नाम सिफारिश गरेको छ । ...

खेलकुद, कृषि, पर्यटन र संस्कृति चिनाउन प्रथम दोर्दी महोत्सव

खेलकुद, कृषि, पर्यटन र संस्कृति चिनाउन प्रथम दोर्दी महोत्सव

लमजुङ । लमजुङको दोर्दी गाउँपालिकामा खेलकुद, कृषि, पर्यटन र संस्कृतिको उजागर गर्न महोत्सव आयोजना गर्ने भएको छ । पुसको ८,...

मर्स्याङ्दीबेँसी बनाउन अति प्रभावित क्षेत्रका बासिन्दाको माग

मर्स्याङ्दीबेँसी बनाउन अति प्रभावित क्षेत्रका बासिन्दाको माग

लमजुङ । ५० मेगावाटको मर्स्याङ्दीबेँसी जलविद्युत आयोजनाको अति प्रभावित क्षेत्र बेसीशहर नगरपालिका–१० का बासिन्दाले आयोजना निर्माणको काम तत्काल सञ्चालन गर्नुपर्ने माग...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist