लमजुङ । नेपाली पुरुष फुटबल टिमको क्लोज क्याम्प मनाङमा हुने भएको छ । अभ्यासका लागि नेपाली टोली लमजुङबाट मनााङ प्रस्थान गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार टोलीले मनाङमा एक साता प्रशिक्षण गर्नेछ ।
काठमाण्डौबाट लमजुङ सदरमुकाम बेसीसहर आइपुगेको टोली मनाङ गएको हो । मनाङमा नेपाली टोली फिटनेस र एन्डुरेन्समा केन्द्रित हुने एन्फाले जनाएको छ । अभ्यास खेलका लागि मनाङ जाँदै गरेको पूरुष राष्ट्रिय फुटवल टोलीलाई लमजुङमा औपचारिक स्वागत तथा सफल प्रशिक्षणका लागि शुभकामना दिइएको छ । बेसीशहर नगरपालिका र एन्फा लमजुङले संयुक्तरुपमा फुटवल प्रशिक्षक, म्यानेजर एवं खेलाडीहरुलाई स्वागत तथा शुभकामना दिएका हुन् ।
नेपालले आउने जुन ५ मा हङकङसँग हङकङमै मैत्रीपूर्ण खेल खेल्नेछ । यस्तै, एएफसी एसियन कप छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले जुन १० मा लाओससँग खेल्नेछ । यो खेल लाओसको मैदानमा हुनेछ ।
मुख्य प्रशिक्षक म्याट रोसले बन्द प्रशिक्षणमा ३० खेलाडी सहभागी भएकोे जानकारी दिनुभयो । हाई अल्टिच्युडमा प्रशिक्षण गर्दा खेलाडीहरुलाई कठिन हुने भए पनि यसले खेलाडीलाई सहयोग पुग्ने प्रशिक्षक रोसको भनाइ छ ।
उहाँले मनाङ प्रस्थान गर्नुअघि बिहीबार काठमाडौंमै खेलाडीहरूलाई ब्रिफिङ गर्नुभएको थियो । उहाँले किन मनाङ जानुपर्ने कारण पनि बताउनुभएको थियो ।
“हामी किन मनाङ जाँदैछौं ? त्यहाँ हामीले बढी रेडब्लड सेल्स बनाउनेछौं । यसले अक्सिजन बोक्ने क्षमतामा सुधार गर्छ,” रोसले भन्नुभयो, “यो सबै हाम्रो मुटु र रक्तसञ्चार प्रणालीलाई बलियो र प्रभावकारी बनाउनका लागि हो । बलियो कोषले बढी ऊर्जा दिन्छ । यो सबै कुराले हामीलाई मद्दत गर्छ ।”
बेसीशहर नगरपालिका प्रमूख गुमानसिंह अर्यालले खेलका माध्यमबाट राष्ट्रियता सँगै प्रत्येक नेपालीलाई एकतामा राख्न सफल भएको बताउनुभयो । उहाँले खेलमा प्रतिष्पर्धा मात्र नभई व्यक्तिको अनुशासन र राष्ट्रको प्रतिष्ठासमेत जोडिएकाले देशको प्रतिष्ठालाई अझ उचाईमा पु¥याउन खेलाडीहरुलाई आग्रह गर्नुभयो ।
स्वागत कार्यक्रममा एन्फा लमजुङका अध्यक्ष लोकेन्द्र गुरुङ सहित पदाधिकारीहरु, विभिन्न युवाक्लवका अध्यक्षहरु एवं संञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।
छनोट खेलपूर्व नेपाली टोलीले जुन ५ मा हङकङगमा समेत मैत्रीपूर्ण खेलमा सहभागिता जनाउनेछ । फिफा विन्डोअन्तर्गत हंगकंगविरुद्ध भने यो दोस्रो मैत्रीपूर्ण खेल हुनेछ । २०४५ सालमा पहिलोपटक दुव टोलीबीच खेल हुँदा नतिजा भने गोलरहित बराबरी भएको थियो ।
- Nabin Kuikelhttps://lokdrishya.com/author/newsdesk/
- Nabin Kuikelhttps://lokdrishya.com/author/newsdesk/
- Nabin Kuikelhttps://lokdrishya.com/author/newsdesk/
- Nabin Kuikelhttps://lokdrishya.com/author/newsdesk/

















