अभ्यासका लागि मनाङ पुग्यो नेपाली फुटबल टोली

 

लमजुङ । नेपाली पुरुष फुटबल टिमको क्लोज क्याम्प मनाङमा हुने भएको छ । अभ्यासका लागि नेपाली टोली लमजुङबाट मनााङ प्रस्थान गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार टोलीले मनाङमा एक साता प्रशिक्षण गर्नेछ ।

काठमाण्डौबाट लमजुङ सदरमुकाम बेसीसहर आइपुगेको टोली मनाङ गएको हो । मनाङमा नेपाली टोली फिटनेस र एन्डुरेन्समा केन्द्रित हुने एन्फाले जनाएको छ । अभ्यास खेलका लागि मनाङ जाँदै गरेको पूरुष राष्ट्रिय फुटवल टोलीलाई लमजुङमा औपचारिक स्वागत तथा सफल प्रशिक्षणका लागि शुभकामना दिइएको छ । बेसीशहर नगरपालिका र एन्फा लमजुङले संयुक्तरुपमा फुटवल प्रशिक्षक, म्यानेजर एवं खेलाडीहरुलाई स्वागत तथा शुभकामना दिएका हुन् ।

नेपालले आउने जुन ५ मा हङकङसँग हङकङमै मैत्रीपूर्ण खेल खेल्नेछ । यस्तै, एएफसी एसियन कप छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले जुन १० मा लाओससँग खेल्नेछ । यो खेल लाओसको मैदानमा हुनेछ ।

मुख्य प्रशिक्षक म्याट रोसले बन्द प्रशिक्षणमा ३० खेलाडी सहभागी भएकोे जानकारी दिनुभयो । हाई अल्टिच्युडमा प्रशिक्षण गर्दा खेलाडीहरुलाई कठिन हुने भए पनि यसले खेलाडीलाई सहयोग पुग्ने प्रशिक्षक रोसको भनाइ छ ।

उहाँले मनाङ प्रस्थान गर्नुअघि बिहीबार काठमाडौंमै खेलाडीहरूलाई ब्रिफिङ गर्नुभएको थियो । उहाँले किन मनाङ जानुपर्ने कारण पनि बताउनुभएको थियो ।

“हामी किन मनाङ जाँदैछौं ? त्यहाँ हामीले बढी रेडब्लड सेल्स बनाउनेछौं । यसले अक्सिजन बोक्ने क्षमतामा सुधार गर्छ,” रोसले भन्नुभयो, “यो सबै हाम्रो मुटु र रक्तसञ्चार प्रणालीलाई बलियो र प्रभावकारी बनाउनका लागि हो । बलियो कोषले बढी ऊर्जा दिन्छ । यो सबै कुराले हामीलाई मद्दत गर्छ ।”

बेसीशहर नगरपालिका प्रमूख गुमानसिंह अर्यालले खेलका माध्यमबाट राष्ट्रियता सँगै प्रत्येक नेपालीलाई एकतामा राख्न सफल भएको बताउनुभयो । उहाँले खेलमा प्रतिष्पर्धा मात्र नभई व्यक्तिको अनुशासन र राष्ट्रको प्रतिष्ठासमेत जोडिएकाले देशको प्रतिष्ठालाई अझ उचाईमा पु¥याउन खेलाडीहरुलाई आग्रह गर्नुभयो ।

स्वागत कार्यक्रममा एन्फा लमजुङका अध्यक्ष लोकेन्द्र गुरुङ सहित पदाधिकारीहरु, विभिन्न युवाक्लवका अध्यक्षहरु एवं संञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।

छनोट खेलपूर्व नेपाली टोलीले जुन ५ मा हङकङगमा समेत मैत्रीपूर्ण खेलमा सहभागिता जनाउनेछ । फिफा विन्डोअन्तर्गत हंगकंगविरुद्ध भने यो दोस्रो मैत्रीपूर्ण खेल हुनेछ । २०४५ सालमा पहिलोपटक दुव टोलीबीच खेल हुँदा नतिजा भने गोलरहित बराबरी भएको थियो ।

+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist