विद्यार्थी कुर्दै विद्यालय, जाँचकी कुर्दै उत्तरपुस्तिका

 

लमजुङ । केही वर्ष पहिला विद्यार्थी विद्यालय पुग्थे, किताव आइपुग्थेन । अहिले किताव पहिले आइसक्यो, विद्यार्थी विद्यालय नै पुगेनन् ।

काठमाण्डौं केन्द्रित शिक्षक आन्दोलनका कारण यतिबेला विद्यार्थीहरु विद्यालय जान पाएका छैनन् । गाउँ तथा शहरमा रहेका विद्यालयहरु सुनसान छन् । नयाँ पोशाक, नयाँ कितावकापी बोकेर विद्यालय जानुपर्ने बालबालिकाहरु गाइबस्तु चराउन र वनपाखामा खेल्न ब्यस्त छन् ।

लमजुङमा तीन सय ४९ विद्यालय छन् । ती विद्यालयमा २०८० सालमा ३१ हजार छ सय ६७ विद्यार्थी अध्ययन गरेका थिए । यो वर्षपनि सोही संख्याका हाराहारीमा विद्यार्थीहरु नयाँ कक्षा भर्ना र अध्ययन गर्ने अनुमान शिक्षा विकास तथा समन्वय इकाई लमजुङको अनुमान छ । शिक्षक आन्दोलनका कारण विद्यार्थी भर्ना अभियान र कक्षा संञ्चालन हुन नसकेको शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख दिवाकर शर्माले बताउनुभयो ।

विसं २०६१ सालदेखि शुरु भएको विद्यार्थी भर्ना अभियान शैक्षिक सत्र २०७५ मा राजनीतिक अभियानका रुपमा मनाइएको थियो । यसअघिका वर्षहरुमा पनि सामुदायिक विद्यालयमा विद्यार्थी संख्या बढाउन भर्ना अभियान सञ्चालन गर्ने गरिएपनि यसवर्ष भर्ना अभियान त परका कुरा कक्षा सञ्चालन नै हुन सकेका छैनन् ।

शिक्षक आन्दोलनकै कारण जिल्लामा आइपुगेका माध्यामिक शिक्षा परीक्षा (एसइई) का उत्तरपुस्तिकाले जाँचकी पाउन सकेको छैन् । उत्तरपुस्तिका जिल्ला आएको एक महिना वितिसकेको छ । नियमित तीन हजार र ग्रेडबृद्धिको पाँचसय गरि तीनहजार पाँचसय विद्यार्थीका २५ हजार उत्तरपुस्तिका जिल्ला आएको शर्माले बताउनुभयो । “उत्तरपुस्तिका जाँच्नका लागि आवश्यक तयारी गरेका छौं । विषयगत प्याकिङ गर्ने र कोड राख्ने काम पनि सकिएको छ”, शर्माले भन्नुभयो, “अब उत्तरपुस्तिका जाँच्न शिक्षक पर्खिरहेका छौं ।”

शर्माका अनुसार एउटा विषयको उत्तरपुस्तिका जाँच गर्न सातदेखि दश जना शिक्षक आवश्यक पर्छन । जिल्ला आएका सबै उत्तर पुस्तिका जाँच जर्न ८० जना शिक्षक आवश्यक पर्ने उहाँले बताउनुभयो । उत्तर पुस्तिका जाँच हुन नसक्दा एसइई परिक्षाको नतिजा प्रकाशन समेत ढिलाई हुने सरोकारवालाले बताएका छन् ।

+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist