लमजुङ । नेपाली राष्ट्रिय टिमको अन्डर–१३ फुटवल खेलाडी दिपेश गुरुङलाई लमजुङ सेवा समिति हङकङले आर्थिक सहयोग गरेको छ । लमजुङको क्व्होलासोँथार गाउँपालिका–३, फुल्म्रोका दिपेश गुरुङको शैक्षिक तथा खेल प्रशिक्षणका लागि समितिले आर्थिक सहयोग गरेको हो ।
राष्ट्रिय टिममा समावेश हुनुअघि सशस्त्र प्रहरी बल (एपिएफ) को अन्डर–१३ फुटवल टिमबाट खेल यात्रा अघि बढाउनुभएका गुरुङलाई लमजुङ सेवा समिति हङकङले ७० हजार र सोहि समितिको जिल्लास्थित समन्वय समितिबाट २० हजार गरी ९० हजार रुपैया आर्थिक सहयोग गरिएको हो ।
लमजुङ सेवा समिति हङकङ अन्तर्गत खेलकुद समितिका संयोजक सन्तोश गुरुङ र समन्वय समिति लमजुङको अध्यक्ष मीना गुरुङलगायतले खेलाडी गुरुङ र उहाँको आमा डिलकाशी गुरुङलाई रकम हस्तान्तरण गर्नुभयो ।
राष्ट्रिय टिमका लागि एपिएफ क्लवमा आवद्ध गुरुङ सशस्त्र प्रहरी विद्यालयमा अध्ययन गर्दै फुटवल प्रशिक्षण लिदैं आउनुभएको छ । हाल एसइई परिक्षा दिनुभएका गुरुङले एपिएफबाट अन्डर–१३ का थुप्रै खेलहरुमा सहभागिता जनाउनुभएको छ ।
लमजुङ सेवा समिति हङकङले जिल्लाको स्वास्थ्य, विपद, खेलकुद र शिक्षाको क्षेत्रमा सहयोग गर्दै आएको छ । समितिले विभिन्न क्षेत्रमा सेवा तथा सहयोगका लागि ४४ लाखको अक्षयकोष स्थापना गरेको छ ।
सोहि कोषमा रहेको रकमको व्याजबाट समितिले समाजिक सेवामा कामहरु गर्दै आएको छ । सो समितिले जिल्लामा विभिन्न क्षेत्रमा सहयोगका लागि स्थापित अक्षयकोषलाई एक करोेड पु¥याउने तयारी गरेको अध्यक्ष मीना गुरुङले बताउनुभयो ।
- Nabin Kuikelhttps://lokdrishya.com/author/newsdesk/
- Nabin Kuikelhttps://lokdrishya.com/author/newsdesk/
- Nabin Kuikelhttps://lokdrishya.com/author/newsdesk/
- Nabin Kuikelhttps://lokdrishya.com/author/newsdesk/

















