लमजुङ । लमजुङसहित गण्डकी प्रदेशका गुरुङ समुदायले मंगलबार आफ्नो मौलिक तथा सांस्कृतिक पर्व ट्होटें पर्व हर्षोल्लासपूर्वक मनाएका छन् । गण्डकी प्रदेशभित्र गुरुङ समुदायले प्रत्येक वर्ष साउन र चैत महिनाको अन्तिम मंगलबार सांस्कृतिक पर्वका रुपमा ट्होटे पर्व धुमधामका साथ मनाउने गर्दछन् ।
ट्होटें पर्व मनाउन लमजुङको क्व्होलासोथार गाउँपालिकाले मंगलबार सार्वजनिक विदा दिएको थियो । गुरुङ जातिको साँस्कृतिक पर्वको ट्होटेको अवसरमा मंगलबार स्थानीय सार्वजनिक विदा दिइएको गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङले बताउनुभयो ।
ट्होटे पर्वको अवसरमा मंगलबारका दिन गाउँपालिका वा अन्तरगतका कार्यालयहरु, वडा कार्यालयहरु, अत्यावश्यक बाहेकका स्वास्थ्य संस्थाहरु, सबै विद्यालयहरु तथा अन्य संघ संस्थाहरुमा विदा दिइएको प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद वाग्लेले बताउनुभयो ।
गुरुङ जातिले विगतमा आफ्नो ट्हो वा राज्य सुरक्षाका लागि साउन र चैत महिनाको अन्तिम मंलवारमा ट्होटें मनाउदै आएका हुन् । ट्होटें पर्वका दिन तमु राज्यमा बसोवास गर्नेहरुले राज्यभित्र देखिएका बैरी वा शत्रुहरुलाई राज्यको सिमा कटाउदै ट्हो संरक्षण गरेको परम्परागत इतिहास भएको मानिन्छ । गुरुङ भाषामा ट्हो को अर्थ राज्य वा गाउबस्ती हुन्छ भने टें को अर्थ राज्यबाट बैरी वा शत्रु धपाउने भन्ने हुन्छ ।
- Nabin Kuikelhttps://lokdrishya.com/author/newsdesk/
- Nabin Kuikelhttps://lokdrishya.com/author/newsdesk/
- Nabin Kuikelhttps://lokdrishya.com/author/newsdesk/
- Nabin Kuikelhttps://lokdrishya.com/author/newsdesk/

















