मध्यनेपालमा रैथाने बाली प्रवद्र्धन गरिने

लमजुङ । कुनै बेला मुख्य बालीमा पर्ने कागुनो खेती अहिले भने लोपोन्मुख अवस्थामा पुुगेको छ । किसानले विस्तारै कागुुनो खेती लगाउन छोड्दै गएका छन् । केही स्थानमा लगाए पनि निकै कम उत्पादन हुन्छ ।

दस वर्षअघिसम्म लमजुङका विभिन्न स्थानमा पर्याप्त मात्रामा कागुनो खेती हुन्थ्यो र उत्पादन पनि राम्रो थियो । कागुनो मात्र हैन, खाध्य सुरक्षा र पोषणका हिसावले पनि राम्रो मानिएको कोदो खेती पनि हराउँदै जान थालेको छ ।

किसानहरुले विस्तारै विर्सिदै जान लागेका कागुनो र कोदो खेतीलाई लमजुङको मध्यनेपाल नगरपालिका–५ समिभञ्याङमा संरक्षण तथा प्रवद्र्धन गरिने भएको छ । नेपाल कृषि अनुसन्धान परिषदको सहयोगमा परम्परागत कोदो र कागुनो खेतीको प्रवद्र्धन गरिने मध्यनेपाल–५ का वडाध्यक्ष ओमवीर गुरुङले बताउनुभयो ।

परियोजना सञ्चालनका लागि खाद्य तथा कृषिका लागि जैविक विविधता खाकासम्बन्धी बृहत् अन्तरक्रिया गरिएको वडाध्यक्ष गुरुङले बताउनुभयो । परियोजनामा स्थानीय ३५ जना कृषक सहभागी हुनेछन् भने एक सय रोपनीभन्दा बढी जमिनमा कोदो र कागुनो खेती गरिनेछ । चार वर्षसम्म सञ्चालन हुने परियोजनाका लागि विज्ञद्वारा अनुसन्धान र कृषकलाई आवश्यक तालिम तथा सहजीकरण गरिने वडाध्यक्ष गुरुङले बताउनुभयो ।

कृषि ज्ञान केन्द्रमा बर्षेनी रैथानेबाली प्रवद्र्धन कार्यक्रम अन्तर्गत बजेट आउने गरेपनि कार्यान्वन हुन नसकी फिर्ता हुने गरेको छ । रैथाने बाली प्रवद्र्धन कार्यक्रम अन्तर्गत कोदो लक्षित गरेर कार्यक्रम आउने तर अधिकांश कृषकले बजेट आउनुअघि नै कोदोखेती गरिसक्ने भएकाले अधिक बजेट फ्रिज हुने गरेको कृषि ज्ञान केन्द्र लमजुङले जनाएको छ ।

कार्यक्रमको प्रकृतिअनुसार किसानहरुले ५० प्रतिशत लागत साझेदारी जुटाउन नसक्दा कार्यक्रम प्रभावकारी हुन नसकेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

विश्वमा करिब तीन हजारभन्दा बढी बाली बिरुवाका प्रजाति मानव उपभोगका लागि योग्य मानिन्छन् । जसमध्ये १० जातका अन्न, दलहन र तेलका बीउमात्र हाल खेती गरिएको पाइन्छ भने बाँकी जंगली अवस्थामा वा रैथाने र परम्परागत बालीका रूपमा रहेका छन् । रैथाने बाली सामाजिक तथा आर्थिक मूल्य बोकेका बालीहरू हुन्, जुन मानव भोजन र पशुवस्तुको चारा तथा आहाराका साथै औषधिजन्य प्रयोजनका लागि समेत प्रयोग गरिने कृषि ज्ञान केन्द्र लमजुङका प्रमुख सुदिप खतिवडा बताउनुहुन्छ ।

खाद्य तथा पोषण सुरक्षा र बाली विविधीकरणका लागि पनि रैथाने बाली महत्वपूर्ण मानिएको उहाँले बताउनुभयो । रैथाने बाली विभिन्न रोग र कीरा तथा प्रतिकूल मौसम सहन सक्ने विशेषता बोकेका हुन्छन् । बाली प्रजनन तथा सुधारका लागि रैथाने बाली महत्वपूर्ण रहेको प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना लमजुङका निमित्त प्रमुख हरि मिजारले बताउनुभयो । खाद्य तथा पोषण सुरक्षाका लागि रैथाने बाली वरदान सावित रहेको उहाँले बताउनुभयो ।

लोकदृश्य
+ posts

ताजा खबर

वन्यजन्तु चोरीसिकार रोक्न क्यामेरा जडान

वन्यजन्तु चोरीसिकार रोक्न क्यामेरा जडान

लमजुङ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) संरक्षित जंगलमा वन्यजन्तुको अवैध चोरी सिकार न्यूनीकरण तथा निगरानीका लागि क्यामेरा जडान गएिको...

अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिका–९, पामचोक निवासी पूर्णरुपमा अपाङ्गता हुनुभएका २६ वर्षीय रामचन्द्र परियारलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको छ...

लमजुङका जलविद्युतबाट पूर्ण क्षमतामा उत्पादन

लमजुङका जलविद्युतबाट पूर्ण क्षमतामा उत्पादन

लमजुङ । निरन्तर बर्षापछि नदी तथा खोलामा पानीको बहाव बढ्दा लमजुङमा सञ्चालित जलविद्युत् आयोजनाहरुबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन हुन थालेको...

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिका–४ तिलाहारस्थित एलिजा घाटमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बुधबार बिहान भएको दुर्घटनामा...

लमजुङ पूर्ण खोप सूनिश्चितता घोषणा

लमजुङ पूर्ण खोप सूनिश्चितता घोषणा

लमजुङ । लमजुङका आठवटै पालिकामा पालिका स्तरीय पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भइसकेपछि जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता घोषणा...

क्व्होलासोँथारमा सहजकर्ता र कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गरिने

क्व्होलासोँथारमा सहजकर्ता र कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गरिने

लमजुङ । लमजुङको क्व्होलासोथार गाउँपालिकाले विद्यालय कर्मचारी, बाल विकास सहजकर्ता र कार्यालय सहयोगीहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा समावेश गर्ने...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist