गाउँसहर कालिका मन्दिरमा जनताका नाउँमा भयो पूजा

लमजुङ । शनिबार लमजुङको गाउँसहर कालिका मन्दिरमा चैते दसैँको पूजा गर्ने र मेला हेर्न आउनेको रौनक थियो । शाहवंशको पुरानो दरबारमा रहेको कालिका मन्दिरमा धेरै पहिला राजाले मात्र पूजा गर्ने चलन थियो । विसं १५५० असारमा कुलमण्डन खाँका छोरालाई ल्याएर राजा बनाइएपछि कालिका मन्दिर स्थापना भएको थियो । तत्कालिन बाइसे चौबिसे राज्य एकीकरणपछि यहाँ राजाको नाउँमा पूजाआजा हुन थाल्यो । गणतन्त्रपछि भने यहाँ जनताको नाउँमा पूजा गर्न थालिएको छ । 

गणतन्त्रपछि जनताको नाउँमा पूजा गर्ने गरिए पनि राजाले बसाएको चलन भने हटेको छैन । बर्सौंदेखि गुठी संस्थानबाट मन्दिरमा चढाउन भेटी, प्रसाद र बलीको व्यवस्था हुँदै आएको छ । चैते दसैँका लागि राँगा, बोका, सुँगुर, भेडा, हाँस, कुखुरा, परेवाका लागि पनि बजेट आउने गर्छ । मालपोत अधिकृत ईश्वरकमल श्रेष्ठले भन्नुभयो, “जिल्लामा गुठी संस्थानको कार्यालय नभएकाले मालपोतमै बजेट आउने गर्छ । बजेट पुजारीलाई दिएर पूजा गराउने गरिएको छ ।” श्रेष्ठका अनुसार राँगा, बोका, भेडालाई कम रकम आउँदा पूजा गराउन समस्या हुने गरेको बताउनुभयो । 

गणतन्त्रपछि पनि राजाको पालादेखि राखिएको सरकारी बलि दिने परम्पराको अन्त्य हुन नसक्नुले परिवर्तनको आभास नमिलेको सर्वसाधारणको टिप्पणी छ । यसअघि मन्दिरको प्रसाद राजालाई पठाइने गरिएकोमा गणतन्त्रपछि राष्ट्र प्रमुखका हैसियतले राष्ट्रपतिलाई पठाउन थालिएको छ । सरकारका मुख्य सचिव, गुठी संस्थानका अध्यक्ष, गुठी प्रशासक, भूमि व्यवस्था मन्त्रालयका सचिव, विभागका महानिर्देशकलगायतलाई प्रसाद पठाउने गरिएको मन्दिर व्यवस्थापनले जनाएको छ । 

मन्दिरमा व्यक्तिगत रूपमा बलि चढाउन तथा पूजाआजाका लागि लमजुङ, तनहुँ, कास्की, गोरखा, चितवन, काठमाडौँदेखि भक्तजन आउने गरेको पुजारी माधव बरालले बताउनुभयो ।    

लोकदृश्य
+ posts

ताजा खबर

वन्यजन्तु चोरीसिकार रोक्न क्यामेरा जडान

वन्यजन्तु चोरीसिकार रोक्न क्यामेरा जडान

लमजुङ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) संरक्षित जंगलमा वन्यजन्तुको अवैध चोरी सिकार न्यूनीकरण तथा निगरानीका लागि क्यामेरा जडान गएिको...

अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिका–९, पामचोक निवासी पूर्णरुपमा अपाङ्गता हुनुभएका २६ वर्षीय रामचन्द्र परियारलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको छ...

लमजुङका जलविद्युतबाट पूर्ण क्षमतामा उत्पादन

लमजुङका जलविद्युतबाट पूर्ण क्षमतामा उत्पादन

लमजुङ । निरन्तर बर्षापछि नदी तथा खोलामा पानीको बहाव बढ्दा लमजुङमा सञ्चालित जलविद्युत् आयोजनाहरुबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन हुन थालेको...

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिका–४ तिलाहारस्थित एलिजा घाटमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बुधबार बिहान भएको दुर्घटनामा...

लमजुङ पूर्ण खोप सूनिश्चितता घोषणा

लमजुङ पूर्ण खोप सूनिश्चितता घोषणा

लमजुङ । लमजुङका आठवटै पालिकामा पालिका स्तरीय पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भइसकेपछि जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता घोषणा...

क्व्होलासोँथारमा सहजकर्ता र कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गरिने

क्व्होलासोँथारमा सहजकर्ता र कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गरिने

लमजुङ । लमजुङको क्व्होलासोथार गाउँपालिकाले विद्यालय कर्मचारी, बाल विकास सहजकर्ता र कार्यालय सहयोगीहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा समावेश गर्ने...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist