राष्ट्रकवि घिमिरेको गाउँमा ऋतम्भरा महाकाव्यमाथि परिचर्चा

लमजुङ । शताब्दी लामो आयु बाँचेर कीर्तिशेष शताब्दी काव्यपुरुष राष्ट्रकवि माधव घिमिरे (१९७६–२०७७) को जन्मस्थल पुस्तुन बाहुनडाँडा, मर्याङ्दी–६, लमजुङमा साझा प्रकाशनद्वारा २०७९ मा पहिलो पटक र २०८० मा दोस्रो संस्करणका रूपमा प्रकाशित घिमिरेको महाकाव्य ऋतम्भरामाथि परिचर्चा भएको छ ।

पुस्तुन बाहुनडाँडा घिमिरे समाज, लमजुङ र कोकगोष्ठी काठमाडौँको संयुक्त आयोजनामा ऋतम्भरा महाकाव्यमाथि चर्चा गरिएको हो । नेपाल संस्कृत विश्वचिद्यालयका साहित्यका प्रध्यापक डा. जीवन अधिकारीले कार्यपत्र प्रस्तुत गरी विशद् चर्चा गरिएको यस कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका नेपालीका प्राध्यापक डा. नारायण गड्तौला, अंग्रेजीका प्रध्यापक सीताराम अधिकारी, कोकगोष्ठीका उपाध्यक्ष कवि भुवनहरि सिग्देल र कोकगोष्ठीका सचिव प्रह्लाद पोख्रेलले सम्पूरक अभिव्यक्ति दिनाका साथसाथ प्राध्यापक डा. माधवप्रसाद पोखरेलबाट विस्तृत रूपमा चर्चित महाकाव्यबारे विश्लेषण प्रस्तुत भएको थियो । परिचर्चा कार्यक्रममा गायिका लोचन भट्टराईबाट महाकाव्यको एउटा कवितागुच्छ गायन गरिएको थियो ।

सोही कार्यक्रममा गुरुङ भाषामा अनूदित ‘गौरी शोककाव्य’ को लोकार्पण ८६ वर्षीय स्थानीय व्यक्तित्व धर्मविधि घिमिरे, प्रा.डा. माधव पोखरेल र अनुवादक आशबहादुर गुरुङद्वारा संयुक्त रूपमा गरिएको थियो भने रामचन्द्र न्यौपाने ‘वनवासीको’ ‘दुर्लभ सत्सङ्ग’ नामक कृतिको लोकार्पण पनि गरिएको थियो ।

यसै अवसरमा कोकगोष्ठीको एक सय सोह्रौँ कविता शृङ्खला आयोजना गरी काठमाडौँ, चितवन र लमजुङमा बसेर काव्य साधना गर्ने २७ जना कविहरूका छन्दोबद्ध कविता प्रस्तुत भएका थिए ।

गोष्ठीका अध्यक्ष छन्दसारथि रमेश खकुरेलको कविताबाट सुरु गरिएको कविता वाचनमा यमुना न्यौपाने, आशबहादुर गुरुङ, सूर्यमणि रेग्मी, होमनाथ घिमिरे, विदुर अधिकारी, गिरिधारी घिमिरे, राजेन्द्र घायल, सिर्जना खनाल, डा. हेमनाथ घिमिरे, रामचन्द्र न्यौपाने ‘वनवासी’, उषा बस्ताकोटी खनाल, नारायणप्रसाद पोखरेल, कल्पना भट्टराई, बलराम दाहाल, खगेन्द्र खोल्साघरे, खोलाघरे साहिँलो, डा. बमबहादुर थापा ‘जिताली, सीताराम अधिकारी, कोषराज न्यौपाने, प्रह्लाद पोख्रेल, जीवन अधिकारी, भुवनहरि सिग्देल, शान्ता घिमिरे (अमेरिका), धनराज गिरी (क्यानडा) का रचना वाचन गरिएका थिए । गायिका लोचन भट्टराईले गौरी शोककाव्यका केही पद्यांश गायन गरिएको यस गोष्ठीमा कोकगोष्ठीको परम्परा अनुसार रामचन्द्र घिमिरेले वाचित रचनाहरूको कवितात्मक टिप्पणी प्रस्तुत गर्नुभएको थियो ।  

+ posts

ताजा खबर

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

नेकपामा लमजुङबाट देव गुरुङसहित १३ जना सिफारिस

नेकपामा लमजुङबाट देव गुरुङसहित १३ जना सिफारिस

लमजुङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी लमजुङले प्रत्यक्षतर्फ वरिष्ठ नेता देवप्रसाद गुरुङसहित १३ जनाको...

एमाले लमजुङबाट समानुपातिकमा आठ जना सिफारिश

एमाले लमजुङबाट समानुपातिकमा आठ जना सिफारिश

लमजुङ । नेकपा (एमाले) लमजुङले आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ आठ जनाको नाम सिफारिश गरेको छ । ...

खेलकुद, कृषि, पर्यटन र संस्कृति चिनाउन प्रथम दोर्दी महोत्सव

खेलकुद, कृषि, पर्यटन र संस्कृति चिनाउन प्रथम दोर्दी महोत्सव

लमजुङ । लमजुङको दोर्दी गाउँपालिकामा खेलकुद, कृषि, पर्यटन र संस्कृतिको उजागर गर्न महोत्सव आयोजना गर्ने भएको छ । पुसको ८,...

मर्स्याङ्दीबेँसी बनाउन अति प्रभावित क्षेत्रका बासिन्दाको माग

मर्स्याङ्दीबेँसी बनाउन अति प्रभावित क्षेत्रका बासिन्दाको माग

लमजुङ । ५० मेगावाटको मर्स्याङ्दीबेँसी जलविद्युत आयोजनाको अति प्रभावित क्षेत्र बेसीशहर नगरपालिका–१० का बासिन्दाले आयोजना निर्माणको काम तत्काल सञ्चालन गर्नुपर्ने माग...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist