खुदीमा एकादशी मेला भब्य हुने, भलिवलकाे प्रथम पुरस्कार नै एक लाख !

लमजुङ । साँस्कृतिक र धार्मिक रूपले महत्वपुर्ण मानिएकाे हरिबोधिनी एकादशीको अवसरमा मर्स्याङ्दी गाउपालिकाको खुदीबजारमा भब्य मेला आयोजना हुने भएको छ ।

‘समृद्ध, आधुनिक, हराभरा मर्स्याङदी गाउँपालिकाको आधार, कला संस्कृतिको संरक्षण पर्यटन उर्जा र पुर्वाधार’ भन्ने नाराका साथ स्थानीयको सक्रियतामा मंसिर ७ गते देखि ९ गते सम्म मेलाको आयोजना गरिने भएको हो ।

खुदी युथकाे आयोजनामा हुने मेलामा खुला भलिवल प्रतियोगिता, छेलाे प्रतियोगिता, कृषि उपज प्रदर्शनी, निशुल्क आँखा शिविर, फुलकाे डाेली तार्ने, भजनकृतन र हाेमस्टे गाउँकाे साँस्कृतिक प्रस्तुतीकाे साथै अर्गानिक खानेकुरा प्रस्तुत गरिने छ ।

खुला भलिबल प्रतियाेगितामा प्रथम पुरस्कार १ लाख र उपविजेतालाई ६० हजार राखिएकाे छ । टिम दर्ता शुल्क छ हजार राखिएकाे छ । छेलाे प्रतियाेगितामा प्रथम, द्वितीय र तृतीयलाई क्रमशः ५ हजार, ३ हजार र २ हजार पुरस्कार ब्यवस्था गरिएकाे खेलकुँद समितिका संयाेजक रवि थापाले बताए ।

मर्स्याङदी-३ खुदीस्थित अमर माध्यमिक विद्यालयको खेल मैदानमा ३  दिनसम्म सञ्चालन हुने मेलालाई ब्यवस्थित बनाउन विभिन्न समितिहरू गठन गरिएकाे खुदी युथका अध्यक्ष साेम तामाङले जानकारी दिए ।

विहिबार वडा नं. ३ काे कार्यालय खुदीमा वडाअध्यक्ष दुधमान तमाङकाे अध्यक्षता र गाउँपालिकाका अध्यक्ष अर्जुन गुरूङकाे प्रमुख आतिथ्यतामा भएकाे बृहत् भेलाले मेला सम्पन्न गर्न विभिन्न समिति र सल्लाहकार समिति गठन गरेकाे हाे ।

आर्थिक समितिकाे संयोजकमा बिशाल रावल, सदस्यमा शुस्मा भन्डारी र राजिव लामा, खेलकुद समितिकाे संयोजकमा रबि थापा, सदस्यमा सुनिल तामाङ, देबेन्द्र लामा, कृषि प्रदर्शनी तथा बिक्रि व्यवस्थापन समितिकाे संयोजकमा भिष्मकान्त कुइकेल, सदस्यमा नवीनराज कुइकेल, नारायण तामाङ, मन्च व्यवस्थापन समितिकाे संयोजकमा सोम तामाङ, सदस्यमा सुर्यमान श्रेष्ठ र नवीन बगाले रहेका छन् ।

यस्तै स्वयंसेवक परिचालन समितिमा संयोजक पाल्साङ लामा, सदस्यमा बिकास तामाङ, कर्ण वहादुर तामाङ, मिलन रुम्बा, मिन माया तामाङ, लक्ष्मण गुरुङ, सुजन तामाङ, डेनिश थापा, सन्देश तामाङ, डेबिड थापा, बिनिता तामाङ रहेका छन् । प्रचार प्रसार समितिमा संयोजक अबिनाश भन्डारी, सदस्य नवीनराज कुइकेल, ऋषिराम बस्नेत, फुलको डोरि तार्ने लगायतको कार्यक्रमकाे संयोजक बिष्णु भन्डारी, सदस्य खिम पाण्डे, रिया भन्डारी रहेका छन् ।

यस्तै सांस्कृतिक समितिकाे संयोजकमा रबि थापा, सदस्य प्रमोद कतिला, शुशिला पौडेल रिमाल, होमस्टे प्रचार प्रसार समितिकाे संयोजकमा पारकाशि गुरुङ, सदस्य सीता गुरुङ, लुकुमारी गुरुङ रहेका छन् । अँखा शिविर व्यवस्थापन समिति संयोजकमा अविनाश भन्डारी, सदस्य रमेश के.सी, गङ्गा भन्डारी रहेका छन् ।

वडा नं. ३ का अध्यक्ष दुधमान तामाङकाे संयाेजकत्वमा २५ सदस्यीय सल्लाहकार समिति गठन गरिएकाे छ । सदस्यमा हरिश्चन्द्र थापा, धनसिङ तामाङ, तिल बहादुर गुरुङ, चेत बहादुर गुरुङ, मिन राशि गुरुङ, रुद्रमान गुरुङ, बल बहादुर गुरुङ, घनश्याम घले, जित बहादुर गुरुङ, प्रेम बहादुर बस्नेत, तिर्थ बस्नेत, हर्क बहादुर थापा, बिरेन्द्र भन्डारी, नन्दराज तामाङ, राम प्रसाद सुबेदी, दयासागर घिमिरे, यादव चन्द्र घिमिरे, राम थापा, नारायण बहादुर थापा, नन्दराज लामा, सुर्य प्रकाश कतिला,अमृता पोखरेल, सरला थापा र मधु माया बगाले रहेका छन् ।

एकादशी मेलाका दिन सिम्पमनी बगैँचा, खुदीदेखि भुलभुले बजार क्षेत्रमा बाटो सफाई तथा घर अगाडि घडा कलश राखेर सजाउन सबैलाई आग्रह गरिएकाे छ ।

तयारी भेलामा सम्बोधन गर्दै मर्स्याङदी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले हरिबोधनी एकादशीको अवसरमा प्रत्येक बर्ष सञ्चालन गरिने मेलाले पालिकामा पर्यटन प्रवद्वनका लागि मद्दत गर्ने बताए ।

परम्परागत संस्कार संस्कृतिको अवलम्बन गर्दै एकादशीको दिनमा गरिने पुजा आरधानाले संस्कृतिको संरक्षण हुने र मेलाले स्थानीय उत्पादनकाे बजारीकरण, आन्तरिक पर्यटनकाे विकास, हाेमस्टे गाउँहरूकाे प्रचारप्रसारमा सहयाेग पुग्ने अध्यक्ष गुरूङले बताए ।

वडाअध्यक्षहरू दुधमान तामाङ, तिलबहादुर गुरूङ, मिनराशी गुरूङ, धनसिं तामाङ र हरिश्चन्द्र थापा, अमर मावि खुदीका प्रधानाध्यापक तिर्थ बस्नेतले मेलालाई ब्यवस्थित र पारदर्शी बनाउन सुझाव दिए ।

लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist