खुदीमा एकादशी मेला भब्य हुने, भलिवलकाे प्रथम पुरस्कार नै एक लाख !

लमजुङ । साँस्कृतिक र धार्मिक रूपले महत्वपुर्ण मानिएकाे हरिबोधिनी एकादशीको अवसरमा मर्स्याङ्दी गाउपालिकाको खुदीबजारमा भब्य मेला आयोजना हुने भएको छ ।

‘समृद्ध, आधुनिक, हराभरा मर्स्याङदी गाउँपालिकाको आधार, कला संस्कृतिको संरक्षण पर्यटन उर्जा र पुर्वाधार’ भन्ने नाराका साथ स्थानीयको सक्रियतामा मंसिर ७ गते देखि ९ गते सम्म मेलाको आयोजना गरिने भएको हो ।

खुदी युथकाे आयोजनामा हुने मेलामा खुला भलिवल प्रतियोगिता, छेलाे प्रतियोगिता, कृषि उपज प्रदर्शनी, निशुल्क आँखा शिविर, फुलकाे डाेली तार्ने, भजनकृतन र हाेमस्टे गाउँकाे साँस्कृतिक प्रस्तुतीकाे साथै अर्गानिक खानेकुरा प्रस्तुत गरिने छ ।

खुला भलिबल प्रतियाेगितामा प्रथम पुरस्कार १ लाख र उपविजेतालाई ६० हजार राखिएकाे छ । टिम दर्ता शुल्क छ हजार राखिएकाे छ । छेलाे प्रतियाेगितामा प्रथम, द्वितीय र तृतीयलाई क्रमशः ५ हजार, ३ हजार र २ हजार पुरस्कार ब्यवस्था गरिएकाे खेलकुँद समितिका संयाेजक रवि थापाले बताए ।

मर्स्याङदी-३ खुदीस्थित अमर माध्यमिक विद्यालयको खेल मैदानमा ३  दिनसम्म सञ्चालन हुने मेलालाई ब्यवस्थित बनाउन विभिन्न समितिहरू गठन गरिएकाे खुदी युथका अध्यक्ष साेम तामाङले जानकारी दिए ।

विहिबार वडा नं. ३ काे कार्यालय खुदीमा वडाअध्यक्ष दुधमान तमाङकाे अध्यक्षता र गाउँपालिकाका अध्यक्ष अर्जुन गुरूङकाे प्रमुख आतिथ्यतामा भएकाे बृहत् भेलाले मेला सम्पन्न गर्न विभिन्न समिति र सल्लाहकार समिति गठन गरेकाे हाे ।

आर्थिक समितिकाे संयोजकमा बिशाल रावल, सदस्यमा शुस्मा भन्डारी र राजिव लामा, खेलकुद समितिकाे संयोजकमा रबि थापा, सदस्यमा सुनिल तामाङ, देबेन्द्र लामा, कृषि प्रदर्शनी तथा बिक्रि व्यवस्थापन समितिकाे संयोजकमा भिष्मकान्त कुइकेल, सदस्यमा नवीनराज कुइकेल, नारायण तामाङ, मन्च व्यवस्थापन समितिकाे संयोजकमा सोम तामाङ, सदस्यमा सुर्यमान श्रेष्ठ र नवीन बगाले रहेका छन् ।

यस्तै स्वयंसेवक परिचालन समितिमा संयोजक पाल्साङ लामा, सदस्यमा बिकास तामाङ, कर्ण वहादुर तामाङ, मिलन रुम्बा, मिन माया तामाङ, लक्ष्मण गुरुङ, सुजन तामाङ, डेनिश थापा, सन्देश तामाङ, डेबिड थापा, बिनिता तामाङ रहेका छन् । प्रचार प्रसार समितिमा संयोजक अबिनाश भन्डारी, सदस्य नवीनराज कुइकेल, ऋषिराम बस्नेत, फुलको डोरि तार्ने लगायतको कार्यक्रमकाे संयोजक बिष्णु भन्डारी, सदस्य खिम पाण्डे, रिया भन्डारी रहेका छन् ।

यस्तै सांस्कृतिक समितिकाे संयोजकमा रबि थापा, सदस्य प्रमोद कतिला, शुशिला पौडेल रिमाल, होमस्टे प्रचार प्रसार समितिकाे संयोजकमा पारकाशि गुरुङ, सदस्य सीता गुरुङ, लुकुमारी गुरुङ रहेका छन् । अँखा शिविर व्यवस्थापन समिति संयोजकमा अविनाश भन्डारी, सदस्य रमेश के.सी, गङ्गा भन्डारी रहेका छन् ।

वडा नं. ३ का अध्यक्ष दुधमान तामाङकाे संयाेजकत्वमा २५ सदस्यीय सल्लाहकार समिति गठन गरिएकाे छ । सदस्यमा हरिश्चन्द्र थापा, धनसिङ तामाङ, तिल बहादुर गुरुङ, चेत बहादुर गुरुङ, मिन राशि गुरुङ, रुद्रमान गुरुङ, बल बहादुर गुरुङ, घनश्याम घले, जित बहादुर गुरुङ, प्रेम बहादुर बस्नेत, तिर्थ बस्नेत, हर्क बहादुर थापा, बिरेन्द्र भन्डारी, नन्दराज तामाङ, राम प्रसाद सुबेदी, दयासागर घिमिरे, यादव चन्द्र घिमिरे, राम थापा, नारायण बहादुर थापा, नन्दराज लामा, सुर्य प्रकाश कतिला,अमृता पोखरेल, सरला थापा र मधु माया बगाले रहेका छन् ।

एकादशी मेलाका दिन सिम्पमनी बगैँचा, खुदीदेखि भुलभुले बजार क्षेत्रमा बाटो सफाई तथा घर अगाडि घडा कलश राखेर सजाउन सबैलाई आग्रह गरिएकाे छ ।

तयारी भेलामा सम्बोधन गर्दै मर्स्याङदी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले हरिबोधनी एकादशीको अवसरमा प्रत्येक बर्ष सञ्चालन गरिने मेलाले पालिकामा पर्यटन प्रवद्वनका लागि मद्दत गर्ने बताए ।

परम्परागत संस्कार संस्कृतिको अवलम्बन गर्दै एकादशीको दिनमा गरिने पुजा आरधानाले संस्कृतिको संरक्षण हुने र मेलाले स्थानीय उत्पादनकाे बजारीकरण, आन्तरिक पर्यटनकाे विकास, हाेमस्टे गाउँहरूकाे प्रचारप्रसारमा सहयाेग पुग्ने अध्यक्ष गुरूङले बताए ।

वडाअध्यक्षहरू दुधमान तामाङ, तिलबहादुर गुरूङ, मिनराशी गुरूङ, धनसिं तामाङ र हरिश्चन्द्र थापा, अमर मावि खुदीका प्रधानाध्यापक तिर्थ बस्नेतले मेलालाई ब्यवस्थित र पारदर्शी बनाउन सुझाव दिए ।

लोकदृश्य
+ posts

ताजा खबर

फुटबलर दिपेशको प्रशिक्षणलाई जुट्यो आर्थिक सहयोग

फुटबलर दिपेशको प्रशिक्षणलाई जुट्यो आर्थिक सहयोग

  लमजुङ । नेपाली राष्ट्रिय टिमको अन्डर–१३ फुटवल खेलाडी दिपेश गुरुङलाई लमजुङ सेवा समिति हङकङले आर्थिक सहयोग गरेको छ ।...

प्रेस चौतारीका अध्यक्ष पाण्डेलाई लमजुङमा सम्मान

प्रेस चौतारीका अध्यक्ष पाण्डेलाई लमजुङमा सम्मान

  लमजुङ । प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश पाण्डेलाई गृह जिल्ला लमजुङमा स्वागत तथा सम्मान गरिएको छ । प्रेस...

ट्होटें पर्व मनाउन क्व्होलासोथारमा सार्वजनिक विदा

ट्होटें पर्व मनाउन क्व्होलासोथारमा सार्वजनिक विदा

  लमजुङ । लमजुङसहित गण्डकी प्रदेशका गुरुङ समुदायले मंगलबार आफ्नो मौलिक तथा सांस्कृतिक पर्व ट्होटें पर्व हर्षोल्लासपूर्वक मनाएका छन् ।...

“पूर्वराजाले संविधान विरोधी गतिविधि गरे कारबाही गछौं” : सञ्चारमन्त्री गुरुङ

“पूर्वराजाले संविधान विरोधी गतिविधि गरे कारबाही गछौं” : सञ्चारमन्त्री गुरुङ

लमजुङ । नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक दलहरुसँग भएको सम्झौता तोडेको...

मध्यनेपालमा रैथाने बाली प्रवद्र्धन गरिने

मध्यनेपालमा रैथाने बाली प्रवद्र्धन गरिने

लमजुङ । कुनै बेला मुख्य बालीमा पर्ने कागुनो खेती अहिले भने लोपोन्मुख अवस्थामा पुुगेको छ । किसानले विस्तारै कागुुनो खेती...

गाउँसहर कालिका मन्दिरमा जनताका नाउँमा भयो पूजा

गाउँसहर कालिका मन्दिरमा जनताका नाउँमा भयो पूजा

लमजुङ । शनिबार लमजुङको गाउँसहर कालिका मन्दिरमा चैते दसैँको पूजा गर्ने र मेला हेर्न आउनेको रौनक थियो । शाहवंशको पुरानो दरबारमा रहेको...

खुला म्याराथनमा बस्नेत च्याम्पियन

खुला म्याराथनमा बस्नेत च्याम्पियन

लमजुङ । विश्व शान्तिको कामना गर्दै लमजुङमा शनिबार भएको खुला म्याराथन प्रतियोगितामा कुलबहादुर बस्नेत प्रथम हुनुभएको छ। दोलखा निवासी बस्नेत नेपाली...

खुदी र जगतबजार सिसीटिभी निगरानीमा

खुदी र जगतबजार सिसीटिभी निगरानीमा

लमजुङ । यहाँको मस्र्याङ्दी गाउँपालिकाका दुई महत्वपूर्ण नाकामा रहेका बजार क्षेत्रलाई सिसीटिभी क्यामेराको निगरानीमा राखिएको छ । वडा नं. ३...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist