अन्नपूर्ण पदमार्गकाे सिम्पानी बगैचामा पर्यटक तथा बनपैदावर चेकपोस्ट स्थापना


लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिका वडा नं. ९ सिम्पानी बगैँचामा पर्यटक चेकपोस्ट तथा सूचना केन्द्र स्थापना गरिएको छ।  

राष्ट्रिय प्रकृति संरक्षण कोष अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यलय भुजुङले सूचना केन्द्रसँगै बनपैदावर चेकपोस्ट र पर्यटक इन्ट्री काउन्टर पनि स्थापना गरेको हाे।

अन्नपूर्ण पदमार्गको प्रवेशद्वार मर्स्याङ्दीमा पर्यटक चेकपोस्ट, सूचना केन्द्र र इन्ट्री काउन्टरहरू स्थापना भएसँगै अन्नपूर्ण पदमार्ग हुँदै मनाङ पुग्ने पर्यटकलाई थप सहज हुने भएको छ।

चेकपोस्टमा पर्यटकीय जिल्ला मनाङको भ्रमणमा आउने र अन्नपूर्ण पदमार्गको थोराङ्ला पास गर्ने पर्यटकको तथ्यांक राख्ने र पर्यटकलाई आवश्यक सूचना उपलब्ध गराइनेछ।

सूचना केन्द्रलाई व्यवस्थित गर्दै पर्यटकको तथ्यांक राख्नका लागि चेक पोस्ट, सूचना केन्द्र र इन्ट्री काउन्टर स्थापना गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय भुजुङका कार्यालय प्रमुख राजेश गुप्ताले जानकारी दिए ।

उनका अनुसार अन्नपूर्ण पदमार्गमा आउने पर्यटकलाई मौसमको अवस्था, पदमार्ग, भूगोल, आवास सुविधालगायतका सूचना प्रदान गरिनेछ। साथै, पर्यटक अनुमतिपत्र जारी, प्रवेशपत्र, चेकजाँच, सूचना आदि सेवाहरू उपलब्ध हुने छ ।

मौसम खराबीको कारण हुन सक्ने सम्भावित दुर्घटनाबाट पर्यटकलाई जोगाउन, तत्काल उद्धार गर्न, पर्यटकको यकिन विवरण राख्न चेकपोस्ट र सूचना केन्द्रले सहयोग पुग्ने विश्वाससमेत गरिएको छ।

चेकपाेष्टकाे उद्घाटन गर्दै मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरूङले यस कार्यालयलाई स्थायी बनाउन पहल गर्ने बताए । उनले भने,-`याे गाेरखा मनाङ मात्र नभएर चाईनादेखिकाे नाका हाे । यहाँका बनपैदावरबाट हुने चाेरी निकासी नियन्त्रण गर्न यसलाई अझ ब्यवस्थित र मजवुत बनाउनुपर्छ । पर्यटकले सुरक्षित महसुस गर्नेगरि सुचनाहरू दिनुपर्छ ।´

विशेष अतिथि प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले सेवालाई गुणस्तरीय बनाउन सुझाव दिए । उनले भने,-`सेवामा सम्वेदनशिल हुनुपर्छ । हाम्राे देशकाे प्रचार गर्ने मुख्य निकाय पनि याे हाे । यहाँ हामीले यहाँ पर्यटकलाई कस्ताे ब्यवहार गर्छाैं, त्यहि सन्देश पर्यटकले विदेश लैजान्छन । त्यसैले हाम्राे सेवा र ब्यवहार राम्राे गरायौं भने राम्राे सन्देश बाहिर जान्छ, देशकै ईज्जत् रहन्छ । उनले बनपैदावर तथा बन्यजन्तुकाे संरक्षण गर्नुपनि यसकाे दायित्व भएकाे बताए ।

वडा नं. ९ का अध्यक्ष हरिश्चन्द्र थापाकाे अध्यक्ष्यतामा भएकाे कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी मिनबहादुर घले, वडा नम्बर ३ का अध्यक्ष दुधमान तामाङ, नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय सदस्य नवीनराज कुईकेल, पत्रकार महासंघ लमजुङका निवर्तमान अध्यक्ष अाश गुरूङ लगायतकाे उपस्थिति थियाे । कार्यक्रमकाे सहजीकरण एक्यापका आनन्द सुवेदीले गरेका थिए ।

लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist