खुदीमा प्रहरीको नागरिक सुनुवाई कार्यक्रम सम्पन्न

लमजुङको मर्स्याङ्दी गाउँपालिका वडा नं. ३ खुदीमा प्रहरीको नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । स्थानीय शान्ति सुरक्षा व्यवस्थापन र प्रहरीको काम कारवाही सम्वन्धी नागरिकको सुझाव लिन जिल्ला प्रहरी कार्यालय लमजुङले नागरिक सुनुवाई गरेको हो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख एवं प्रहरी नायव उपरीक्षक प्रकाश श्रीमलले प्रहरीले सम्पादन गरेका महत्वपूर्ण कार्यक्रमको बारेमा जानकारी गराएका थिए । प्रनाउ श्रीमलले प्रहरीले नागरिक मैत्री प्रहरी सेवा प्रदान गरिरहेको र जनगुनासोको तत्काल सम्बोधन हुनेगरि काम गर्ने प्रतिवद्धता जनाए ।

प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जनताको समस्या राष्ट्रसेवकको पनि समस्या भएकाले गम्भिर रुपमा लागेर समस्याको समाधान गर्ने र यसका लागि नागरिक समाजको समेत महत्वपूर्ण भूमिका हुने बताए । नागरिकता वितरण, राष्ट्रिय परिचयपत्र वितरण, विकास निर्माणका काममा भईरहेका ढिलासुस्ती, राहत वितरणमा भएका ढिलासुस्ती लगायतका समस्याको तत्काल समाधानमा आवश्यक समन्वय र पहल गर्ने प्रजिअ अधिकारीको भनाई थियो ।

कार्यक्रमका सहभागीहरुले खुदीमा रहेको प्रहरी चौकीको स्तरोन्नती गरी ईलाका प्रहरी कार्यालय बनाउन माग गरेका थिए । यसैगरी लागुऔषध दुर्वब्यसनी, घरेलु हिंसा, घरेलु मदिरा नियन्त्रण, प्रहरी गस्ती लगायतका विषयमा जोड दिएका थिए ।

त्यसैगरी जिल्ला प्रशासन कार्यालयद्वारा प्रदान गरिने सेवा अन्तर्गत नागरिकता वितरण, राष्ट्रिय परिचयपत्र वितरण, विभिन्न प्राकृतिक विपदमा परि पीडित भएका परिवारलाई राहत उपलव्ध गराउनका लागि समेत पहल गरिदिन सहभागीहरुले माग गरेका थिए । बेसीशहर चामे सडक समयमै निर्माण नहुँदा नागरिकले सास्ती भोग्नुपरेको सहभागीहरुको गुनासो थियो ।

कार्यक्रममा मस्र्याङदी गाउँपालिका उपाध्यक्ष जुना थापा, पुर्वउपाध्यक्ष होमबहादुर विक, सशस्त्र प्रहरी नायव उपरिक्षक मानबहादुर शाही, मस्र्याङदी–५, का वडा अध्यक्ष घनश्याम घले लगायतले मन्तव्य राखेका थिए । प्रजिअ अधिकारीको अध्यक्षतामा भएको सो कार्यक्रममा मस्र्याङ्दी गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष दुधमान तामाङले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सहजिकरण प्रहरी निरिक्षक बुद्धि सुवेदीले गरेका थिए ।

लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist