काठमाडौं । एमाले सचिव टोपबहादुर रायमाझीविरुद्ध गत साता नै अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । उनी अर्घाखाँचीको सार्वजनिक कार्यक्रममा सहभागी रहेका दिन गएको बुधबार पक्राउ पुर्जी जारी भएको सार्वजनिक भयो । त्यही दिन उनले आफू निर्दाेष भएको भन्दै काठमाडौं गएर अनुसन्धानमा सघाउने बताएका थिए । तर, भोलिपल्ट बिहानैदेखि फरार भए ।
प्रहरीबाटै पाएको सूचनाका आधारमा रायमाझी भाग्न सफल भएका थिए । प्रहरीमा उपस्थित हुँदा धेरै दिन हिरासतमा बस्नुपर्ने भएकाले अदालतमा पछि उपस्थित हुने गरी उनी फरार भएको प्रहरी अनुमान छ । अर्घाखाँचीबाट फर्कँदा विमानस्थलबाटै पक्राउ गर्ने प्रहरी तयारी थियो । त्यो सूचना पाएपछि उनी काठमाडौं फर्किएनन् । भोलिपल्ट बिहानै प्रहरी टोली पक्राउ गर्न अघि बढेकोमा रायमाझीले केही समय मागेपछि प्रहरी पछि हटेको स्रोतको दाबी छ । तर, ‘सहयोग’मै फरार भएका रायमाझी अहिले प्रहरीकै लागि हैरानी बनेका छन् । उनलाई पक्राउ गर्न सिआइबीसम्मको टोली खटिँदा पनि केही पत्ता लाग्न नसकेको स्रोत बताउँछ । रायमाझीले सहजीकरण गरिदिने भन्दै पटक–पटक पैसा लिएको पुष्टि भएपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको थियो ।
उता प्रहरीले केही दिनअघि टोपबहादुरलगायतका अभियुक्तको घरमा छापा हानेको छ । ठगीसम्बन्धी प्रमाण भेटिने आशंकामा उनको सातदोबाटोनजिकै रहेको घरमा प्रहरीले खानतलासीसमेत गरेको थियो । यो अनुसन्धानको सामान्य प्रक्रिया भएको प्रहरी अधिकारी बताउँछन् । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्की यो मुद्दामा अनुसन्धान अधिकृतले प्रमाण जुटाउन नियमअनुसार चरणबद्ध रूपमा काम गरिरहेको बताउँछन् ।
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
















