सांसद चौधरी पक्राउले सत्ता गठबन्धनमा तरंग, सुदूरपश्चिम सरकार संकटमा

कैलाली प्रतिनिधि सभा क्षेत्र नं. २ बाट निर्वाचित नागरिक उन्मुक्तिका सांसद अरुणकुमार चौधरी पक्राउ परेपछि सत्तारुढ गठबन्धनमा खैलाबैला मच्चिएको छ। 

यो घटनापछि सुदूरपश्चिम प्रदेशको निर्णायक शक्तिका रुपमा रहेको नागरिक उन्मुक्ति सत्तारुढ गठबन्धनसँग झनै रिसाएको छ। 

मुख्यमन्त्री राजेन्द्र सिंह रावललाई विश्वासको मत लिन एक साताको समय छ। उनले अझैसम्म विश्वासको मत लिन सकेका छैनन्।

नागरिक उन्मुक्तिले संरक्षकसमेत रहेका रेशम चौधरीको रिहाइको माग चर्काइरहेको बेला फेरि सांसद चौधरीलाई नियन्त्रणमा लिएपछि सत्ता साझेदार उन्मुक्ति तीब्र असन्तुष्ट बनेको हो।

प्रतिनिधि सभाका सांसद चौधरीलाई १० वर्षअघि ट्रयाक्टर जलाएको मुद्दामा कैलाली जिल्ला अदालतले ६ महिना कैदको फैसला सुनाएको थियो। तर उनले कैद सजाय भुक्तान गरेका थिएनन्। 

उनलाई बिहीबार प्रहरीले बाँकेबाट नियन्त्रणमा लिएको हो। यसको प्रत्यक्ष असर सुदूरपश्चिम प्रदेश सरकारमा पर्ने देखिएको छ। प्रदेश सरकारको नेतृत्व गरिरहेको नेकपा एमाले यस घटनाले झस्किएको छ।

२७ पुसमा मुख्यमन्त्री नियुक्त भएका एमालेका रावलले अझैसम्म विश्वासको मत लिन नसक्दा यो प्रकरणपछि विश्वासको मतका लागि उनलाई थप सकस पर्ने देखिएको छ।

लोकदृश्य
+ posts

ताजा खबर

जलविद्युतमा पूरा भएन लमजुङको प्रतिवद्धता

जलविद्युतमा पूरा भएन लमजुङको प्रतिवद्धता

लमजुङ । जलविद्युतको क्षेत्रमा लमजुङका प्रमुख राजनीतिक दल र सरोकारवालाहरुले १५ बर्ष अघि गरेको एउटा प्रतिवद्धता पुरा हुन नसकेको पाइएको...

होमस्टेका आमाहरुलाई परिकार बनाउने तालिम

होमस्टेका आमाहरुलाई परिकार बनाउने तालिम

  लमजुङ । लमजुङको सिङ्दी र सिउरुङ होमस्टेका आमाहरुलाई विभिन्न परिकारका खानेकुरा बनाउने तालिम दिइएको छ । होमस्टेमा आउने पाहुनालाई...

युवालाई स्वरोजगार बनाउँदै रेडक्रस

युवालाई स्वरोजगार बनाउँदै रेडक्रस

  लमजुङ । लमजुङको दुर्गममा रहेको दुधपोखरी गाउँपालिकाका सयौं युवालाई नेपाल रेडक्रस सोसाइटी लमजुङले स्वरोजगार बनाउने भएको छ । युवाहरुलाई...

मनाङका सुरक्षा निकायलाई उद्दार सामाग्री हस्तान्तरण

मनाङका सुरक्षा निकायलाई उद्दार सामाग्री हस्तान्तरण

  लमजुङ । गण्डकी प्रदेश सरकारले मनाङका सुरक्षा निकायलाई उद्दार सामाग्री हस्तान्तरण गरेको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जिल्ला प्रशासन...

लमजुङ क्याम्पसमा विद्यार्थीको तालाबन्दी

लमजुङ क्याम्पसमा विद्यार्थीको तालाबन्दी

  लमजुङ । लमजुङको सुन्दरबजारस्थित कृषि तथा पशु विज्ञान अध्ययन संस्थान लमजुङ क्याम्पसमा विद्यार्थीहरुले लगाएको तालाबन्दी खुल्न सकेको छैन् ।...

कविहरुको गाउँ समेटेर पर्यटकीय मार्ग बनाउँ : राष्ट्रपति पौडेल

कविहरुको गाउँ समेटेर पर्यटकीय मार्ग बनाउँ : राष्ट्रपति पौडेल

  लमजुङ । राष्ट्रपति रामचन्द्र पौडेलले गण्डकी प्रदेशका कवि तथा साहित्यकारहरुको जन्मस्थानलाई समेटेर पर्यटकीय पदमार्ग बनाउन सुुझाव दिनुभएको छ ।...

घलेगाउँको आफ्नै स्वास्थ्य विमा, तीन लाख सम्मको उपचार

घलेगाउँको आफ्नै स्वास्थ्य विमा, तीन लाख सम्मको उपचार

  लमजुङ । समाजवाद उन्मुख बन्दै गएको लमजुङको पर्यटकीय स्मार्ट भिलेज घलेगाउँबासीले आफ्नै कोषबाट आफ्नै स्वास्थ्य विमा लागु गरेका छन्...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist