लमजुङको बेसिशहर स्थित मर्स्याङ्दी नदीको पुलमुनि एक बालिकाको शव फेला परेको छ ।
बेसिशहर नगरपालिका वडा न ८ र १० नम्बरको बाँझखेत जोड्ने पुल नजिकै करिब ८/ ९ वर्षिय बालिकाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक जगदिश रेग्मीले बताए ।
रेग्मीका अनुसार मृतावस्थामा फेला परेकी बालिकाको नाम युजिमा बुढाथोकी रहेको र बाँके जिल्ला वैद्यनाथ गाउँपालिका ६ मानखोला घरभई बेसीशहर नगरपालिका वडा नं ६ चनौटे स्थित मामाघरमा बसोबास गर्दै आएको बताइएको छ । बालिका र उनका भाइ मामाघरमा बस्दै आएको चनौटेका बासिन्दाले बताएका छन् ।
उनी चनौटेगाउँ स्थित चनौटे प्रावि १ मा अध्ययनरत रहेको स्थानीयले जानकारी दिए । स्थानीय बासिन्दाका अनुसार बालिका विद्यालयमा पढेर घर फर्किएकी थिइन् । घर नजिकै पुगेर उनी नदीतिर खेल्न गएको र मस्र्याङ्दीले बगाएको हुनसक्ने स्थानीयहरुले बताए ।
उनको विद्यालयको झोला घर नजिकै खरबारीमा भेटिएको थियाे ।
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
















