शिक्षा क्षेत्रकाे विकासमा नयाँ प्रतिफल खाेज्ने हाे भने नयाँ साेंच र कार्य अघि बढाउनुपर्छ : घले

लमजुङ । संविधान सभा सदस्य जमिन्द्रमान घलेले शिक्षा क्षेत्रकाे विकासमा नयाँ प्रतिफल खाेज्ने हाे भने नयाँ साेंच र कार्य अघि बढाउनुपर्ने बताएका छन् ।

मर्स्याङ्दी-३ खुदीस्थित अमर माविकाे ५६ अाैं बार्षिकउत्सव तथा अभिभावक दिवसकाे उद्घाटन गर्दै उनले यस्ताे धारणा राखेका हुन् । लगनशिल विद्यार्थी, समर्पित शिक्षक र चेतनशील अभिभावक भएमा विद्यालय शिक्षामा सुधार ल्याउन सकिने उनले बताए ।

हाम्राे शिक्षा प्रणालीप्रति गम्भीर समीक्षा गर्न जरूरी रहेकाे उनले बताए । अमर माविमा १० वर्ष पहिले नै क्याम्पस स्थापना गर्ने भनेपनि सरकारी अड्चनकै कारण त्याे पूरा हुन नसकेकाे उनले बताए । अमर माविमा अब तहवृद्वि भन्दा भैरहेकाे तहलाई स्तरवृद्वि र गुणस्तरीय बनाउनेतर्फ लाग्नुपर्ने उनले बताए । प्राविधिक धारकाे कक्षा सञ्चालनमा लाग्नु उपयुक्त हुने उनकाे भनाई थियाे ।

गाउँपालिकाका अध्यक्ष अर्जुन गुरूङले शिक्षा क्षेत्रकाे विकासका लागि एक शुत्रिय अभियानमा लाग्ने प्रण गरे । उनले अाफ्नाे अघिल्लाे कार्यकालकाे अबधिमा पनि सिकाई उपलब्धिमा बृद्वि भएकाे बताए । उनले भने, `तर यत्तिले हामी खुसि छैनाै । अझै शिक्षामा स्तरवृद्वि गर्नका लागि हामी तल्लिन छाै । हामी एक सुत्रिय अभियानकाे रूपमा शिक्षाकाे सुधारमा लाग्ने प्रण गर्दछाैं । शिक्षा विना पालिकाेकाे विकास असम्भव छ । शिक्षा राम्राे हुँदा नै राम्रा र ब्यवसायिक ब्यक्तिकाे उत्पादन हुनेछ । हामी सबै मिलेर बिद्यालय सुधारमा लाग्नुपर्छ ।´

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जितबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक तिर्थबहादुर बस्नेतले बार्षिक प्रतिवेदन र लेखापाल पूर्णबहादुर थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा मस्र्याङ्दी गाउँपालिका-३ का वडाध्यक्ष दूधमान तामाङ, मस्र्याङदी गाउँपालिका शिक्षा शाखा प्रमुख राजिव सुवर्णकार, पूर्व वडाध्यक्ष एवं विद्यालयका पूर्व प्रधानाध्यापक प्रेमबहादुर बस्नेत, प्रभात शान्तिपूर्ण माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद घिमिरेलगायतले मन्तब्य राखेका थिए ।

कार्यक्रममा मर्स्याङदी गाउँपालिका उपाध्यक्ष जुनामाया थापा, विद्यालयका संस्थापकहरु, जग्गादाताहरु, चन्दादाताहरु, छिमेकी विद्यालयका प्रअ र शिक्षक प्रतिनिधिहरु, अभिभावक, शिक्षक, विद्यार्थीको उपस्थिति थियो ।

कार्यक्रममा विद्यालयका १ देखि १२ कक्षा सम्मका विद्यार्थीको साँस्कृतिक प्रस्तुति रहेको थियो । यस्तै, धनेश्वर प्रावि, कमला प्रावि, पञ्चविचार र सूर्यज्योति प्रातिवको विद्यालया नाँच प्रस्ततु गरेका थिए । 

कार्यक्रममा जिल्ला समन्वय समिति लमजुङका सदस्य बबिता मजाकोटीले स्वागत मन्तब्य राखेकि थिईन भने कार्यक्रमको सञ्चालन शिक्षक देवेन्द्रराज भण्डारी र ज्ञानीमाया नखोलाले गरेका थिए ।

लोकदृश्य
+ posts

ताजा खबर

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

नेकपामा लमजुङबाट देव गुरुङसहित १३ जना सिफारिस

नेकपामा लमजुङबाट देव गुरुङसहित १३ जना सिफारिस

लमजुङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी लमजुङले प्रत्यक्षतर्फ वरिष्ठ नेता देवप्रसाद गुरुङसहित १३ जनाको...

एमाले लमजुङबाट समानुपातिकमा आठ जना सिफारिश

एमाले लमजुङबाट समानुपातिकमा आठ जना सिफारिश

लमजुङ । नेकपा (एमाले) लमजुङले आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ आठ जनाको नाम सिफारिश गरेको छ । ...

खेलकुद, कृषि, पर्यटन र संस्कृति चिनाउन प्रथम दोर्दी महोत्सव

खेलकुद, कृषि, पर्यटन र संस्कृति चिनाउन प्रथम दोर्दी महोत्सव

लमजुङ । लमजुङको दोर्दी गाउँपालिकामा खेलकुद, कृषि, पर्यटन र संस्कृतिको उजागर गर्न महोत्सव आयोजना गर्ने भएको छ । पुसको ८,...

मर्स्याङ्दीबेँसी बनाउन अति प्रभावित क्षेत्रका बासिन्दाको माग

मर्स्याङ्दीबेँसी बनाउन अति प्रभावित क्षेत्रका बासिन्दाको माग

लमजुङ । ५० मेगावाटको मर्स्याङ्दीबेँसी जलविद्युत आयोजनाको अति प्रभावित क्षेत्र बेसीशहर नगरपालिका–१० का बासिन्दाले आयोजना निर्माणको काम तत्काल सञ्चालन गर्नुपर्ने माग...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist