प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही महिनाभित्र विश्वासको मत लिने भएका छन् ।
प्रतिनिधि सभाको अधिवेशन २५ पुसबाट सुरु हुँदैछ । संसद अधिवेशनको पहिलो दिन पार्टीका शीर्ष नेताहरुले सम्बोधन गर्ने र शुभकामना आदानप्रदान गर्ने अभ्यास छ । त्यस लगत्तै विश्वासको मत लिने तयारी रहेको प्रधानमन्त्री निकटका नेताहरु बताउँछन् ।
प्रधानमन्त्रीले विश्वासको मत लिने मितिका विषयमा बिहीबार बसेको सत्ता साझेदार दलहरुको बैठकमा छलफल भएको थियो । छलफलमा स्वयम प्रचण्डले आफूले यही महिनाभित्र (पुस २९ गते) प्रधानमन्त्रीले विश्वासको मत लिने चाहना रहेको बताएका थिए । प्रचण्डको चाहनामा सत्ता साझेदार दलहरु सकारात्मक रहेको नेताहरु बताउँछन् ।
प्रचण्ड यही पुस ११ गते ४४ औं प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । उनलाई नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा) जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी (नाउपा)को समर्थन छ ।
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
















