लमजुङ प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ । क्व्होँलासोथर गाउँपालिका-८ घाम्राङ घर भइ हाल वडा नम्बर-९ साल्मे बस्ने बर्ष २७ का यम बहादुर राना मगरलाई प्रहरीले दुई थान भरुवा बन्दुकसहित पक्राउ गरेको हो ।
लमजुङका प्रहरी प्रमुख डिएसपी प्रकाश श्रीमलका अनुसार अबैध भरुवा बन्दुक लुकाई छिपाई राखेको तथा स्थानीय मानिसहरुलाई धाक धम्की दिने गरेको भन्ने विषेश सुचनाको आधारमा प्रहरी टोलीले मंगलबार १ थान लोड गरेको र १ थान अनलोड गरेको अवस्थामा २ थान भरुवा बन्दुकसहित प्रहरीले नियन्त्रणमा लिएको हो।
पक्राउ परेका राना मगरलाई जिल्ला अदालत लमजुङबाट हातहतियार तथा खरखजना सम्बन्धी कसुरमा बुधबार ७ दिनकाे म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।
संघ तथा प्रदेश निर्वाचन नजिकिएसँगै प्रहरीले अबैध रुपमा राखिएका हातहतियारबाट हुन सक्ने घटनालाई रोक्न सक्रियता बढाएकाे छ ।
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
















