खरखरे पहिराे नियन्त्रण र मर्मत गर्न मर्स्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरूङकाे यस्ताे छ सुझाव


बेसीसहर चामे सडककाे खरखरे र दलदले भन्ने स्थानमा गएकाे पहिराे हटाउन नसकेकाे दुई महिना बढी भयाे । यी स्थानमा सडकसँगै स्थानीयकाे १५ राेपनी जति खेतियाेग्य जमिन पनि बगाएकाे छ ।

निरन्तर भैरहेकाे वर्षाका कारण पहिराे पन्छाउन नसक्दा सडक सुचारू हुन सकेकाे छैन । प्राविधिक, जनप्रतिनिधि, सराेकारवाला आदिले पटकपटक पहिराे निरिक्षण गरेपनि राेकथाम र नियन्त्रणकाे काम हुन सकेकाे छैन । यी दुई पहिराे नियन्त्रणका लागि २२ कराेडकाे ठेक्का लागिसकेकाे छ । तर निर्माण ब्यवसायीले काम सुरू गरेकाे छैन ।

सडक सुचारू गर्न नसकेकाे भनेर सर्वसाधारणले गुनासाे गरिरहेका छन् । शनिवार बिहान डुम्रे – बेशिसहर – चामे सडक डिभिजनका प्रमुख अच्युत बिलास पन्त सहित मस्याङ्दी गाउँपालिकाका अध्यक्षसहित स्थानीयले खरखरे पहिरोको स्थलगत अवलोकन गरेका छन् । पहिराे निरिक्षणपछि त्याहाँ देखिएकाे अबस्था र नियन्त्रण बारे अर्जुन गुरूङले राखेकाे अनुभुति जस्ताकाे तस्तै !

# सिङ्गो मनाङ जिल्ला र उत्तरी लमजुङलाई प्रत्यक्ष प्रभाव पार्ने यो सडक खन्डमा पर्ने यो पहिरो रोकथाम र सडकको स्तरोन्नतिमा सम्बन्धित सरकारको पर्याप्त ध्यान पुगेको छैन । दुबै जिल्लाको नेताहरुबाट बिशेश पहलकदमि हुन सकेन ।

# पहिरोको कारण त्यहीँबाट बग्ने पानी मुख्य देखिन्छ । जव सम्म त्यो पानीको उचित व्यवस्थापन हुन सक्दैन तव सम्म पहिरो रोकथाम हुन सक्ने देखिदैन तर पानीको व्यवस्थापन त्यति जटिल देखिदैन माथीबाटै पानीको व्यवस्थापन गर्न सकिने देखिन्छ धेरै पानीलाई तत्काल डाइबर्ट गरेर खोल्सिमा पठाउने काम शुरु गरिने भएकोछ । त्यसपछि मात्रै तलको सडक खुलाउन उपयुुक्त हुने भएकोले केहि दिनमा त्यो शुरु हुनेछ !

# पहिरो भन्दा माथीको खेति योग्य जमिनहरुमा धान खेति गरिने भएको हुँदा वर्षातको समयमा सबै खेतहरु जलमग्न हुने र त्यो पानी त्यहि पहिरोबाट बग्ने गरेकोले त्यो खेति योग्य जमिनहरुको किसानहरु सग समन्वय गरेर किसानहरुलाई धान खेतिको बिकल्पमा अन्य खेति तर्फ डाइबर्ट गरिनु पर्ने जसको लागि सरकरले त्यो क्षेत्रलाई फलफुल, तरकारी वा अन्य नगदेवालीको पकेट घोषणा गरेर सहयोग गर्नु पर्ने !

# तल सडक स्तरोन्नति र पहिरो रोकथाम सगै माथिल्लो भागमा माटो रोकथामको लागि आवश्यक कामहरु गरिनु जरुरी छ । माटो रोक्न सक्ने बाँस र अन्य बिरुवाहरुबाट बायोइन्जियरिङ्को काम समेत गरिनु पर्दछ ।

# त्यो पहिरोको रोकथाम र सडक स्तरोन्नतिको लागि लाग्ने खर्च र त्यसको टिकाउलाई समयमै अनुमान गरि बैकल्पिक उपायहरु बारे बेलैमा संघीय सरकारले ध्यान पुर्याउन जरुरि छ । बेलाउति बिसाउनामा एउटा पुल बन्ने योजना छदैछ अर्को थप एउटा पुल मालेबगरमा राख्दा पहिरोलाई छल्न सकिने देखिन्छ अव त्यो तर्फ पनि छलफल शुरु गरिनु पर्दछ ।

# पहिरोको कारण मर्स्याङ्दि गाउँपालिकावासी लगायत सिङ्गो मनाङ जिल्ला जाने यात्रीहरुले भोगेको दुख कस्ट हामीले नजिकबाट अनुभुति गरेकाछौ ! स्थानीय तहको तर्फबाट यो समस्याको समाधानको निम्ति आवाज उठाउनु र माथिल्लो सरकारलाई ध्यानाकर्षण गर्नुको विकल्प छैन । सम्पुर्ण मर्स्याङ्दि गाउँपालिकावासीको तर्फबाट प्रदेश तथा संघीय सरकारलाई बिशेश ध्यानाकर्षण गर्न चाहन्छु !

कुनै पनि सरकार आफ्नो दायित्वबाट भाग्न सक्दैन र हुन्न । जनताले पक्कै मुल्यांकन गर्नेछ ।

लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist