एमाले महाधिवेशन : लमजुङबाट उपाध्यक्षसहित ८ जना निर्वाचित

लमजुङ । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनबाट लमजुङका उपाध्यक्षसहित ८ जना केन्द्रीय नेतृत्वमा निर्वाचित हुनुभएको छ । 

उपाध्यक्ष पदमा सबैभन्दा लोकप्रिय मतसहित पृथ्वीसुब्बा गुरुङ विजयी हुनुभयो । एक हजार ७ सय ३७ मत ल्याएर उहाँ ‘म्यान अफ दि इलेक्सन’ बन्नुभएको थियो । उहाँले अध्यक्ष केपी शर्मा ओलीभन्दा ७४ मत बढी प्राप्त गर्नुभएको थियो ।

खुला केन्द्रीय सदस्यतर्फ डा. भीष्मनाथ अधिकारी १ हजार ३ सय ९६ मतका साथ निर्वाचित हुनुभयो । उहाँ केन्द्रीय कार्यालय सचिव हुनुहुन्छ । यसैगरी जमीन्द्रमान घले १ हजार ३ सय ४५ मत, महिला खुलातर्फ टुकाभद्र हमाल १ हजार ८ सय २६ मत, सम्पर्क समन्वय कमिटी, महिलातर्फ भगवती थापा क्षेत्री (कल्पना) १ हजार ८ सय ३७ मतका साथ केन्द्रीय सदस्यमा निर्वाचित हुनुभयो । उहाँहरु तीनै जना यसअघि पनि केन्द्रीय सदस्य हुनुहुन्थ्यो ।

यसपटक लमजुङबाट कृष्णप्रसाद अधिकारी र यशोदा रिमालले केन्द्रीय सदस्यमा डेब्यु गर्नुभएको छ । कृष्णप्रसाद अधिकारी १ हजार १८ मत र यशोदा रिमाल १ हजार ८ सय ७ मत ल्याएर केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको हो । अघिकारी एमाले लमजुङका निवर्तमान अध्यक्ष हुनुहुन्छ भने रिमाल गण्डकी प्रदेशसभा सदस्य हुनुहुन्छ । 

दलित युवा (४० वर्षमुनि) तर्फ हीरालाल विश्वकर्माले स्वतन्त्र उम्मेदवारी दिएपनि उहाँ निर्वाचित हुन सक्नुभएन । उहाँले ३ सय ६४ मत प्राप्त गर्नुभएको थियो । अनुशासन आयोगको सचिवमा डा. राजेन्द्र घिमिरे सर्वसम्मत निर्वाचित हुनुभएको छ । उहाँ पृथ्वीसुब्बा गुरुङ गण्डकी प्रदेशको मुख्यमन्त्री हुँदा मुख्य न्यायाधिवक्ता हुनुहुन्थ्यो ।

संस्थापन पक्षको प्यानलमा परेपनि केन्द्रीय अनुशासन आयोगका सदस्य रहनुभएका मायानाथ अधिकारीले यसपटक पनि सोही पदमा उम्मेद्वारी दिन अस्वीकार गर्नुभएको थियो ।

+ posts

ताजा खबर

खेलकुद, कृषि, पर्यटन र संस्कृति चिनाउन प्रथम दोर्दी महोत्सव

खेलकुद, कृषि, पर्यटन र संस्कृति चिनाउन प्रथम दोर्दी महोत्सव

लमजुङ । लमजुङको दोर्दी गाउँपालिकामा खेलकुद, कृषि, पर्यटन र संस्कृतिको उजागर गर्न महोत्सव आयोजना गर्ने भएको छ । पुसको ८,...

मर्स्याङ्दीबेँसी बनाउन अति प्रभावित क्षेत्रका बासिन्दाको माग

मर्स्याङ्दीबेँसी बनाउन अति प्रभावित क्षेत्रका बासिन्दाको माग

लमजुङ । ५० मेगावाटको मर्स्याङ्दीबेँसी जलविद्युत आयोजनाको अति प्रभावित क्षेत्र बेसीशहर नगरपालिका–१० का बासिन्दाले आयोजना निर्माणको काम तत्काल सञ्चालन गर्नुपर्ने माग...

एमाले महाधिवेशन : लमजुङबाट उपाध्यक्षसहित ८ जना निर्वाचित

एमाले महाधिवेशन : लमजुङबाट उपाध्यक्षसहित ८ जना निर्वाचित

लमजुङ । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनबाट लमजुङका उपाध्यक्षसहित ८ जना केन्द्रीय नेतृत्वमा निर्वाचित हुनुभएको छ ।  उपाध्यक्ष पदमा...

३३ औं त्रिवेणी कप तयारी, १६ टिम सहभागी हुने

३३ औं त्रिवेणी कप तयारी, १६ टिम सहभागी हुने

लमजुङ । गण्डकी प्रदेशकै प्रतिष्ठित त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औं संस्करण पुस १२ गतेदेखि लमजुङ सदरमुकाम बेसीसहरमा सुरु...

२४ पिर्के रोटेपिङले पर्यटक आकर्षित

२४ पिर्के रोटेपिङले पर्यटक आकर्षित

लमजुङ । लमजुङको मध्यनेपाल–१० हाँडीखोलामा थापिएको २४ पिर्के रोटेपिङले दशैंको रौनक मात्र बढाएको छैन्, आन्तरिक पर्यटक समेत आकर्षित गरेको छ...

अन्नपूर्ण संरक्षण क्षेत्रमा भेटियो नयाँ सुनाखरी

अन्नपूर्ण संरक्षण क्षेत्रमा भेटियो नयाँ सुनाखरी

लमजुङ । अन्नपूर्ण संरक्षण क्षेत्रमा नयाँ प्रजातिको सुनाखरी भेटिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले गरेको खोज तथा...

लमजुङमा युवाहरुको भ्रष्ट्राचार विरुद्ध स्वतन्त्र जागरण अभियान

लमजुङमा युवाहरुको भ्रष्ट्राचार विरुद्ध स्वतन्त्र जागरण अभियान

लमजुङ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि क्रियाशिल युवाहरुको एक समूहले लमजुङमा भ्रष्ट्राचार विरुद्ध स्वतन्त्र जागरण...

वन्यजन्तु चोरीसिकार रोक्न क्यामेरा जडान

वन्यजन्तु चोरीसिकार रोक्न क्यामेरा जडान

लमजुङ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) संरक्षित जंगलमा वन्यजन्तुको अवैध चोरी सिकार न्यूनीकरण तथा निगरानीका लागि क्यामेरा जडान गएिको...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist