अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिका–९, पामचोक निवासी पूर्णरुपमा अपाङ्गता हुनुभएका २६ वर्षीय रामचन्द्र परियारलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको छ । जिल्ला प्रशासन कार्यालय लमजुङका प्रशासकीय अधिकृत विज्ञान पौडेल नेतृत्वको टोलीले मंगलबार कार्यालय समय सकिएपछि साँझ परियारको घर पुगेर नागरिकता प्रदान गर्नुभएको हो ।

सदरमुकाम बेसीशहरबाट ११ किलोमिटर दुरीमा रहेको पामचोक गाउँ पुगेर मंगलबार साँझ ६ बजेतिर नागरिकता वितरण गरिएको प्रशासकीय अधिकृत विज्ञान पौडेलले बताउनुभयो । उहाँका अनुसार नागरिकता पाएपछि रामचन्द्र परियार र उहाँको आमा खुसी हुनुभएको थियो । परियारलाई नागरिकता प्रदान गर्न प्रशासकीय अधिकृत पौडेलसहित कार्यालयका नायब सुब्बा नेत्रबहादुर गुरुङ, खरिदार दीननाथ अधिकारी, वडा कार्यालयका सहायक सचिव शैलेन्द्र घिमिरे परियारको घर पुग्नुभएको थियो । विशेषगरी शारीरिक रुपमा अशक्त नागरिकहरुलाई राज्य सेवाको पहुँचमा ल्याउन लक्षित कार्यक्रमहरु अत्यन्तै आवश्यक रहेको प्रशासकीय अधिकृत पौडेलले बताउनुभयो ।

वडा कार्यालयसँगको समन्वयमा जिल्ला प्रशासन कार्यालयले सबै प्रक्रिया पूरा गरेर पूर्णरुपमा अपाङ्गता भएका रामचन्द्र परियारलाई घरमै पुगेर नागरिकता प्रमाणपत्र प्रदान गरेको हो । यस प्रकारका सेवामुखी कार्यक्रमले नागरिकहरूमा राज्यको उपस्थिति आभास हुने र सरकारप्रति अपनत्व भाव पनि सिर्जना गर्ने विश्वास लिइएको उहाँले बताउनुभयो ।

अपाङ्गता भएका नागरिकलाई नागरिकता वितरणको यो प्रयासले सामाजिक न्याय र मानव अधिकारको प्रत्याभूति गराउने दिशामा सरकार क्रियाशील रहेको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलले बताउनुभयो । उहाँले यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिन सकिए मात्र राज्यका सेवाहरू साँच्चिकै जनमुखी र समावेशी बन्न सक्ने बताउनुभयो ।

+ posts

ताजा खबर

वन्यजन्तु चोरीसिकार रोक्न क्यामेरा जडान

वन्यजन्तु चोरीसिकार रोक्न क्यामेरा जडान

लमजुङ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) संरक्षित जंगलमा वन्यजन्तुको अवैध चोरी सिकार न्यूनीकरण तथा निगरानीका लागि क्यामेरा जडान गएिको...

अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिका–९, पामचोक निवासी पूर्णरुपमा अपाङ्गता हुनुभएका २६ वर्षीय रामचन्द्र परियारलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको छ...

लमजुङका जलविद्युतबाट पूर्ण क्षमतामा उत्पादन

लमजुङका जलविद्युतबाट पूर्ण क्षमतामा उत्पादन

लमजुङ । निरन्तर बर्षापछि नदी तथा खोलामा पानीको बहाव बढ्दा लमजुङमा सञ्चालित जलविद्युत् आयोजनाहरुबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन हुन थालेको...

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिका–४ तिलाहारस्थित एलिजा घाटमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बुधबार बिहान भएको दुर्घटनामा...

लमजुङ पूर्ण खोप सूनिश्चितता घोषणा

लमजुङ पूर्ण खोप सूनिश्चितता घोषणा

लमजुङ । लमजुङका आठवटै पालिकामा पालिका स्तरीय पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भइसकेपछि जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता घोषणा...

क्व्होलासोँथारमा सहजकर्ता र कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गरिने

क्व्होलासोँथारमा सहजकर्ता र कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गरिने

लमजुङ । लमजुङको क्व्होलासोथार गाउँपालिकाले विद्यालय कर्मचारी, बाल विकास सहजकर्ता र कार्यालय सहयोगीहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा समावेश गर्ने...

राइनासको आफ्नै भवनबाट प्रशासकीय काम

राइनासको आफ्नै भवनबाट प्रशासकीय काम

लमजुङ । लमजुङको राइनास नगरपालिकाले आफ्नै भवनबाट प्रशासकीय काम थालेको छ । नगरपालिका स्थापना भएको ९ वर्षपछि राइनासले आफ्नै भवनबाट...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist