लमजुङ । लमजुङको सुन्दरबजारस्थित कृषि तथा पशु विज्ञान अध्ययन संस्थान लमजुङ क्याम्पसमा विद्यार्थीहरुले लगाएको तालाबन्दी खुल्न सकेको छैन् ।
विभिन्न माग राख्दै विद्यार्थीहरुले बैशाख १५ गतेदेखि गरेको तालाबन्दी गरेका थिए । विभिन्न राजनीतिक दलसम्बद्ध विद्यार्थी संगठनहरुले क्याम्पस प्रशासनमा तालाबन्दी गरेका हुन् । लमजुङ क्याम्पसस्थित नेपाल विद्यार्थी संघका सभापती सौरभ उप्रेती, अनेरास्ववियुका अध्यक्ष निश्चल घिमिरे, अखिल क्रान्तिकारीका अध्यक्ष विवेक भट्टले संयुक्त विज्ञप्ती जारी गरि क्याम्पसमा तालाबन्दी गरेका हुन् ।
कृषि तथा पशु विज्ञान अध्ययन संस्थानको डिन कार्यालयले विभिन्न शुल्क सम्बन्धमा गरेको निर्णय सच्चाउन पटक पटक गरिएको आग्रहलाई बेवास्था गरिएपछि विरोधमा तालाबन्दी गर्नुुपरेको विद्यार्थी संघसंगठनले जनाएका छन् ।
डिन कार्यालयले गत माघमा अध्ययन संस्थान अन्र्तगतका क्याम्पसहरुमा विद्यार्थीहरु मौका परीक्षामा अनुत्तीण भए सेमेष्टरको पूर्ण शुल्क अनिवार्य गरेको थियो । सो निर्णय सच्चाउन स्वतन्त्र विद्यार्थी युनियन र विद्यार्थी संगठनहरुले आवाज उठाइरहेपनि सुनुवाई नभएको विद्यार्थीहरुको गुनासो छ ।
कृषि शिक्षा क्षेत्रमा घट्दो विद्यार्थी संख्यालाई बढाउन तर्फ नलाग्ने, तर अध्ययन गरिरहेका विद्यार्थीको मनोवल घटाउनेगरि डिन कार्यालयले काम गरेको नेविसंघ लमजुङ क्याम्पसका सभापति सौरभ उप्रेतीले बताउनुभयो । विश्वविद्यालय विद्यार्थीको भविष्य निर्माण गर्ने क्षेत्र बनाउनुपर्नेमा विद्यार्थीको भावना नबुझी एकलौटी हिसावले आर्थिक भार थोपर्ने निर्णय गरिएको अनेरास्ववियुका अध्यक्ष निश्चल घिमिरेले बताउनुभयो । उहाँले मागबारे सम्बोधन नभए अन्य सशक्त आन्दोलनका कार्यक्रम गर्ने चेतावनी दिनुभयो ।
- Nabin Kuikelhttps://lokdrishya.com/author/newsdesk/
- Nabin Kuikelhttps://lokdrishya.com/author/newsdesk/
- Nabin Kuikelhttps://lokdrishya.com/author/newsdesk/
- Nabin Kuikelhttps://lokdrishya.com/author/newsdesk/

















