बाहुनडाँडामा सोह्रौं शताब्दीको मन्दिर पुनर्निमाण

 

लमजुङ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको गाउँ लमजुङको बाहुनडाँडामा भूकम्पले भत्काएको ऐतिहाँसिक तथा धार्मिक महत्वको मन्दिरको पुर्ननिर्माण गरिएको छ । देश विदेशमा चन्दा संकलन गरेर स्थानीयले मन्दिरको पुनर्निर्माण गरेका हुन् ।

मस्र्याङ्दी गाउँपालिका–६ बाहुनडाँडामा रहेको देवी मन्दिर पुर्ननिर्माणका लागि स्थानीयले देश, विदेशमा रहेका नेपालीबाट करिब ६० लाख रुपैयाँ संकलन गरेका थिए । सोह्रौं शताब्दीमा निर्माण भएको अनुमान गरिएको यो मन्दिर २०७२ सालको भूकम्पले भत्काएको थियो ।

२०७२ सालको भूकम्पले मन्दिर भत्काएपछि २०८० सालमा स्थानीय मनिप्रसाद गुरूङको अध्यक्षतामा देवीथान संरक्षण समिति बनाइएको थियो । समितिले देवीथान मन्दिरमा आस्था राख्ने देश, विदेशमा रहेका नेपालीसँग चन्दा संकलन गरेर पुर्ननिर्माण सम्भव भएको गुरुङले बताउनुभयो ।

कोषाध्यक्ष विनोद गुरूङका अनुसार मन्दिरको पुनर्निर्माणका लागि तीसय ८५ जनाले आर्थिक सहयोग गरेका छन् । संरक्षण समितिलाई ५९ लाख ९१ हजार ८ सय ६ रुपैयाँ प्राप्त भएको र मन्दिर निर्माणमा अहिलेसम्म ६० लाख बढी खर्च भएको उहाँले बताउनुभयो ।

गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री डा.टकराज गुरुङले नवनिर्मित मन्दिरको उद्घाटन गर्नुभयो । उहाँले इतिहासको संरक्षण गर्दै धार्मिक पर्यटनको विकास गर्न प्रदेश सरकारले सहयोग गर्दै आएको बताउनुभयो ।

मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरूङले मन्दिरका थप संरचना निर्माण र प्रचारका लागि गाउँपालिकाले आवश्यक गर्ने बताउनुभयो । समितिका सचिव विष्णुराज घिमिरेले पुनर्निर्माण भएको देवीथान मन्दिरलाई पर्यटनसँग जोडेर यस क्षेत्रको अर्थतन्त्रलाई चलायमान बनाउन प्रयास गर्ने बताउनुभयो ।

ऐतिहाँसिक महत्व :

यो मन्दिर वि.सं. १५१० मा तत्कालीन पुस्तुन बाहुनडाँडामा जन्मिनुभएका कुश्माखर घिमिरेले निर्माण गरेको इतिहाँस छ । घिमिरे लमजुङमा यशोब्रम्ह शाहलाई राजा स्थापना गरी शाहवंशीय राज्यको प्रादुर्भाव गराउने प्रमुख योजनाकार हुनुहुन्थ्यो । तत्कालीन राजाबाट श्री ३ को पदवी प्राप्त गर्नुभएका घिमिरे सूर्य–चन्द्र अंकित झण्डाका तर्जुमाकार समेत हुनुहुन्छ । देवीको मन्दिरको उत्खननका क्रममा वि.सं. १८२५ का अभिलेखहरू भेटिएको देवीथान संरक्षण समितिका सल्लाहकार कृष्णचन्द्र घिमिरेले जानकारी दिनुभयो । उहाँकाअनुसार यस मन्दिरमा विभिन्न स्थानबाट आएका ऋषी तथा योगीहरूले तपस्या गरेको इतिहास पनि भेटिएका छन् ।

समितिका अर्का सल्लाहकार इन्जिनियर हेमनाथ घिमिरे पनि प्राप्त अभिलेख तथा किम्बदन्तीहरूको आधारमा यो मन्दिर कुश्माखर घिमिरेले नै स्थापना गरेको मान्न सकिने बताउनुहुन्छ । पुरानो देवीथान मन्दिरको २०४६ सालमा भारतीय सेनामा कार्यरत स्थानीय खुसबहादुर गुरुङले जीर्णोद्वार गर्नुभएको थियो ।

 

+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist