लमजुङ : नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरिएको छ। विशेष अदालतले बुधबार सांसद गुरुङलाई ठहर गरेको हो।
काठमाडौंको भृकुटीमण्डपस्थित फनपार्कको जग्गा लिज प्रकरणमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान अयोगले उनीविरुद्ध गत १२ माघ २०७५ मा मुद्दा दायर गरेको थियो।
विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल र न्यायाधीशद्वय शालिग्राम कोइराला र बलभद्र बाँस्तोलाको इजलासले गुरुङसहित ९ जनालाई दोषी ठहर गरेको हो। सजाय भने फागुन २५ गते तोकिने छ।
मनाङबाट प्रतिनिधिसभामा निर्वाचित सांसद गुरुङ भ्रष्टाचार मुद्दाका कारण निलम्बित रहेका छन्।
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
















