सरकारले संविधान एवं कानुन विपरित उपचार सहायताको नाममा पहुँचवाला व्यक्तिलाई पटक-पटक गरी करोडौं खर्च गरेको छ।
अर्थ मन्त्रालयले पूर्व राष्ट्रपति रामवरण यादव, पूर्व प्रधानमन्त्री झलनाथ खनाल, भुटानी मानव अधिकारवादी नेता टेकनाथ रिजाललगायतलाई उपचार खर्च शीर्षकमा आर्थिक सहायता दिइएको जनाएको छ।
२०७९ कात्तिक महिनामा पूर्व राष्ट्रपति यादवलाई औषधि उपचार खर्चबापत २५ लाख वितरण गरिएको थियो। मन्त्रिपरिषदको २०७९ कात्तिक ३ गतेको निर्णयअनुसार आर्थिक सहायता दिइएको थियो।
त्यस्तै पूर्व प्रधानमन्त्री खनाललाई २० लाख दिइएको अर्थ मन्त्रालयले जनाएको छ। पूर्व राष्ट्रपति यादव र खनाललाई हालसम्म राज्यको तर्फबाट २ करोड ७५ लाख रुपैयाँ वितरण भइसकेको छ। त्यस्तै भुटानी नेता रिजाललाई १५ लाख उपचार खर्च दिइएको छ।
सरकारले राजनीतिकर्मी मात्र नभई आम सर्वसाधारणलाई पनि उपचारमा सहयोग गर्न मापदण्ड तय गरेको छ। तर, सरकार निकट पहुँचवालाले पटक-पटक लाभ लिएको मन्त्रालयले जनाएको छ।
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
















