जिल्ला प्रहरी कार्यालय लमजुङले प्रहरी हुँ भन्दै ठगी गर्ने एकजना युवकलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय, लमजुङबाट खटिएको विशेष टोलीले लुकिछिपि बसेको अवस्थामा मंगलवार उक्त व्यक्तिलाई पोखराबाट पक्राउ गरेको हाे ।
मर्स्याङ्दी गाउँपालिका १ घनपोखरा घर भएका ३५ वर्षका जीवन गुरुङ हाल सदरमुकाम बेंसीशहरमा डेराकोठा गरि बस्दै आएका थिए । बेंसीशहरमा बस्दा गुरुङले विभिन्न व्यक्तिलाई विभिन्न आश्वासन दिंदै र झुक्याउँदै आएको बताइएको छ ।
गुरुङले जिल्ला प्रशासन कार्यालय, हुलाक कार्यालय र कृषि कार्यालयमा जागिर लगाई दिन्छु भन्ने र आफु प्रहरी हुँ भनी प्रहरीमा भएका मुद्दाहरु समेत मिलाई दिन्छु भनी विभिन्न महिलाहरुबाट ७ लाख १७ हजार ५ सय रकम लिई एकाएक सम्पर्क विहिन भई फरार भएका थिए ।
गुरुङ विरुद्ध प्रहरीमा परेको उजुरी पछि विशेष टोलि खटाई पोखराबाट माघ १० गते पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक प्रकाश श्रीमलले बताए। श्रीमलका अनुसार लमजुङ जिल्ला अदालतबाट ठगि सम्बन्धि कसूमा पाँच दिनको म्याद थप अनुमति लिई अनुसन्धान थालिएको छ ।
मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २१ अन्तर्गत यसरी ठगि गर्ने व्यक्तिलाई ७ वर्षसम्म कैद र ७० हजारसम्म जरिवाना हुने कानुनी व्यवस्था रहेको छ ।
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
















